नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

रोविन तामाङ

रोविन तामाङ एक नेपाली गायक, सङ्गीतकार, अभिनेता र रक ब्यान्ड रोबिन र न्यु रिभोल्युसनका संस्थापक हुन्।

अद्यावधिक: ७ नोभेम्बर २०२६ २९५ शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

रोविन तामाङ एक नेपाली गायक, सङ्गीतकार, अभिनेता र रक ब्यान्ड रोबिन र न्यु रिभोल्युसनका संस्थापक हुन्।

व्यक्तिगत जीवन

रोविनको जन्म सिङ्गापुरमा ब्रिटिस सेनाको परिवारमा भएको थियो। उनी आफ्नो परिवारमा रहेका पाँच भाई/बहिनी मध्ये कान्छा थिए। उनको बुबा ब्रिटिस सेनामा कार्यरत रहेका कारण विभिन्न देशहरूमा काम गर्नुपर्ने भएकोले रोविनको वाल्यकाल हङकङ, सिङ्गापुर र ब्रुनाईमा बितेको थियो।

सिङ्गापुरमा प्रारम्भिक विद्यालय शिक्षाको क्रममा उनले जिमी हेन्ड्रिक्स र डिप पर्पलको गीतहरू सुन्थे जुन उनको लागि प्रेरणाको स्रोत बन्न पुगेका थिए। टोरन्टोको हम्बर कलेजमा सन् १९८० तीर कलेजमा अध्य्यन गरिरहेको समयमा उनले आफ्नो दोस्रो ब्यान्ड 'तामाङ' गठन गरेर विभिन्न रङ्गमंचमा प्रदर्शन गरेका थिए।

सन् १९९६ मा, नेपाल फर्केर उनी आफ्नो बुबाको गृहस्थान पोखरा जानुभयो र रक ब्यान्ड 'लुजा'मा सामेल हुनुभयो। उनले लुजासँग विभिन्न स्थानमा प्रदर्शन गरे तर सन् २००५ मा यो समूह बिघटन भएपछि यो यात्राको अन्त भएको थियो।

एल्बमहरू

  • केटा केटी, सन् २००६
  • हाम्रो देश, सन् २०१०
  • नेपाल, सन् १९९८
  • १३०००, सन् २००१

गीतहरू

क्रस गीत सङ्गीत गीत लेखन विधा ब्यान्ड
१ अधुनिकको आगमनमा रोविन तामाङ रक रोबिन र लुजा
२ सबै बारे रोविन तामाङ रक रोबिन र न्यु रिभोल्युसन
३ बिराताको चिनो रोविन तामाङ रोविन तामाङ रक
४ दम मारो दम रोविन तामाङ रक रोबिन र न्यु रिभोल्युसन
५ फ्री वर्ल्ड रोविन तामाङ रक रोबिन र लुजा
६ म सुन्न सक्छु रोविन तामाङ रक रोबिन र लुजा
७ कल्पना रोविन तामाङ रक रोबिन र न्यु रिभोल्युसन
८ केटा केटी रोविन तामाङ रक रोबिन र न्यु रिभोल्युसन
९ माइला भाइ रोविन तामाङ रक रोबिन र लुजा
१० माया देउ धोका न देउ रमन सिंह

रोविन तामाङ

नवीन के भट्टराई पप
११ मेरो माया रोविन तामाङ रक रोबिन र लुजा
१२ पाटन रोविन तामाङ रक रोबिन र न्यु रिभोल्युसन
१३ स्टारी स्टारी नाइट रोविन तामाङ रक रोबिन र लुजा
१४ ठीकै छ रोविन तामाङ रक रोबिन र लुजा

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q28730247
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ५५/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “रोविन तामाङ”। नेपाली विश्वकोश, ७ नोभेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/रोविन_तामाङ (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/रोविन_तामाङ · अद्यावधिक ७ नोभेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी