नयाँ र अद्यावधिक लेखहरू
भर्खरै थपिएका वा अद्यावधिक गरिएका लेख, पछिल्लो मिति अनुसार।
-
डन्डी बियो
डन्डी बियो नेपालको ग्रामिण क्षेत्रमा प्राचिन समयदेखि खेलिँदै आएको एक खेल हो । परम्परागत रूपमा खेलिने डन्डी बियोमा करिब दुई फुट लामो काठको डन्डी र करिब ६ इन्च लामो काठकै छोटो बियो प्रयोग गरिन्छ। डन्डीको एकतिरको छेउ छड्के बनाइएको हुन्छ भने बियोको दुबैतिरको छेउ…
-
भीमनिधि तिवारी
भीमनिधि तिवारी (वि.सं. १९६८ – वि.सं. २०३०) एक नेपाली भाषाका वरिष्ठ साहित्यकार हुन। भीमनिधि तिवारी नसुन्ने नेपाली छैनन् । संसारभरि जहाँजहाँ नेपाली भाषासाहित्य पढिन्छ त्यतात्यता तिवारी पुगे ।
-
दुर्गा पूजा
दुर्गा पूजा (बङ्गाली: দুর্গা পূজা; जसलाई दुर्गोत्सव वा शारोदोत्सव पनि भनिन्छ) एक वार्षिक हिन्दू चाड हो। यो पूजा हिन्दू देवी दुर्गालाई श्रद्धा अर्पण गर्न र महिषासुरमाथि दुर्गाको विजयको कारणले मनाइने गरिन्छ। यो विशेष गरी भारतीय उपमहाद्वीप वा दक्षिण एसियामा…
-
नेपालका उपत्यकाहरू
चारै तिर पहाडले घेरिएको तथा बिचमा समतल भएको भूभागलाई उपत्यका भनिन्छ । नेपालमा दुई प्रकारका उपत्यकाहरू रहेका छन् । पहाडी क्षेत्रभित्रको उपत्यका भित्री मधेश भनिने तराई क्षेत्र र पहाडी क्षेत्र बिचको उपत्यकालाई उपत्यका भनिए पनि साना पहाडी उपत्यकाहरूलाई टार, पाटन,…
-
हरिभक्त कटुवाल
हरिभक्त कटुवाल एक भारतीय-नेपाली कवि, लेखक र गीतकार थिए।
-
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय नेपालको गण्डकी प्रदेशको पोखरामा अवस्थित रहेको छ। हिमाल र हिमाली क्षेत्रका सम्पूर्ण गतिविधिको पहिचान झल्किने गरी पोखरामा स्थापना गरिएको यस सङ्ग्रहालयमा अध्ययन अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू निकै आकर्षित छन्।
-
श्रीकृष्ण श्रेष्ठ
श्री कृष्ण श्रेष्ठ (२०२७ पुस १४-२०७१ साउन २५) नेपाली चलचित्र क्षेत्रका एक अभिनेता तथा चलचित्र निर्माता थिएँ। उनले आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहाँ भेटिएला, कोहिनुर आदि चलचित्रमा मुख्य अभिनय गरेका थिएँ। हनिमुन मनाउन भारत…
-
रानी पोखरी
रानी पोखरी (नेपालभाषामा न्हू पुखू वा लानि पुखू) काठमाडौँ नगरको मध्यमा अवस्थित एक मानव निर्मित पोखरी हो। ऐतिहासिक राष्ट्रिय सम्पदा रानीपोखरी काठमाडौँमा छ। यो सुन्दर पोखरीको पूर्वमा राणा प्रधानमन्त्री श्री ३ बीर शमशेर राणाले बनाएको घण्टाघर, राणा प्रधानमन्त्री…
-
किनेमा
किनेमा भटमासबाट बनाइने एक परिकार हो । विशेष गरी यो परिकार पूर्वी नेपालका किराँत जाति मौलिक र मुख्य परिकारहरुमा पर्दछ । लिम्बु, याक्खा, राई, सुनुवार सम्प्रदायमा यो परिकार लोकप्रिय रहेको छ । किनेमा बनाउँदा सुरुमा भटमासलाई नडढ्ने गरी भुटिन्छ । त्यसपछि त्यसलाई…
-
क्षेत्रप्रताप अधिकारी
क्षेत्रप्रताप अधिकारी (अङ्ग्रेजी: Kshetra Pratap Adhikary;(१९९९-२०७०) नेपालका एक बहुप्रतिभाशाली साहित्यकार तथा गीतकार थिए । जीवनको उत्तरार्धमा गीतकारका रूपमा धेरै चर्चा परिचर्चा कमाएका उनलाई नारायण गोपालले गाएको म त लालीगुराँस भएछु..., मलाई छोडी मेरो छाया...,…
-
कृष्ण धरावासी
कृष्णप्रसाद भट्टराई, व्यावसायिक रूपमा कृष्ण धरावासी (जन्म: वि.सं. २०१७ - ०४ - ०२) नेपाली भाषाका साहित्यकार हुन् । यिनी कथा विधामा र उपन्यासमा कलम चलाउन रूचाउँछन्। उनले वि.सं. २०६२ सालमा राधा उपन्यासको निम्ति मदन पुरस्कार पाए।
-
गगन थापा
गगन थापा (पुरा नाम:गगन कुमार थापा) राजनीतिज्ञ तथा नेपाली काँग्रेसका नेता हुन्। प्रखर वक्ता थापा जनआन्दोलन-२बाट राजनीतिक बृत्तमा चिनिएका हुन्। उनी नेपाली कांग्रेसमा सभापति पनि हुन् । कांग्रेसको दोस्रो विशेष महाधिवेशन पश्चात उनी कांग्रेसका सभापति भएका हुन् ।
-
ज्ञानदिल दास
सन्त ज्ञानदिल दास (१८७८–१९४०) (जन्मको नाम श्रीकृष्ण लामिछाने) नेपाली साहित्यकार तथा आध्यात्मिक व्यक्ति थिएँ। यिनले भानुभक्त आचार्य भन्दा अगाडि भक्ति गीतहरू र कविताहरू रचना गरेका थिएँ। यिनले नेपाली भाषामा व्यंग्य पनि लेखेका थिएँ।
-
स्वर्गद्वारी
स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलङ्गाबाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । स्वर्गद्वारी मन्दिर । नेपालका प्राचीन मन्दिरहरूमध्ये यो मन्दिरलाई एक मानिन्छ ।
-
नेपाल नागरिक उड्डयन प्राधिकरण
नेपाल नागरिक उड्डयन प्राधिकरण एक स्वतन्त्र नागरिक उड्डयन नियमनकारी निकाय हो। यसको स्थापना सन् १९९८ मा एक सरकारी संस्थाको रुपमा भएको थियो
-
भुवन केसी
भुवन केसी , जन्म: २०१४ भदौ ७) नेपाली चलचित्र क्षेत्रका एक अभिनेता, निर्देशक, निर्माता तथा राजनीतिज्ञ हुन्। उनी २०७९ श्रावण १० गते चलचित्र विकास बोर्डको अध्यक्ष पनि भएका थिए। उनीलाइ नेपाली चलचित्रको सदबहार नायक भनेर पनि चिनिन्छ। उनले जुनि नामक चलचित्र बाट…
-
कीर्तिमानसिंह बस्न्यात
कीर्तिमान सिंह बस्न्यात नेपालका मूलकाजी (प्रधानमन्त्री) हुन् । नेपाली सेनाका कमान्डर हुन्। उनी जनरल थिए तथा उनले नेपाल-भोट युद्ध लडेका थिए । उनले बलभद्र शाहको नेतृत्वमा अमरसिंह थापा (सानुकाजी) र भोटु पाण्डेसँग काम गरेका थिए ।
-
भक्तराज आचार्य
भक्तराज आचार्य (१९९९ असोज १६ - २०८० फागुन १४) भजन शिरोमणिको उपनामले परिचित उनी एक नेपाली गायक र सङ्गीतकार थिए, जसलाई व्यापक रूपमा नेपालमा सर्वकालिक महान गायकको रूपमा चिनिन्छ। उनी नेपालको धनकुटामा जन्मेका थिए र भारतको कालिम्पोङमा हुर्केका थिए। सन् १९७० को…
-
पारिजात (साहित्यकार)
पारिजात (वास्तविक नाम: विष्णु कुमारी वाइबा, वि.सं. १९९४ - वि.सं. २०५०) नेपाली साहित्यकी एक प्रसिद्ध बहूमुखी प्रतिभा हुन्। साहित्यका लगभग सबै विधामा कलम चलाउने भएकाले नै पारिजातलाई बहुमुखी प्रतिभाकी धनी भनिएको हो। पारिजातका कृतिहरूमा प्रगतिवाद, समाजवाद,…
-
जिम्बु
जिम्बू प्याज परिवारसँग सम्बन्धित एउटा जडिबुटी हो, जुन नेपाल केही क्षेत्रहरू र भारतका केही मध्य हिमालय राज्यहरू जस्तै उत्तराखण्ड व्यापक रूपमा प्रयोग गरिन्छ, जहाँ यसलाई बाँस वा फारन भनिन्छ। यो जिम्मा दुई प्रजातिहरू मिलेर बनेको छ, ए. हाइपिस्टम र ए.…
-
ललित त्रिपुरा सुन्दरी
ललित त्रिपुरा सुन्दरी (जन्म: १८५० — मृत्यु: १८८८) रानी, राजमाता, शासक र समाजसेवी थिइन्। उनलाई साहित्यिक स्रष्टा तथा नेपाली साहित्यको प्रथम महिला स्रष्टाका रूपमा चिनिन्छ। उनी नेपालका राजा श्री ५ रणबहादुर शाह की कान्छी पत्नी हुन्। उनले संस्कृतबाट अनुवाद गरेको…
-
शिरीषको फूल
शिरीषको फूल साहित्यकार पारिजातद्वारा रचना गरिएको उपन्यास हो। यो उपन्यास २०२२ सालमा पारिजात आफैंले प्रकाशन गरेकी थिइन । बिसं २०२२ सालको मदन पुरस्कार प्राप्त गरेपछि पुस्तक संसारले २०२४ सालमा र साझा प्रकाशनले २०३८ सालमा पुन: प्रकाशित गरेको थियो।शिरीषको फूल…
-
वि.सं २०१७ सालको शाही कदम
२०१७ पुस १ गते राजा महेन्द्रले प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरी दलहरूमा प्रतिबन्ध लगाए र निर्दलीय पञ्चायती व्यवस्था लागू गरेका थिए । यही आधारमा उनलाई प्रजातन्त्र विरोधी, निरङ्कुश, तानाशाह जस्ता आरोपहरू लाग्ने गरेको छ। महेन्द्र एक…
-
रणजङ्ग पाँडे
रणजंग पाँडे वि. सं. १८९४ साउनमा मुख्तियार (प्रधानमन्त्री) भिमसेन थापालाई पदच्युत गरिएपछि मुलुकको केन्द्रीय राजनीतिमा पकड बनाउन सफल भएका थिए। मुलुकको मुख्तियारी पण्डित रङ्गनाथ पौडेलले पाएका भएपनि उनको अधिकार क्षेत्र मुलुकी बन्दोवस्त र परराष्ट्र विभागमा मात्र…