| यो लेख नेपालको सरकार र राजनीतिको एक शृङ्खला हो |
|
कार्यकारी:
न्यायपालिका: |
|
सम्बन्धित बुँदाहरू |
| नेपाल पोर्टल |
|
गाउँ विकास समिति (गाविस) नेपालमा स्थानीय विकास मन्त्रालयको तल्लो प्रशासनिक भाग थियो। प्रत्येक जिल्लामा अधिक सार्वजनिक-सरकारी अन्तरक्रिया र प्रशासनको साथ धेरै नगरपालिकाहरू जस्तै धेरै गाविसहरू रहेका थिए। प्रत्येक गाउँ विकास समितिलाई जिल्लाको जनसङ्ख्याको आधारमा धेरै वडाहरूमा विभाजन गरिएको थियो, औसत नौ वटा वडाहरूमा गाविसहरू विभाजित थिए। नेपालमा वि.सं २०७१ भन्दा अगाडी जम्मा ३,९१५ वटा गाविसहरू रहेका थिए भने वि.सं २०७१ मा, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय ७१ वटा नगरपालिकाहरू थपेको थियो र यो सँगै गाविसहरूको सङ्ख्या घटेर ३,१५७ पुगेको थियो। २०७३ फागुन २७ मा, गाविसहरू विघटन गरिएको थियो भने त्यसलाई गाउँपालिका वा नगरपालिकाले प्रतिस्थापन गरेको थियो।
उद्देश्य
गाउँ विकास समितिको उद्देश्य गाउँका जनतालाई स्थानीय तहमा संरचनागत रूपमा सङ्गठित गर्नु र सुधारिएको सेवा प्रवाह प्रणालीका लागि समुदाय र सार्वजनिक क्षेत्रबीच साझेदारी सिर्जना गर्नु हो। गाउँ विकास समितिलाई स्वायत्त संस्थाको दर्जा दिइएको थियो र नेपालमा केन्द्रीकृत शासन व्यवस्थासँग अन्तरक्रिया गर्ने अधिकार थियो। यसो गर्दा, गाउँ विकास समितिले गाउँका मानिसहरूलाई विकासमा नियन्त्रण र जिम्मेवारीको तत्व प्रदान गर्दछ, र राज्यकोषको उचित उपयोग, वितरण र सरकारी अधिकारीहरू, गैरसरकारी संस्थाहरू र निकायहरू बीच अझ बढी अन्तरक्रिया सुनिश्चित गर्दछ। निश्चित क्षेत्रभित्रका गाउँ विकास समितिहरूले शिक्षा, खानेपानी, आधारभूत स्वास्थ्य, सरसफाइ र आयको बारेमा छलफल गर्नुका साथै जनगणनाको तथ्याङ्कमा देखाइएका प्रगतिको अनुगमन र अभिलेख पनि गर्छन्।
सङ्गठन
एउटा गाउँ विकास समितिमा ८० प्रतिशतभन्दा बढी बहुमतका साथ निर्वाचित एक जना निर्वाचित गाविस प्रमुख हुन्छन्। प्रत्येक वडाबाट एक जना प्रमुख निर्वाचित भएका थिए। यससँगै चार जना निर्वाचित वा मनोनीत सदस्यहरू थिए। तथ्याङ्क र अभिलेख राख्न र प्रशासनिक कार्यको व्यवस्थापन गर्न एक जना गाउँ सचिव थिए। यो पद सरकारको स्थायी नियुक्ति थियो, जसबाट उनीहरूले तलब पाएका थिए। वडा सदस्य, वडाध्यक्ष र गाविस प्रमुखलाई तलब नदिइएको भए पनि उनीहरूले आफ्नो उपस्थिति अनुसारको रकम लिएका थिए। गाविसहरू जिल्ला विकास समिति, सदरमुकामबाट निर्देशित थिए र जिल्ला विकास समितिका प्रमुख स्थानीय विकास अधिकारी थिए। २०४८, २०५८र २०६८ मा राष्ट्रिय जनसङ्ख्या तथा आवास जनगणनाद्वारा नेपालका गाविसहरूको जनसङ्ख्या र आवास विवरण उपलब्ध गराइएको थियो।
खारेज
गाउँ विकास समितिको संरचना २०७३ फागुन २७ गते भङ्ग गरी गाउँपालिकाले प्रतिस्थापन गरेको थियो। यसअघि नेपाल अधिराज्यको संविधान २०४७द्वारा पञ्चायत विघटन गरी गाउँ विकास समितिमा परिणत गरिएको थियो।
सन्दर्भ सामग्रीहरू
| अन्तर्गत एक शृङ्खलाको भाग |
| नेपालको प्रशासनिक विभाजन |
|---|
| सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
|
जिल्लाहरू: ७७ (दोस्रो स्तर) |
|
स्थानीय तहहरू: ७५३ (तेस्रो स्तर)
|
|
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
|
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q1530705
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६७/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “गाउँ विकास समिति (नेपाल)”। नेपाली विश्वकोश, ३ नोभेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/गाउँ_विकास_समिति_(नेपाल) (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, November 3). गाउँ विकास समिति (नेपाल). In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/गाउँ_विकास_समिति_(नेपाल)
“गाउँ विकास समिति (नेपाल).” Nepali Encyclopedia, 3 November 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/गाउँ_विकास_समिति_(नेपाल). Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “गाउँ विकास समिति (नेपाल).” Nepali Encyclopedia. Last modified November 3, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/गाउँ_विकास_समिति_(नेपाल).
@misc{nepaliencyclopedia_425,
author = {{Nepali Encyclopedia Editors}},
title = {गाउँ विकास समिति (नेपाल)},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%97%E0%A4%BE%E0%A4%89%E0%A4%81_%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B8_%E0%A4%B8%E0%A4%AE%E0%A4%BF%E0%A4%A4%E0%A4%BF_(%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2)},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - गाउँ विकास समिति (नेपाल) T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/11/03 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%97%E0%A4%BE%E0%A4%89%E0%A4%81_%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B8_%E0%A4%B8%E0%A4%AE%E0%A4%BF%E0%A4%A4%E0%A4%BF_(%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2) Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/गाउँ_विकास_समिति_(नेपाल) · अद्यावधिक ३ नोभेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी