नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

भुवन केसी

भुवन केसी , जन्म: २०१४ भदौ ७) नेपाली चलचित्र क्षेत्रका एक अभिनेता, निर्देशक, निर्माता तथा राजनीतिज्ञ हुन्। उनी २०७९ श्रावण १० गते चलचित्र विकास बोर्डको अध्यक्ष पनि भएका थिए। उनीलाइ नेपाली चलचित्रको सदबहार नायक भनेर पनि चिनिन्छ। उनले जुनि नामक चलचित्र बाट नेपाली रजतपट मा पदार्पण गरेका हुन। | मन पर्ने गीतकार, लेखक : डा.हेमन्त खतिवडा

अद्यावधिक: १७ अगस्ट २०२६ ३३० शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

भुवन केसी उच्चारणⓘ, जन्म: २०१४ भदौ ७) नेपाली चलचित्र क्षेत्रका एक अभिनेता, निर्देशक, निर्माता तथा राजनीतिज्ञ हुन्। उनी २०७९ श्रावण १० गते चलचित्र विकास बोर्डको अध्यक्ष पनि भएका थिए। उनीलाइ नेपाली चलचित्रको सदबहार नायक भनेर पनि चिनिन्छ। उनले जुनि नामक चलचित्र बाट नेपाली रजतपट मा पदार्पण गरेका हुन। | मन पर्ने गीतकार, लेखक : डा.हेमन्त खतिवडा

चलचित्र जीवन

केसीले १० वर्षको उमेरमा रेडियो नेपालका लागि गायकको रूपमा जगेँ जागेँ सारा रात, अरु कालो रेलको धुवाले, र मायालु तिमी टाढा जस्ता गीतहरूबाट आफ्नो चलचित्र यात्रा सुरु गरेका थिए। उनको पहिलो चलचित्र जुनी (सन् १९८३) थियो तर सन् १९८४ मा प्रदर्शन भएको चलचित्र सम्झनाले जसले उनलाई एक सफल अभिनेताको रूपमा स्थापित गर्न मद्दत गरेको थियो। त्यसपछि उनले कुसुमे रुमाल (सन् १९८५), सन्तान (सन् १९८७), तिलहरी (सन् १९८८), कन्यादान (सन् १९९०), चिनो (१९९०), तृष्णा (सन् १९९१), दुई थोपा आँसु (सन् १९९३), दक्षिणा (सन् १९९४), राँको (सन् १९९५), करोडपति (सन् १९९७), नेपाली बाबु (सन् १९९९) जस्ता थुप्रै सफल चलचित्रहरूमा अभिनय गरेका छन्। उनले सन् २०१६ मा छोरा अनमोल केसीको मुख्य भूमिका रहेको 'ड्रिम्स' निर्देशन गरेका थिए।

राजनीतिक जीवन

नेकपा (एमाले) परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका केसी नेपाली काङ्ग्रेसका सदस्य हुन्। वि.सं २०७९ मा, उनले २०२२ को काठमाडौँ महानगरपालिका निर्वाचन, २०७९मा नगरप्रमुख पदको लागि लड्ने योजना बनाएका थिए , जुन समयमा उनी उन्नत लोकतान्त्रिक पार्टीमा आबद्ध थिए; तथापि, केही अज्ञात कारणको कारण उनी पछि हट्दै पदको लागि नलड्ने निर्णय गरेका थिए। पछि उनी पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए।

विवाद

जुन २०२० मा, अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहले इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गरेकी थिइन् जसमा एक वरिष्ठ चलचित्र उद्योगका दिग्गजबाट यौन र भावनात्मक प्रकृतिको उत्पीडन भएको विवरण दिइएको थियो। धेरै समाचार संस्थाहरूले पछि ती व्यक्तिलाई भुवन केसी भनेर चिनाए पछि केसीले शाहविरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए। तर सो मुद्दामा उनी पराजित भएका थिए। चलचित्र निर्देशक नरेश पौडेलले उनी विरुद्ध २०७९ साउन २२ गते उनको चलचित्र विकास बोर्डको नियुक्ति कानुन सङ्गत नभएको, यौन दुर्व्यवहार मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेको, पढाई नपुगेको लगायतका कारण देखाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q4902310
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८७/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “भुवन केसी।” नेपाली विश्वकोश, १७ अगस्ट २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AD%E0%A5%81%E0%A4%B5%E0%A4%A8_%E0%A4%95%E0%A5%87%E0%A4%B8%E0%A5%80। हेरिएको: १२ नोभेम्बर २०२६।