नयाँ र अद्यावधिक लेखहरू
भर्खरै थपिएका वा अद्यावधिक गरिएका लेख, पछिल्लो मिति अनुसार।
-
पद्मश्री साहित्य पुरस्कार
नेपाली भाषा साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्ट ठहरेका पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार दिइन्छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यो पुरस्कार प्रदान गर्छ ।
-
यादव खरेल
यादव खरेल चलचित्र निर्देशक एवम् साहित्यकार हुन्। गीत, मुक्तक, नियात्रा, कविता आदि विधामा विशेष सामर्थ्य प्रस्तुत गरिसकेका खरेल चलचित्रका निर्देशक, निर्माता तथा लेखकका रूपमा अत्यन्त चर्चित छन्।
-
मुकुन्दशरण उपाध्याय
मुकुन्दशरण उपाध्याय (वि.सं. १९९७ - ) मुकुन्द शरण उपाध्याय नेपाली साहित्यका एक प्रतिष्ठित कवि, भाषाविद् तथा शिक्षाविद् हुन्। उनी आफूलाई, 'नेपाली भाषामा देखिएको अराजकतालाई अन्त्य गर्न २०३५ सालदेखि निरन्तर नेपाली भाषामा समर्पित' बताउँछन्।
-
सिद्धिनरसिंह मल्ल
सिद्धिनरसिंह मल्ल पाटनका पहिलो स्वतन्त्र राजा थिए। सिद्धिनरसिंह मल्लले वि.सं. १६७६ को आश्विन २७ गते विजया दशमीको दिन ललितपुर राज्यको राजाको रुपमा विधिपूर्वक राज्याभिषेक गरेको थिए । यसरी स्वतन्त्र ललितपुर राज्यको राजाको रुपमा सिद्धिनरसिंह मल्लले राज्याभिषेक…
-
झमक घिमिरे
झमक कुमारी घिमिरे (जन्म सन् १९८०, कचिडे, धनकुटा)प्रतिभावान नेपाली महिला स्रष्टा हुन। प्रति मष्तिस्क रोग(Cerebral palsy)द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन। जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न…
-
मिस नेपाल
मिस नेपाल प्रतियोगिता वि.सं. २०५१ (सन् १९९४) देखि सञ्चालन हुँदै आएको सौन्दर्य प्रतियोगिता हो । उक्त सुन्दरी प्रतियोगिता सन् २००१ र सन् २००६ मा भने भएन । यो प्रतियोगिता काठमाडौँमा हुँदै आएको छ । वर्तमान २०२० की मिस नेपाल सुन्दरी नम्रता श्रेष्ठ हुन् ।
-
हरिप्रसाद 'गोर्खा' राई
हरिप्रसाद 'गोर्खा' राई (सन् १९१४ - सन् २००५) भारतमा बसोबास भएका नेपाली भाषासेवी हुन्। उनी हरेक सन्दर्भमा नेपाल र नेपाली भाषाको कुरा उठाउँथे। ओखलढुंगाबाट बाजे पुस्तामा नागाल्यान्ड गएका हरिप्रसादले आफू गोर्खाली भएको चिनाउन 'गोर्खा'को जोडेका हुन्।
-
परशु प्रधान
परशु प्रधान (वि.सं. २००० - २०८० चैत्र ५ ) नेपाली भाषाका एक महान् साहित्यकार हुन्। परशु प्रधानको जन्म वि.सं २००० साल माघ ३० गते भोजपुर जिल्लामा भएको हो । उनका बुबाको नाम रामबहादुर प्रधान र आमाको नाम इन्दिरा प्रधान हो । उनले विशेषसरि गद्य अर्थात् कथा उपन्यास…
-
गोविन्दबहादुर मल्ल
गोविन्द बहादुर मल्ल “गोठाले” (वि. सं. १९७९ - वि.सं. २०६७) नेपाली भाषाका चर्चित साहित्यकार हुन्। ऋद्धिबहादुर मल्ल र आनन्दमायाबाट काठमाडौँको पुरानो भन्सारमा जन्मिएका जयबहादुर मल्लको साहित्यिक नाम गोविन्दबहादुर मल्ल गोठाले हो । उनले सिद्धिचरणबाट लेख्ने, रिमालबाट…
-
आर्यन सिग्देल
आर्यन सिग्देल नेपालका चर्चित अभिनेता हुन्। उनलाई राम्रो तथा स्वभाविक अभिनय र राम्रो रूपको लागि चिनिन्छ। आर्यन सिग्देलले आफ्नो चलचित्रको सुरुवात किस्मत चलचित्रबाट गरेका थिए।उनले रोमान्टिक चलचित्र मेरो एउटा साथी छमा प्रमुख भुमिका निर्भाह गरेका थिए जसमा उनको…
-
सरुभक्त
सरुभक्त (वि.सं. २०१२ भाद्र, वास्तविक नाम: भक्तबहादुर श्रेष्ठ) मूलतः नेपाली उपन्यासकार, नाटककार, कथाकार तथा कवि हुन्। उनले पागल बस्ती उपन्यासका लागि २०४८ सालमा नेपालको सर्वाधिक प्रतिष्ठित मदन पुरस्कार समेत पाएका छन्।
-
अमर न्यौपाने
अमर न्यौपाने एक प्रख्यात नेपाली साहित्यकार हुन्। आख्यानकार न्यौपानेले वि.सं. २०६८ सालको मदन पुरस्कार पाएका हुन्। उनको पहिलो कृति पानीको घाम वि.सं. २०६६ मा प्रकाशित भएको थियो जुन कृतिले उनले पद्मश्री पुरस्कार प्राप्त गर्न सफल भएका थिए। उनको वि.सं. २०६८ मा…
-
भनभक्त गुरुङ
हवल्दार भिक्टोरिया क्रस भनभक्त गुरुङ गोर्खा जसले द्वितीय विश्व युद्धमा बर्मामा दोश्रो गोर्खा राइफलको तेश्रो बटालियनबाट राइफलम्यानको रूपमा बह्दुरीपुर्वक लडे बापत बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस पदक पाएका थिए ।
-
अमरगढी किल्ला
अमरगढी किल्ला अमरगढी नगरपालिकामा रहेको ऐतिहासिक किल्ला हो। त्यसैले यस अमरगढी नगरपालिकाको नामाकरण राष्ट्रिय बिभुती अमरसिंह थापाले बनाएको अमरगढीको किल्लाकै नाममा राखिएको छ। डडेलधुरा बजार जुन डडेल्धुरा जिल्लाको सदरमुकाम पनि हो।। अमरगढी महाकाली अञ्चल मा पर्दछ।…
-
नेपाल बैङ्क
नेपाल बैङ्क लिमिटेड नेपालमा स्थापना भएको पहिलो बैङ्क हो। यो नेपाल सरकार तथा निजी लगानिकर्ताहरूको संयुक्त लगानिमा स्थापना भएको हो।
-
नेपालको पञ्चवर्षीय योजना
नेपालमा राजा महेन्द्रको समयमा वि.सं. २०१३ सालदेखि योजनाबद्ध विकासको सुरुवात भएको हो। १० अक्टोबर सन् १९५५ को शाही घोषणा अनुसार प्रथम पञ्चवर्षीय योजनाको तर्जुमा गर्न सुरु भएको हो। सन् १९५६ मा प्रथम पञ्च वर्षीय योजनाको दोश्रो स्वीकृत मस्यौदा प्रकाशित भयो।
-
उलार
नयनराज पाण्डेद्धारा २०५२ साल मा लिखित उलार २०५३ सालमा पहिलोपल्ट तन्नेरी द्धैमासिक पत्रिकामा र २०५५ सालमा पुस्तकाकार रूपमा तन्नेरी प्रकाशनबाट प्रकाशित चर्चित नेपाली उपन्यास हो । यसको तेस्रो संस्करण २०६५ सालमा फाइनप्रिन्ट आइएनसीबाट आएको छ । चौथो संस्करणको…
-
सिन्जा उपत्यका
सिन्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली प्रदेश तथा जुम्ला जिल्लामा अवस्थित रहेको छ। अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्र विच रहेको यो उपत्यका भुगोल अनुपम छ। तिला नदी यो उपत्यकालाई चिर्दै बाहिर निस्केको छ।…
-
चिना हराएको मान्छे
चिना हराएको मान्छे नेपाली हाँस्यकलाकार हरिवंश आचार्यको संस्मरणात्मक जीवनी हो ।
-
चम्पा (उपन्यास)
चम्पा महाकबि देवकोटाद्बारा लिखित औपन्यासिक कृति हो । साझा प्रकाशनले बजारमा ल्याएको यो पुस्तक लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको एकमात्र उपन्यास हो । यो उपन्यास देवकोटाको मृत्युपश्चात् बि सं. २०२४ सालमा प्रकाशन भए पनि यसको रचना भने बि.सं.२००४ सालमै भएको…
-
बसाइँ (उपन्यास)
बसाइँ लीलबहादुर क्षेत्रीद्वारा लेखिएको र मदन पुरस्कार पुस्तकालयले वि.स. २०१४ सालमा बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो । बसाइँ उपन्यास मुना मदन पछि सबैभन्दा बढी बिक्री हुने नेपाली पुस्तक हो । यो पुस्तक त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा पनि सम्मिलित…
-
शाकुन्तल (महाकाव्य)
शाकुन्तल लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित साझा प्रकाशनले बजारमा ल्याएको नेपाली भाषाको काव्य हो।
-
दीप प्रसाद पुन
दीप प्रसाद पुन (जन्म : सन् १९८०) बेलायतको दोस्रो उच्च सैनिक तक्मा 'कन्सपिसस गालेन्ट्री क्रस -सीजीसी(Conspicuous Gallantry Cross (CGC) ' पाउने गोर्खाली सैनिक( आर्मी नम्बर २११७०४०१) हुन् । फस्ट बटालियन गोर्खा राइफलमा कार्यरत पुनलाई सन् २०१० सेप्टेम्बर १७को राति…
-
अशेष मल्ल
अशेष मल्ल (जन्म:वि.सं. २०११/१२/२१) उनी एक नाटककार हुन् । उन्को जन्म धनकुटामा भएको हो । उनको बाल्यकाल धनकुटामै बिते पनि नाटक प्रदशन गर्ने क्रममा मल्ल काठमाडौ आएका थिए । सर्वनाम नाट्य समूह सँग आवद्ध नेपाली साहित्य र रङ्गकर्मका साधक हुन् । उनलाई कुनै समय…