नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

महेशचन्द्र रेग्मी

महेशचन्द्र रेग्मी (डिसेम्बर १९२९-१० जुलाई २००३) नेपाल इतिहासकार र अभिलेखक थिए। उनी रामोन म्याग्सेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली हुन् ।

अद्यावधिक: २० अक्टोबर २०२६ ३४५ शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

महेशचन्द्र रेग्मी (डिसेम्बर १९२९-१० जुलाई २००३) नेपाल इतिहासकार र अभिलेखक थिए। उनी रामोन म्याग्सेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली हुन् ।

रेग्मीले आर्थिक इतिहासका विभिन्न पक्षको खोज गरेर नेपालको इतिहासलेखन परम्परालाई फरक मोड दिए। रेग्मीका ‘अ स्टडी इन नेपाली इकोनमिक हिस्ट्र’ शीर्षकका दुई किताबले पृथ्वीनारायणकालको गोर्खादेखि राणाशासनको लगभग अन्त्यसम्मको नेपालको आर्थिक इतिहास बताउँछ । रेग्मीले "गोर्खालीले भौगोलिक ‘एकीकरण’ त गरे तर आर्थिक ‘एकीकरण’ को प्रयास भएन।" भन्ने कुरा पटक पटक उल्लेख गरेका छन्। ‘किङ्स एन्ड पोलिटिकल लिडर्स अफ दी गोर्खा एम्पायर’ वा ‘इम्पेरियल गोर्खा, एन एकाउन्ट अफ गोर्खाली रुल इन कुमाउँ’, गोर्खाली कसरी साम्राज्यवादी चरित्रका थिए भन्ने व्याख्या पाइन्छ। "विजित क्षेत्रका जनताबाट उठाउने जति कुत सबै उठाइयो, झारा (ज्यालाबिनाको मजदुरी) तिराइयो, तर व्यवस्थित आर्थिक प्रणालीमा राज्यका सबै जनतालाई बाँध्ने काम भएन।" भनेर तत्कालीन शासकको आर्थिक नीतिको आलोचना गरेका छन् ।

बाह्य कडीहरू

Regmi Research Series

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q15429741
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “महेशचन्द्र रेग्मी”। नेपाली विश्वकोश, २० अक्टोबर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/महेशचन्द्र_रेग्मी (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/महेशचन्द्र_रेग्मी · अद्यावधिक २० अक्टोबर २०२६ · समीक्षा: समीक्षा बाँकी