पर्सा राष्ट्रिय निकुञ्ज वा पूर्व नाम पर्सा वन्यजन्तु आरक्ष दक्षिण-मध्य नेपालको तराई क्षेत्रमा अवस्थित एक राष्ट्रिय निकुञ्ज हो। यसले पर्सा, मकवानपुर र बारा जिल्लाको ६२७.३९ किमी२ (२४२.२४ वर्ग माइल) क्षेत्रफल ओगटेको छ र चुरे पहाडमा यसको उचाइ ४३५ to ९५० मी (१,४२७ to ३,११७ फिट) सम्म फैलिएको छ। यो वि.सं २०४० मा वन्यजन्तु आरक्षको रूपमा स्थापना गरिएको थियो र वि.सं २०७४ मा यसले राष्ट्रिय निकुञ्जको दर्जा प्राप्त गरेको थियो। वि.सं २०६२ देखि यसको वरिपरि २८५.३ किमी२ (११०.२ वर्ग माइल) को मध्यवर्ती क्षेत्र रहेको छ। वि.सं २०७४ मा, यस संरक्षित क्षेत्रलाई थप ४९ वर्ग माइल (१२८ किमी२) विस्तार गरिएको थियो।
पर्सा राष्ट्रिय निकुञ्जको उत्तरमा पूर्वी राप्ती नदी र शिवालिक पहाडले मानव बस्तीसँगको प्राकृतिक सिमाना बनाएको छ। पूर्वमा, यसको सिमाना हेटौँडा–वीरगन्ज राजमार्गसम्म फैलिएको छ; दक्षिणमा वन पथले निकुञ्जको सिमाना निर्धारण गर्दछ। पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ, जुन भारतको एक बाघ संरक्षण केन्द्र वाल्मीकि राष्ट्रिय निकुञ्जको ठीक उत्तरमा अवस्थित छ। यसरी २,०७५ किमी२ (८०१ वर्ग माइल) को यो सीमापार संरक्षित क्षेत्रले 'चितवन–पर्सा–वाल्मीकि' बाघ संरक्षण एकाइको प्रतिनिधित्व गर्दछ, जसले तराई–दुआर सवाना र घाँसेमैदानको कुल ३,५४९ किमी२ (१,३७० वर्ग माइल) क्षेत्र ओगटेको छ।
संरक्षित क्षेत्रमा परिणत हुनुअघि यो क्षेत्र बेलायती र नेपाली कुलीन वर्गका लागि निजी खेल आरक्ष र शिकार आरक्षको रूपमा रहेको थियो।
बाह्य कडीह्यरू
- बर्डलाइफ इन्टरनेसनल, "Important Bird Areas factsheet: Parsa Wildlife Reserve"।
- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग: पर्सा राष्ट्रिय निकुञ्ज अभिलेखिकरण २०२०-०१-२० वेब्याक मेसिन
- 'इसिमोड'को संरक्षण पोर्टलको जानकारी: पर्सा वन्यजन्तु आरक्ष अभिलेखिकरण २०१२-०३-०४ वेब्याक मेसिन
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q4351857
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८६/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “पर्सा राष्ट्रिय निकुञ्ज”। नेपाली विश्वकोश, २० सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/पर्सा_राष्ट्रिय_निकुञ्ज (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, September 20). पर्सा राष्ट्रिय निकुञ्ज. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/पर्सा_राष्ट्रिय_निकुञ्ज
“पर्सा राष्ट्रिय निकुञ्ज.” Nepali Encyclopedia, 20 September 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/पर्सा_राष्ट्रिय_निकुञ्ज. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “पर्सा राष्ट्रिय निकुञ्ज.” Nepali Encyclopedia. Last modified September 20, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/पर्सा_राष्ट्रिय_निकुञ्ज.
@misc{nepaliencyclopedia_594,
author = {{Nepali Encyclopedia Editors}},
title = {पर्सा राष्ट्रिय निकुञ्ज},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%B8%E0%A4%BE_%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF_%E0%A4%A8%E0%A4%BF%E0%A4%95%E0%A5%81%E0%A4%9E%E0%A5%8D%E0%A4%9C},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - पर्सा राष्ट्रिय निकुञ्ज T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/09/20 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%B8%E0%A4%BE_%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF_%E0%A4%A8%E0%A4%BF%E0%A4%95%E0%A5%81%E0%A4%9E%E0%A5%8D%E0%A4%9C Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/पर्सा_राष्ट्रिय_निकुञ्ज · अद्यावधिक २० सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी