नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
समाज र जीवनशैली

नेपाली

नेपाली नेपाल देशका जनतालाई जनाउँने विशेषण हो। नेपाली राष्ट्रियता कानुन अनुसार पर्ने नेपालका नागरिकहरू नेपाली हुन् । नेपालको संविधान अनुसार नागरिक अधिकार प्राप्त गर्ने सबै मानिसहरू नेपाली नागरिक हुन्। नेपाली जातियता नभई राष्ट्रियता हो। नेपाल राष्ट्रप्रति निष्ठा राख्ने व्यक्तिहरूलाई सामान्य रूपमा नेपाली भनिन्छ। तर केही गैर नागरिक नेपाली (जस्तै अनाथ नागरिकता विहीन नेपाली), दोहोरो नागरिक, विदेशिएका नेपालीहरू, आदि पनि नेपाली संज्ञाभित्रै पर्छन् वा पर्न सक्छन् ।

अद्यावधिक: १६ अक्टोबर २०२६ २८३ शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

नेपाली नेपाल देशका जनतालाई जनाउँने विशेषण हो। नेपाली राष्ट्रियता कानुन अनुसार पर्ने नेपालका नागरिकहरू नेपाली हुन् । नेपालको संविधान अनुसार नागरिक अधिकार प्राप्त गर्ने सबै मानिसहरू नेपाली नागरिक हुन्। नेपाली जातियता नभई राष्ट्रियता हो। नेपाल राष्ट्रप्रति निष्ठा राख्ने व्यक्तिहरूलाई सामान्य रूपमा नेपाली भनिन्छ। तर केही गैर नागरिक नेपाली (जस्तै अनाथ नागरिकता विहीन नेपाली), दोहोरो नागरिक, विदेशिएका नेपालीहरू, आदि पनि नेपाली संज्ञाभित्रै पर्छन् वा पर्न सक्छन् ।

व्युत्पन्न

लोक मान्यता अनुसार ने नामक ऋषिले पालेको भूमिलाई नेपाल भनिएको हो भनिन्छ । यही नेपाल शब्दको विशेषण नेपाली हो ।

राष्ट्रिय इतिहास

राजा पृथ्वीनारायण शाह, नेपालको राष्ट्रनिर्माता
राजा पृथ्वीनारायण शाह, नेपालको राष्ट्रनिर्माता

राजा पृथ्वीनारायण शाहको एकीकरणबाट नेपाल राष्ट्रको निर्माण भएको थियो। त्यसपछि नेपाली शब्दको प्रयोग नेपाल देशका नागरिकका निम्ति भयो। सम्पूर्ण क्षेत्रिय संज्ञा जस्तै, गोरखाली, कास्केली, जुम्ली, कान्तिपुरे, आदि नेपालीमा मिसिन गयो। त्यो सँगै खस कुरा जसलाई गोरखाली भाषा भनिन्थ्यो आधिकारिक नेपाली भाषा बन्न पुग्यो।

नेपाली गणको उत्पत्ति

नेपाली आर्य मूलनिवासी महिला सन् १९०० मा
नेपाली आर्य मूलनिवासी महिला सन् १९०० मा
लिम्बु पुरुष र महिला १९औं शताब्दीमा
लिम्बु पुरुष र महिला १९औं शताब्दीमा

नेपालीका वंशजहरू आरम्भको विशाल नेपाल, तिब्बत, भारत, इरान, बर्मा, चीन र मध्य एसियाबाट नेपालको क्षेत्रिय सामुदायिक जनसङ्ख्यासँग मिसिएका हुन्। नेपाली दुई मुख्य भाषा परिवारका सदस्य हुन्; इन्डो-आर्यन भाषा परिवार र भोट-बर्मेली भाषा परिवार। इन्डो-आर्यन भाषा परिवार भारोपेली भाषा परिवारको एक शाखा हो र यस बोली बोल्ने जनता इन्डो-यूरोपियन (भारोपेली) ककेसियन नश्लका हुन्। त्यस्तै भोट-बर्मेली भाषा परिवारका मातृभाषी मंगोल नश्लका हुन्।

विदेशमा रहेका नेपाली

नेपालीहरू भारत र बर्मामा ठूलो सङ्ख्यामा छन् । यसको प्रमुख कारण गोरखाली सैनिक भर्ती अनुसार विदेशिएका नेपालीहरू हुन् । थुप्रै नेपालीहरू खाडी मुलुक, मलेशिया, सं रा. अमेरिका, अस्ट्रेलिया, बेलायत र जापान जस्ता मुलुकमा रोजगार र शिक्षाका निम्ति पलायन भएका छन् ।

नेपालमा रहेका विदेशी

त्यस्तै चीनको तिब्बत, भुटान र भारत राष्ट्रबाट थुप्रै मानिसहरू आएर बसोबास गरेका छन् । यसमध्ये थुप्रै शरणार्थीका रूपमा आएका थिए ।

सन्दर्भ साम्रगीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q4317274
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८६/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “नेपाली।” नेपाली विश्वकोश, १६ अक्टोबर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80। हेरिएको: १२ नोभेम्बर २०२६।