बसाइँ लीलबहादुर क्षेत्रीद्वारा लेखिएको र मदन पुरस्कार पुस्तकालयले वि.स. २०१४ सालमा बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो । बसाइँ उपन्यास मुना मदन पछि सबैभन्दा बढी बिक्री हुने नेपाली पुस्तक हो । यो पुस्तक त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा पनि सम्मिलित गरिएको छ ।
पृष्ठभूमि
पुस्तक पूर्वी नेपालको एउटा नामहीन पहाडी गाउँको चित्रण गरेको छ । धनबहादुर बस्नेत आफ्नो श्रीमती, बहिनी र एक छोरासँग बस्ने गरिब किसान हुन् । पुस्तकले गाउँमा उनको सङ्घर्ष र अरूबाट कसरी धोका खाएको देखाउँछ । गरिब नेपाली जनताले रोजगारीका लागि आफ्नो घरबाट भारतमा बसाइँ सर्नु पर्ने अवस्थालाई पुस्तकले देखाएको छ ।
पात्रहरू
- धनबहादुर बस्नेत 'धने', पुस्तकका मुख्य पात्र, नेपालको ग्रामीण क्षेत्रका गरिब किसान हुन् ।
- झुमावती बस्नेत, धानेकी कान्छी बहिनी
- मैना, धनेकी श्रीमती
- धने र मैनाको छोरा
- बुढो बैदार, साहूकार
- रिकुटे, छिमेकी गाउँका भारतीय गोर्खा भर्ती
- ठुली, झुमाको साथी
- मुखिया, गाउँ प्रमुख
- मोटे कार्की, धनेको सहयोगी साथी
- लेउते दमाई, धाने गाउँका एक गाउँले
- नन्दे ढकाल, गाउँले
- लुईँटेल, एक धनी जमिन्दार
- साने घर्ती, लुईँटेलका नोकर
- बुधे कामी, गाउँले
समिक्षा
बसाइँ उपन्यास नेपाली साहित्यका बहुसङ्ख्यक पाठकहरू माझ अति नै प्रिय बनेका नेपाली उपन्यासहरू मध्यको एक उत्कृष्ट रचना हो । यसको प्रथम प्रकाशन २०१४ सालामा मदन पुरस्कार पुस्तकालयबाट भएको हो । लिलबहादुर क्षेत्रीको यस उपन्यासले तात्कालिन नेपाली समाजको जर्जर वर्गीय द्वन्द र आर्थिक विषमताले निम्त्याएको सङ्कटलाई प्रभावकारी ढङ्गले चित्रण गरेको छ । पूर्वी नेपालका जनाताले बोल्ने नेपाली भाषा उनीहरूले लगाउने भेषभूषा र उनीहरूले बाँचिरहेको जीवनलाई यस उपन्यासमा जीवन्त अभिव्यक्ति दिइएको छ ।
अनुवाद
माइकल हटद्वारा पुस्तकलाई अङ्ग्रेजीमा 'माउन्टेन्स पेन्टेड विद टर्मरिक' को रूपमा अनुवाद गरिएको छ ।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q13183844
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ९१/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “बसाइँ (उपन्यास)”। नेपाली विश्वकोश, २० अप्रिल २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/बसाइँ_(उपन्यास) (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, April 20). बसाइँ (उपन्यास). In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/बसाइँ_(उपन्यास)
“बसाइँ (उपन्यास).” Nepali Encyclopedia, 20 April 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/बसाइँ_(उपन्यास). Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “बसाइँ (उपन्यास).” Nepali Encyclopedia. Last modified April 20, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/बसाइँ_(उपन्यास).
@misc{nepaliencyclopedia_750,
author = {{Nepali Encyclopedia Editors}},
title = {बसाइँ (उपन्यास)},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AC%E0%A4%B8%E0%A4%BE%E0%A4%87%E0%A4%81_(%E0%A4%89%E0%A4%AA%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B8)},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - बसाइँ (उपन्यास) T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/04/20 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AC%E0%A4%B8%E0%A4%BE%E0%A4%87%E0%A4%81_(%E0%A4%89%E0%A4%AA%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B8) Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/बसाइँ_(उपन्यास) · अद्यावधिक २० अप्रिल २०२६ · समीक्षा: समीक्षा बाँकी
