नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
भाषा र साहित्य

अब यस्तो कहिल्यै नहोस्

‘अब यस्तो कहिल्यै नहोस्’ इतिहास शिरोमणि बाबुराम आचार्यका ऐतिहासिक लेखहरूको सँगालो हो। बडामहाराजधिराज पृथ्वीनारायण शाहको मृत्यु पश्चात वि.सं. १८३१ देखि १९५८ सम्म नेपालमा सत्ता संघर्षका अनेकन् पर्व भए। ती पर्वमा भएका हत्या, हिंसा र षड्यन्त्रका तानाबानाबारे इतिहासकार बाबुराम आचार्यले आफ्नो पुस्तकमा सविस्तार व्याख्या गरेका छन्। २०१५ सालको आसपासमा लेखिएका यी लेखहरूमा राजकुमार नायब बहादुर शाह देखि प्राइममिनिस्टर श्री ३ देव शम्सेरका पालासम्मका विभिन्न षड्यन्त्रका घटनाहरूको बारेमा जानकारी पाइन्छ। विशेषगरी बहादुर शाहको हत्या, भिमसेन थापाको उदय र अवसान, माथवरसिंह थापाको उदय र हत्या, जंगबहादुर कुँवर राणा

अद्यावधिक: ४ सेप्टेम्बर २०२६ ४१३ शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

‘अब यस्तो कहिल्यै नहोस्’ इतिहास शिरोमणि बाबुराम आचार्यका ऐतिहासिक लेखहरूको सँगालो हो। बडामहाराजधिराज पृथ्वीनारायण शाहको मृत्यु पश्चात वि.सं. १८३१ देखि १९५८ सम्म नेपालमा सत्ता संघर्षका अनेकन् पर्व भए। ती पर्वमा भएका हत्या, हिंसा र षड्यन्त्रका तानाबानाबारे इतिहासकार बाबुराम आचार्यले आफ्नो पुस्तकमा सविस्तार व्याख्या गरेका छन्। २०१५ सालको आसपासमा लेखिएका यी लेखहरूमा राजकुमार नायब बहादुर शाह देखि प्राइममिनिस्टर श्री ३ देव शम्सेरका पालासम्मका विभिन्न षड्यन्त्रका घटनाहरूको बारेमा जानकारी पाइन्छ। विशेषगरी बहादुर शाहको हत्या, भिमसेन थापाको उदय र अवसान, माथवरसिंह थापाको उदय र हत्या, जंगबहादुर कुँवर राणाको उदय र राणा शासनको प्रारम्भिक विकासक्रमका बारेमा एकदमै जानकारीहरु यसमा समेटिएका छन्। यो पुस्तक माधव आचार्यद्वारा "द ब्लडस्टेन्ड थ्रोन: स्ट्रगल्स फर पावर इन नेपाल (१७७५–१९१४)" शीर्षकमा अङ्ग्रेजीमा अनुवाद गरिएको छ।

पुस्तकमा शक्ति हात पार्नका लागि भएका बहादुर शाहको हत्या, रणबहादुर शाहको हत्याकाण्ड, भिमसेन थापाको उदय र अन्त्य, कोतपर्व, भण्डारखाल पर्व र अलौपर्व, लगायत अन्य केहि कम सुनिएका राणाशाही विरुद्धको अठतीस सालको असफल षडयन्त्र, ४२ सालको पर्व र देव शमशेर विरुद्धको कु जस्ता घटनाको बारेमा पनि चर्चा गरिएको छ। भिमसेन थापाको बारेमा इतिहासले धेरै राम्रा कुराहरु गाएको भएपनि उनले शक्ति हात पार्नका लागि गरेका हत्याहरूको विवरण इतिहासहरूमा पाइँदैन। त्यस्तै उनको मृत्युको हकमा पनि अनेक भनाइहरु पाइन्छ। यसमा पुरानो विष मुद्दालाई बल्झाएर पाँडेहरूले षडयन्त्र गरी आत्महत्या गर्न बाध्य तुल्याएको तर उनी ९ दिनसम्म तड्पिएर विष्णुमतिको किनारमा अन्तिम स्वास फेरेको भन्ने उल्लेख छ।

इतिहासका यी घटनाहरूको लेखहरू आचार्यले रेडियो नेपालका लागि लेखेका ‘स्क्रिप्ट’हरू हुन्, जुन पछि उनको चिनारी बन्यो। इतिहासकार बाबुराम आचार्यद्वारा लिखित पुस्तक ‘अब यस्तो कहिल्यै नहोस्’ वि.सं. २०५५ सालमा प्रकाशित भएको थियो। धेरैले बडो चाखपूर्वक पढेको सो पुस्तकको चर्चा सेलाउन पनि पाएको थिएन, वि.सं. ०५८ सालमा राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भयो। इतिहास दोहोरियो ।

विषयसूची

# विषयसूची घटना वर्णन रचनाकाल
१ चवन्न सालको घटना बहादुर शाहको हत्या वि.सं. २०१८
२ साठी सालको पर्व दामोदर पाँडेको हत्या वि.सं. २०१८
३ बयासठ्ठी साल पर्व रणबहादुर शाहको हत्या वि.सं २०२६
४ छयान्नब्बे सालको घटना भीमसेन थापाको अन्त्य वि.सं. २०१६
५ दूई सालको घटना माथवरसिंह थापाको हत्या वि.सं. २०१८
६ कोतपर्व कोतपर्व वि.सं. २०१८
७ भण्डारखाल पर्व भण्डारखाल पर्व वि.सं. २०१७
८ अलौ पर्व अलौ पर्व वि.सं. २०१६
९ अठ्तीस साल पर्व अठ्तीस साल पर्व वि.सं. २०१३
१० बयालीस साल पर्व रणोद्दिप सिँह राणाको हत्या

वीर र खड्ग शमशेरको मनमुटाव

वि.सं. २०१५
११ अन्ठाउन्न साल पर्व देव शमशेर विरुद्धको कु वि.सं. २०१८

आलोचना

पुस्तकका मितिहरु नेपाली र अंग्रेजी लेख्ने क्रममा भएका गल्तीहरु सम्पूर्ण रूपले सच्चिएका छैनन्। एकाध बाहेक इतिहास लेखनको आधार प्रष्ट रूपमा उल्लेख गरिएका छैनन्। जे होस् ‘अब यस्तो कहिल्यै नहोस्’ पढ्नै पर्ने पुस्तक मध्येको एक पुस्तक हो।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q65396092
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८४/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “अब यस्तो कहिल्यै नहोस्”। नेपाली विश्वकोश, ४ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/अब_यस्तो_कहिल्यै_नहोस् (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/अब_यस्तो_कहिल्यै_नहोस् · अद्यावधिक ४ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी