बुढा सुब्बा मन्दिर वा बुढा सुब्बा नेपालको पूर्वमा अवस्थित सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको बिजयपुरमा रहेको छ। दन्तकाली देखि केही पूर्व सेउती खोलाको डिलमाथि रहेको उक्त स्थानमा टुप्पा नभएका बाँसहरू पाइन्छन् जसलाई बूढासुब्बाले गुलेलीले मट्याङ्ग्रा हानेर टुप्पा भाचिदिएको भन्ने मान्यता राखिन्छ। धरान बिजयपुरको बूढासुब्बा स्थान किराती तथा गैरकिरातीहरूका लागि महत्त्वपूर्ण मन्दिर मानिन्छ। बूढासुब्बा मन्दिरभित्र दुईवटा माटाका ढिस्काहरु छन् जसलाई बूढासुब्बाको रूपमा पूजा आजा गर्ने चलन छ। त्यी ढिस्का नै बुढासुब्बाको समाधीस्थल हो। यो मन्दिरको थप विशेषता भनेको टुप्पो नभएको बाँसहरूको बीचमा रहनु पनि हो। बूढासुब्बा मन्दिरमा प्रत्येक शनिवारका दिन ठूलो भिडभाड हुने गर्दछ। उक्त दिन बूढासुब्बालाई कुखुराका भाले र सुँगुरको बलि दिने गरिन्छ। नेपालका विभिन्न स्थानमा बसोबास गर्ने जाति जनजति आफ्नो मनोकामना सिद्धिका लागि भाकल गर्ने र सो प्राप्त भएमा पशुबलि चढाउने प्रथा रहिआएको पाइन्छ। विशेष गरी शनिवारका दिन कुखुरा, सुँगुर, आदि बली दिएर पूजा अर्चना गर्ने देश विदेशका भक्तजनहरूको घुईंचो लाग्ने गर्दछ। व्यवस्थित रूपमा वि.सं. २०१५ देखि बुढासुब्बा मन्दिरमा पँजा हुँदै आएको बुझिन्छ।
इतिहासकार इमान सिंह चेम्जोङका अनुसार विजयपुर राजा बिजय नारायण राय खेवाङको पालामा लिम्बुवान (पल्लो किरात) राज्यको राजधानी थियो। राजा बिजय नारायणकाे नाम बाट नै विजयपुर नाम रहन गएकाे मानिन्छ । ।
कथा
बुढा सुब्बा र उनकी बहिनी सुब्बिनी पहाडमा गुलेली र मट्यांग्राले सिकार खेल्ने गर्थे । एकदिन भूलवश उनीहरूले कागलाई गुलेली ताक्दा बाँसको टुप्पोलाई मट्यांग्राले लाग्यो । त्यस दिनदेखि बाँसको टुप्पो बढेन र त्यसपछि विजयपुरमा कहिल्यै काग आएनन् । त्यसका कारण बुढासुब्बाले सिकार खेल्न छोडे र आफ्नो गुलेलीलाई माटोमा पुरिदिए । त्यसपछि बुढा सुब्बाले त्यहीँ ध्यान गरे, जहाँ अहिले बुढा सुब्बाको मन्दिर छ । उनकी बहिनी सुब्बिनीको मन्दिर छेउमै छ।
इतिहास
इतिहासकार इमानसिंह चेम्जोङको भनाइ अनुसार यो मोरङका अन्तिम लिम्बु राजा बुद्धिकर्ण राय खेवाङकाेे समाधिस्थल हो । नेपालको एकीकरणताका पृथ्वीनारायण शाहबाट विजयपुर लगायत लिम्बुवान (पल्लो किरात) क्षेत्रको एकीकरण गर्ने क्रममा उनलाई कुटनीतिक रूपले विजयपुरमा मारिएको हुनाले उनका जनताहरूले राजाको मृतआत्माको चिरशान्तीका लागि समाधिस्थल निर्माण गरे । स्थानीय लिम्बु मानिसहरूको अनुसार बुद्धीकर्ण राय खेवाङ आत्मा भएर मानिसहरूको मद्दत गर्न थाले । स्थानीय लिम्बुहरूले राजाको आत्माको राम्रो प्रभाव पार्ने भएर उनको समाधिस्थल (हालको बुढा सुब्बा मन्दिर) पूजा आजा गर्न थाले (सुब्बा वा हांगको अर्थ लिम्बु भाषामा राजा हुन्छ)।
किराँतेश्वर
बुढा सुब्बालाई हिन्दुहरुले किराँतेश्वरको रूपमा पनि पुज्ने गरेका छन। कसैका अनुसार भगवान शिव र देवी पार्वतीलाई हाङ्साम र युमामाङको भेषमा किरात राजा र रानी भइ शिकार गर्ने क्रममा विजयपुर आइपुगेका थिए जहाँ उनीहरूले आफ्ना धनुहरू रखेर तपस्या गरे। त्यस बेला कलियुगको आरम्भ भएको उनीहरूले बुझे र अन्तरध्यान भए । धनुबाट टुप्पा बिनाका बाँस अंकुरित भए ।
एकलब्य
कुनै समयमा बिरयोद्धा एकलब्य घुम्दैघुम्दै यस स्थानमा आई विश्राम अवस्थामा समाधिस्थ भएछन् । उनका अनुयायीहरूले उनको उक्त समाधिस्थललाई माटोले पुरिदिएको र पछि त्यसलाई बुढा सुब्बाको नाम दिई सिद्धपीठको रूपमा पँजा गर्दै प्रचार प्रसारसमेत गर्न थालेका श्रुतिकथा छन् ।
बाह्य कडीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q4985069
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “बुढासुब्बा मन्दिर”। नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/बुढासुब्बा_मन्दिर (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, September 26). बुढासुब्बा मन्दिर. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/बुढासुब्बा_मन्दिर
“बुढासुब्बा मन्दिर.” Nepali Encyclopedia, 26 September 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/बुढासुब्बा_मन्दिर. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “बुढासुब्बा मन्दिर.” Nepali Encyclopedia. Last modified September 26, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/बुढासुब्बा_मन्दिर.
@misc{nepaliencyclopedia_565,
author = {{Nepali Encyclopedia Editors}},
title = {बुढासुब्बा मन्दिर},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AC%E0%A5%81%E0%A4%A2%E0%A4%BE%E0%A4%B8%E0%A5%81%E0%A4%AC%E0%A5%8D%E0%A4%AC%E0%A4%BE_%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BF%E0%A4%B0},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - बुढासुब्बा मन्दिर T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/09/26 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AC%E0%A5%81%E0%A4%A2%E0%A4%BE%E0%A4%B8%E0%A5%81%E0%A4%AC%E0%A5%8D%E0%A4%AC%E0%A4%BE_%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BF%E0%A4%B0 Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/बुढासुब्बा_मन्दिर · अद्यावधिक २६ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी