नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

अमर न्यौपाने

अमर न्यौपाने एक प्रख्यात नेपाली साहित्यकार हुन्। आख्यानकार न्यौपानेले वि.सं. २०६८ सालको मदन पुरस्कार पाएका हुन्। उनको पहिलो कृति पानीको घाम वि.सं. २०६६ मा प्रकाशित भएको थियो जुन कृतिले उनले पद्मश्री पुरस्कार प्राप्त गर्न सफल भएका थिए। उनको वि.सं. २०६८ मा प्रकाशित सेतो धरती उपन्यासले वि.सं. २०६८ को मदन पुरस्कार प्राप्त गर्न सफल भएको थियो। उनले वि.सं. २०७२ मा शिक्षासम्बन्धी उपन्यास करोडौँ कस्तुरी प्रकाशनमा ल्याएका थिए। उनले आफ्नो पछिल्लो कृति गुलाबी उमेर वि.सं. २०७६ मा प्रकाशित गरेका थिए। उनको यो उपन्यास किशोरीको मनोविज्ञानमा आधारित कृति हो। कसरी किशोरीहरूको शारीरिक तथा मानसिक विकास हुन्छ र कसरी

अद्यावधिक: २८ जुलाई २०२६ २९३ शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

अमर न्यौपाने एक प्रख्यात नेपाली साहित्यकार हुन्। आख्यानकार न्यौपानेले वि.सं. २०६८ सालको मदन पुरस्कार पाएका हुन्। उनको पहिलो कृति पानीको घाम वि.सं. २०६६ मा प्रकाशित भएको थियो जुन कृतिले उनले पद्मश्री पुरस्कार प्राप्त गर्न सफल भएका थिए। उनको वि.सं. २०६८ मा प्रकाशित सेतो धरती उपन्यासले वि.सं. २०६८ को मदन पुरस्कार प्राप्त गर्न सफल भएको थियो। उनले वि.सं. २०७२ मा शिक्षासम्बन्धी उपन्यास करोडौँ कस्तुरी प्रकाशनमा ल्याएका थिए। उनले आफ्नो पछिल्लो कृति गुलाबी उमेर वि.सं. २०७६ मा प्रकाशित गरेका थिए। उनको यो उपन्यास किशोरीको मनोविज्ञानमा आधारित कृति हो। कसरी किशोरीहरूको शारीरिक तथा मानसिक विकास हुन्छ र कसरी उनीहरूको शरीर र व्यवहारमा परिवर्तन हुँदै जान्छ भन्ने कुरा उनले यस पुस्तकमा लेखेका छन्। उनले यस उमेर समूहलाई गुलाबी उमेर भनेर नामाङ्कन समेत गरेका छन्।

गुलाबी उमेर उपन्यास विमोचनमा लेखक कृष्ण धरावासी र नायिका केकी अधिकारीसँग
गुलाबी उमेर उपन्यास विमोचनमा लेखक कृष्ण धरावासी र नायिका केकी अधिकारीसँग

जीवनी

नेपाली भाषाका साहित्यकार अमर न्यौपानेको जन्म वि.सं. २०३४ सालमा चितवन जिल्लाको रंगीला भन्ने स्थानमा पिता एकनाथ न्यौपाने र माता हरिमाया न्यौपानेका दोस्रो सन्तानका रूपमा भएको थियो। उनको पहिलो कृति पानीको घाम नामक उपन्यास वि.सं. २०६६ मा प्रकाशित भएको थियो। यस कृतिले २०६६ सालको पद्मश्री साहित्य सम्मान प्राप्त गरेपछि उनी नेपाली साहित्य जगतमा चिनिएका हुन्। उनको अर्को उपन्यास सेतो धरतीले वि.सं. २०६८ सालको मदन पुरस्कार प्राप्त गरेपछि उनको चर्चा एकाएक चुलियो। न्यौपाने चितवनका स्थायी बासिन्दा हुन्।

‍‍

लेखनशैली

"भगवानलाई पनि पाप लाग्ने भए सबैभन्दा धेरै पाप उनैलाई लाग्थ्यो होला ।"
अमर न्यौपाने, सेतो धरती

कृति

पुरस्कार

  • उनले सेतो धरती नामक ग्रन्थका लागि वि.सं. २०६८ सालको मदन पुरस्कार पाए ।
  • उनको पहिलो कृति पानीको घामले वि.सं. २०६६ सालको पद्मश्री साहित्य सम्मान
  • बालकथा सँग्रह कलिलो मनले वि.सं. २०६७को पारिजात बालसाहित्य पाण्डुलिपी पुरस्कार प्राप्त गरेको थियो ।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q16257993
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८३/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “अमर न्यौपाने।” नेपाली विश्वकोश, २८ जुलाई २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%85%E0%A4%AE%E0%A4%B0_%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A5%8C%E0%A4%AA%E0%A4%BE%E0%A4%A8%E0%A5%87। हेरिएको: १२ नोभेम्बर २०२६।