सिद्धिनरसिंह मल्ल पाटनका पहिलो स्वतन्त्र राजा थिए। सिद्धिनरसिंह मल्लले वि.सं. १६७६ को आश्विन २७ गते विजया दशमीको दिन ललितपुर राज्यको राजाको रुपमा विधिपूर्वक राज्याभिषेक गरेको थिए । यसरी स्वतन्त्र ललितपुर राज्यको राजाको रुपमा सिद्धिनरसिंह मल्लले राज्याभिषेक गरेपछि काठमाडौँ उपत्यकामा कान्तिपुर, ललितपुर (पाटन) र भक्तपुर गरी तीनवटा स्वतन्त्र राज्यहरु अस्तिवमा आएका देखिन्छन् । सिद्धिनरसिंह मल्ल ललितपुरको राजा भएपछि यिनका सौतेनी दाई तत्कालीन कान्तिपुरका राजा लक्ष्मीनरसिंह मल्लले दुवै देशले एक अर्कामाथि सैन्य हस्तक्षेप नगर्ने र दुइटै देशका राजा तथा भारदारले आपसमा मिलेर बस्ने व्यहोरा उल्लेख भएको धर्मप
नेपाली विश्वकोशका सम्पादकहरू अद्यावधिक: १० अगस्ट २०२६ ५५२ शब्द · ३ मिनेट समीक्षा बाँकी
सिद्धिनरसिंह मल्लपाटनका पहिलो स्वतन्त्र राजा थिए। सिद्धिनरसिंह मल्लले वि.सं. १६७६ को आश्विन २७ गते विजया दशमीको दिन ललितपुर राज्यको राजाको रुपमा विधिपूर्वक राज्याभिषेक गरेको थिए । यसरी स्वतन्त्र ललितपुर राज्यको राजाको रुपमा सिद्धिनरसिंह मल्लले राज्याभिषेक गरेपछि काठमाडौँ उपत्यकामा कान्तिपुर, ललितपुर (पाटन) र भक्तपुर गरी तीनवटा स्वतन्त्र राज्यहरु अस्तिवमा आएका देखिन्छन् । सिद्धिनरसिंह मल्ल ललितपुरको राजा भएपछि यिनका सौतेनी दाई तत्कालीन कान्तिपुरका राजा लक्ष्मीनरसिंह मल्लले दुवै देशले एक अर्कामाथि सैन्य हस्तक्षेप नगर्ने र दुइटै देशका राजा तथा भारदारले आपसमा मिलेर बस्ने व्यहोरा उल्लेख भएको धर्मपत्र शान्तिपत्र वि.सं. १६७० माघ १४ गते गरेका थिए । तर उक्त सन्धिपत्र धेरै लामो समयसम्म कायम राखिराख्न सकेन । उनका पिता हरिहरसिंह मल्ललाई उनका बाजे राजा शिवसिंह मल्लले पाटनको सामन्त बनाएका थिए। हरिहरसिंहका तीन पुत्र थिए। जेठा लक्ष्मीनरसिंह मल्लकान्तिपुरका गद्दीका हकदार भएकाले उनका भाइ सिद्धिनरसिंहलाई राजा शिवसिंहले नै पाटनको सामन्त नियुक्त गरेका थिए।
हरिहरसिंहका जेठी रानीबाट छोरा लक्ष्मीनरसिंह मल्ल भएका थिए। लालमती र अर्की रानीबाट सन्तान भएका थिएनन्। हरिहरको मृत्यु भएपछि उनीसँग सति जान तयार भएकी लालमतीलाई गर्भिणी रहेको थाहा पाएर, उनीबाट छोरा जन्मेपनी छोरी जन्मेपनी पाटनको राजा बनाउने वचन दिएर राजा शिवसिंहले सति जान रोकेका थिए। उनीबाट सिद्धिनरसिंहको जन्म भयो र उनी समर्थ भएपछि पाटनको प्रशाशक भएर बस्न थाले।
वंशावलीको कथन अनुसार सिद्धिनरसिंह मल्ल नेपाल संवत् ७४० मा पाटनको राजा बनेका थिए।
शासनकाल
वि.सं १६७७ फागुन १५ मा दाजु लक्ष्मीनरसिंह मल्ल संग सिद्धिनरसिंह मल्लले सन्धि गरेपछी ललितपुर स्वतन्त्र राज्यको रुपमा कायम भयो।
राजनीतिक कार्यहरू
कान्तिपुरका राजा लक्ष्मीनरसिंह मल्लले ललित्पुर ( पाटन)को विरोध गरेको हुनाले सिद्धिनरसिंह मल्लले भक्तपुरको सहायत लिई कान्तिपुर माथि आक्रमण गरे तर दरबार वरिपरिको पर्खालबाट भित्र भित्र पस्न नसकेपछि वि सं १६७७ फाल्गुनमा एक सन्धी गरे ।
गोरखाका राजा राम शाहसँग सन्धी गरी ललितपुर र गोरखा राज्यबीच राजनीतिक र व्यापारिक सम्बन्ध स्थापना भयो ।
वि सं १७९३ को फाल्गुन तिर कोटिहोम गर्न लागेको मौका पारेर कान्तिपुरका राजा प्रताप मल्लले ललितपुर पाटन माथि आक्रमण गरे तर पाटनेहरूले कान्तिपुरेहरूलाई लखटे ।
धार्मिक कार्यहरू
वि सं १६९३ मा पाटन दरबार अगाडि २१ ओटा गजुर भएको भारतीय आर्य कला शैलीमा ढुङ्गाको तीन तले कृष्ण मन्दिर बनाए, जो हालसम्म पनि दर्शनीय रूपमा रहेको छ । पाटनको कृष्ण मन्दिर
सिद्धिनरसिंह मल्ल धार्मिक तथा कलाप्रेमी भएकाले पाटन दरबारलाई ठूलो र फराकिलो बनाउन का साथै जावलाखेलमा धारा र पोखरी निर्माण गराए ।
उनले विभिन्न देवीदेवताहरूको मन्दिर निर्माण गर्नाको साथै अनेकौँ धार्मिक नृत्यहरूको (कार्तिक नाच) आदि प्रचलन गराए ।
तलेजु र सिद्धिविनायकको स्थापना गर्नाको साथै अनेकौँ विहारहरूको जिर्णोद्धार गराए ।
विभिन्न देवीदेवताको पूजाअर्चनाको लागि आवस्यक प्रबन्ध मिलाए ।
पाटन हनुमान र नरसिंहको मुर्ति पाटन दरबार भित्रै सिद्धिगणेश र नृसिंह मूर्तिको स्थापना गराए ।
ललितपुर दरबार लाई विस्तृत, सुन्दर र कलात्मक बनाए।
आमा लालमती को नाममा जावलाखेल मा पोखरी निर्माण गराए ।
देगुतले (पाँचतले) मन्दिर निर्माण गराई भण्डारखाल बगैंचा र पोखरी निर्माण गराए ।
४० दिन लगाएर कोटिहोम यज्ञ गरी विद्वान ब्रामण्हरूलाई तण्डुलपर्वत, कल्पद्रुम र हस्तलिखित १८ पुराण र असर्फीहरू दान गरे।
गद्धी त्याग
सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्ल कान्तिपुरका राजा प्रताप मल्लको बहकाउमा लागेर आफ्नै पिता सँग अलि विद्रोही स्वभावका हुनाले कीर्तिपुरलाई राजधानी बनाई छुट्टै सरकार गठन गर्दा राजा सिद्धिनरसिंह मल्लले त्यो बुझेर २ वर्ष पछि वि.सं १७१७ मा आफैँले राज्य त्याग गरिदिए । त्यसपछि उनले राजर्षीको जीवन बिताउन थाले र तिर्थाटन गर्दै जीवन व्यतीत गर्न थाले ।
उनले त्यसरी धर्मकर्म तीर्थाटन, देशाटन र परमार्थ सुधार गर्दागर्दै वि.सं. १७६७ मा काशीको भागीरथी गङ्गातटमा इहलीला विसर्जन गरेकाले उनको आयु १०४ वर्ष पाएको बुझिन्छ।
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q65395539 समीक्षा:समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन। संरचनागत सूचक ८२/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “सिद्धिनरसिंह मल्ल”। नेपाली विश्वकोश, १० अगस्ट २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/सिद्धिनरसिंह_मल्ल (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, August 10). सिद्धिनरसिंह मल्ल. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/सिद्धिनरसिंह_मल्ल
“सिद्धिनरसिंह मल्ल.” Nepali Encyclopedia, 10 August 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/सिद्धिनरसिंह_मल्ल. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “सिद्धिनरसिंह मल्ल.” Nepali Encyclopedia. Last modified August 10, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/सिद्धिनरसिंह_मल्ल.
@misc{nepaliencyclopedia_632,
author = {{Nepali Encyclopedia Editors}},
title = {सिद्धिनरसिंह मल्ल},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B8%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%BF%E0%A4%A8%E0%A4%B0%E0%A4%B8%E0%A4%BF%E0%A4%82%E0%A4%B9_%E0%A4%AE%E0%A4%B2%E0%A5%8D%E0%A4%B2},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}
TY - ELEC
AU - Nepali Encyclopedia Editors
TI - सिद्धिनरसिंह मल्ल
T2 - Nepali Encyclopedia
PY - 2026
DA - 2026/08/10
UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B8%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%BF%E0%A4%A8%E0%A4%B0%E0%A4%B8%E0%A4%BF%E0%A4%82%E0%A4%B9_%E0%A4%AE%E0%A4%B2%E0%A5%8D%E0%A4%B2
Y2 - 2026/11/12
LA - ne
ER -