जगदीश घिमिरे (विसं २००२- २०७०) नेपाली लेखक तथा साहित्यकार हुन् । क्यान्सरले सिकिस्त भएर मृत्युशैयाबाट लेखेको आफ्नो आत्मवृर्तान्त "अन्तर्मनको यात्रा"बाट धेरै ख्याति कमाएका घिमिरे लामो समयदेखि सामाजिक कार्यमासमेत संलग्न थिए।
जीवनी
जगदीश घिमिरेको जन्म वि.सं. २००२, चैत्र २८ गते, रामेछाप जिल्लाको मन्थली भन्ने गाउँमा भएको हो। उनले प्रारम्भिक शिक्षा नेपाल र उच्च शिक्षा भारत र बेलायतबाट प्रात्त गरे। सानैदेखि उनको अभिरुचि साहित्य र पत्रकारितामा थियो। त्यसैले उनले समाजशास्त्रमा एम्. ए. र जनसङ्ख्यामा पोष्ट ग्य्राजुएट डिप्लोमा गरेका छन्। राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूमा उनको लामो संलग्नता रहेको छ जसमार्फत उनले रामेछाप जिल्लाको सामुदायिक विकासमा ठूलो सहयोग पुर्याएका छन्। साहित्यिक र सामाजिक कार्यमा संलग्न हुने क्रममा उनले नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, केन्या, बेलायत, सिङ्गापुर, फ्रान्स, युगोस्लाभिया, थाइल्याण्ड जस्ता थुप्रै देश भ्रमण गरिसकेका छन्। रामेछापमा विकास निर्माण र सामाजिक उत्थानको कार्य गर्दा घिमिरेले धेरै बाधा-विरोधहरूको सामना गर्नुपर्यो। तरपनि उनी निरन्तर रूपमा समाज रूपान्तरणको काममा लागिरहे।
जगदीश घिमिरेमा निहित संवेदनशीलताले उनलाई एक मार्मिक सिहित्यसर्जक मात्र बनाएन एक सहृदयी विकासअभियन्ता पनि बनायो। सामाजिक कार्यमा घिमिरेलाई पत्नी दुर्गाले पनि उतिकै साथ दिइन्। एबीसी नेपालमा कार्यरत दुर्गा घिमिरे ती प्रथम महिला मध्येकी हुन् जसले बेचिएका नेपाली चेलीबेटीलाई मुम्बईबाट उद्धार गरेर ल्याउने साहसिक काममा अग्रणी भुमिका खेलिन्। २०४६ सालतिर घिमिरे दम्पत्तीले तामाकोशी सेवा समिति स्थापना गरेर रामेछाप जिल्लाका गरीब जनताको आर्थिक जिवनस्तर सुधार्न सक्रिय भए। यसक्रममा क्रियाशील जगदीश र दुर्गा घिमिरेमाथि राजनीतिक-सामाजिक विरोधीहरूको प्रहार पर्नु त स्वभाविक हो। तर घिमिरे दम्पत्तीमाथि अर्को आक्रमण पनि भयो जब जगदीशलाई 'माइलोमा' भन्ने रत्तक्यान्सर भयो। त्यसको उपचारको क्रममा भोग्नुपरेको दुःख-कष्टको मार्मिक वर्णन घिमिरेको पुस्तक 'अन्तर्मनको यात्रा'मा छ। तर जगदीशले रोगलाई पनि पछारे। यो भयावह रोगको आक्रमणपछि पनि उनमा वैराग्य र विचलितमनस्कता देखिएन। क्यान्सर भइसकेपछि पनि घिमिरे साहित्यिक सिर्जना र सामाजिक विकास अभियानमानै यथावत सक्रिय रहे।
घिमिरेको ६८ वर्षको उमेरमा २०७० कार्तिक १४ गते काठमाडौंको ओम अस्पतालमा निधन भयो। घिमिरेको अन्त्येष्टी काठमाडौंको पशुपति आर्यघाटमा भयो। घिमिरेका श्रीमती दुर्गा घिमिरे छोरा हिमाल घिमिरे र छोरी जुन घिमिरे छन्।
कृतिहरू
उपन्यास, कथा, नाटक आदिका पुस्तक लेख्दै आएका घिमिरेका प्रकाशित कृतिहरूः class="wikitable "
पुरस्कार
उनको कृति अन्तर्मनको यात्राले वि.सं. २०६४ सालको मदन पुरस्कार पाएको हो। घिमिरेले मैनाली कथा पुरस्कार पनि पाएका छन्। यस्तै उनले अन्तर्मनको यात्राकै लागि उत्तम शान्ति पुरस्कार पनि पाएका छन्।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q13181120
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८६/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “जगदीश घिमिरे”। नेपाली विश्वकोश, १७ अगस्ट २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/जगदीश_घिमिरे (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, August 17). जगदीश घिमिरे. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/जगदीश_घिमिरे
“जगदीश घिमिरे.” Nepali Encyclopedia, 17 August 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/जगदीश_घिमिरे. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “जगदीश घिमिरे.” Nepali Encyclopedia. Last modified August 17, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/जगदीश_घिमिरे.
@misc{nepaliencyclopedia_432,
author = {{Nepali Encyclopedia Editors}},
title = {जगदीश घिमिरे},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9C%E0%A4%97%E0%A4%A6%E0%A5%80%E0%A4%B6_%E0%A4%98%E0%A4%BF%E0%A4%AE%E0%A4%BF%E0%A4%B0%E0%A5%87},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - जगदीश घिमिरे T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/08/17 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9C%E0%A4%97%E0%A4%A6%E0%A5%80%E0%A4%B6_%E0%A4%98%E0%A4%BF%E0%A4%AE%E0%A4%BF%E0%A4%B0%E0%A5%87 Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/जगदीश_घिमिरे · अद्यावधिक १७ अगस्ट २०२६ · समीक्षा: समीक्षा बाँकी
