भीमनिधि तिवारी (वि.सं. १९६८ – वि.सं. २०३०) एक नेपाली भाषाका वरिष्ठ साहित्यकार हुन। भीमनिधि तिवारी नसुन्ने नेपाली छैनन् । संसारभरि जहाँजहाँ नेपाली भाषासाहित्य पढिन्छ त्यतात्यता तिवारी पुगे ।
जीवनी
उनको जन्म वि.सं. १९६८ फागुन मसान्तमा काठमाडौँको डिल्लीबजारमा भएको थियो। पिता लालनिधि र माता नन्दकुमारी तिवारीका सुपुत्र भीमनिधिले सात वर्षको हुँदा मातृवात्सल्य गुमाए। राणाकालीन समयमा आफ्नै रूचिमा पाठशाला खोलेर चलाउने शिक्षा प्रेमी तिवारीले वि.सं. १९९५ मा नेपाली साहित्य प्रेस खोले। वि.सं. २००६ साल तिर नेपाल नाटक सङ्घ खोले। आई. ए. सम्म गरेका तिवारी ३२ वर्ष सरकारको अटुट सेवा गरेर उपसचिव पदमा पुगेपछि सेवा निवृत्त भए।
उनले दुई विवाह गरेको थिए।
कृतिहरू
उनको पहिलो रचनाका रूपमा वि. सं. १९९१मा गोरखापत्रमा 'कविता हरायो' शीर्षकको कविता प्रकाशित भएको थियो। उनले नाटक, काव्य र कथा बढी कलम चलाएको देखिन्छ।
उनका काव्यात्मक कृतिहरूः तर्पण (शोककाव्य, वि.सं. १९९४), कवितानन्द (कवितासङ्ग्रह, वि.सं. २०१०), वरशिक्षा (औपदेशिक काव्य, वि.सं. २०१२), यशस्वी शव (शोककाव्य, वि.सं. २०१३), विस्फोट (कवितासङ्ग्रह, वि.सं. २०१७), कविता कुन्ज (कवितासङ्ग्रह, वि.सं. २०२०), सिंहदरबार (कवितासङ्ग्रह, वि.सं. २०२५), बत्तीसपुतली (चुट्कीला सङ्ग्रह, वि.सं. २०२७), चाडवाड आदि हुन्।
उनका अरू कृतिहरूः तिवारीका अप्रकाशित कविता (कविता सङ्ग्रह), सहनशीला सुशीला (नाटक, वि.सं. १९९८), आदर्श जीवन (नाटक, वि.सं. २००८), पुतली (नाटक, वि.सं. १९९९), काशीबास (नाटक, वि.सं. २०१०), किसान (नाटक, वि.सं. २००३), नैनिकाराम (नाटक, वि.सं. २००४), विवाह (नाटक, वि.सं. २०१०), पाँच ऐतिहासिक एकाङ्की (वि.सं. २००८), इन्द्रधनुष (वि.सं. २००८), आत्महत्या (नाटक), महाराज भूपतिन्द्र (नाटक), चौतारा लक्ष्मीनारायण (नाटक, वि.सं. २०२४), शिलान्यास (नाटक, वि.सं. २०२३), नोकर (नाटक, वि.सं. २०१४), सिद्धार्ध गौतम (नाटक, वि.सं. २०१३), सत्य हरिश्चन्द्र (नाटक, वि.सं. २०१३), माटोको माया (नाटक), एकाङ्की पल्लव (एकाङ्की सङ्ग्रह), एकाङ्की कली (एकाङ्की सङ्ग्रह, वि.सं. २०११), बयासी र बीस गजल मेरो (गजल सङ्ग्रह, वि.सं. २०१०), नेपाली सामाजिक कहानी (जेठोदेखि मन्तरेसम्म/९ कृति/कथा सङ्ग्रह), पन्ध्र प्रबन्ध (प्रबन्ध सङ्ग्रह, २००४), इन्साफ (उपन्यास, वि.सं. २०२७), तितौरा मस्यौरा (वि.सं. २०२६), तिवारी सूक्ति सङ्ग्रह आदि हुन्।
पुरस्कार
विस्फोट नामक पद्यविधाको ग्रन्थका लागि उनले वि.सं. २०१७ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए। वि.सं. २००९ मा गो.द.बा., वि.सं. २०२२ मा त्रिशक्ति पट्ट, वि.सं. २०१३ मा शुभराज्याभिषेक पदक, जानपद सेवा पदक, जानपद दीर्घसेवा पट्ट र वि.सं. २०२४ मा नेदरल्यान्ड्सकी महारानीबाट अफिसर अफ द अर्डर अफ अरेञ्ज नासौको उपाधी पाएका थिए।
निधन
उनको निधन वि.सं. २०३० साल जेठ १९ गते काठमाडौँमा भयो। यद्यपि, उनी बहुचर्चित स्रष्टाका रूपमा हालसम्म सुपरिचित छन्।
यी पनि हेर्नुहोस्
बाहिरी लिङ्कहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q4901737
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७८/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “भीमनिधि तिवारी”। नेपाली विश्वकोश, १७ अगस्ट २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/भीमनिधि_तिवारी (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, August 17). भीमनिधि तिवारी. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/भीमनिधि_तिवारी
“भीमनिधि तिवारी.” Nepali Encyclopedia, 17 August 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/भीमनिधि_तिवारी. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “भीमनिधि तिवारी.” Nepali Encyclopedia. Last modified August 17, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/भीमनिधि_तिवारी.
@misc{nepaliencyclopedia_687,
author = {{Nepali Encyclopedia Editors}},
title = {भीमनिधि तिवारी},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AD%E0%A5%80%E0%A4%AE%E0%A4%A8%E0%A4%BF%E0%A4%A7%E0%A4%BF_%E0%A4%A4%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A5%80},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - भीमनिधि तिवारी T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/08/17 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AD%E0%A5%80%E0%A4%AE%E0%A4%A8%E0%A4%BF%E0%A4%A7%E0%A4%BF_%E0%A4%A4%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A5%80 Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/भीमनिधि_तिवारी · अद्यावधिक १७ अगस्ट २०२६ · समीक्षा: समीक्षा बाँकी
