महारानी राजेन्द्र राज्य लक्ष्मी (? -सन् १७८५) शाहवंशकी रानी थिईन् जसले ८ वर्षको नायबीकालमा नेपाल एकीकरणको दोस्रो चरणलाई अघि बढाएकी थिईन्। उनी पृथ्वी नारायण शाहका छोरा प्रताप सिंह शाहकी पत्नी थिईन्। २३ वर्षको उमेरमा राजा बनेका प्रताप सिंह शाह त्यसको २५ वर्ष पछि नै दिवंगत भएपछि राजेन्द्र लक्ष्मीले छोरा रणबहादुर शाहको नाममा शासनभार सम्हालेकी थिईन्। यिनलाई "राजमाता राजेन्द्रलक्ष्मी" पनि भनिन्छ।
महारानी राजेन्द्रलक्ष्मी बडो शानसँग शासनको काम गर्दथिन्। यिनका हँसिला मुहार र रसिला वचनका प्रभावले यिनका विरोधी पनि सामुन्नेमा पुगेपछि सच्चा सेवक बन्दथे। तर चञ्चल र शङ्काधारी स्वभाव हुनाले बेमौकामा राज्यका हितैषी भारदारको नाश गरिदिन्थिन्। यस कारणले यिनका शासनकालमा नेपाली राष्ट्रको उन्नतिको वेग रोकिएको थियो। कालीगण्डकीसम्म राज्यविस्तार यिनका शासनकालमा भए तापनि बलभद्र शाह, वंशराज पाँडे र बहादुर शाहका योग्यताले भएको थियो।
बाल्यकाल
राजेन्द्र राज्य लक्ष्मी पाल्पामा जन्मेकी थिईन्।
नायबीकाल
प्रतापसिंह शाहको १९३४ मङ्सिरमा मृत्यु भएपछि राजेन्द्रलक्ष्मी नाबालक राजा रणबहादुर शाहकी नायबका रूपमा रहन लागिन्। सर्वप्रथम उनले आफ्नो हात बलियो पार्न चौतारिया दलमर्दन शाह र बहादुर शाहलाई काठमाडौँ आउन बेतियातिर पत्र लेखेर पठाइन्।
प्रतापसिंह शाहको मृत्यु पछि वज्रनाथ पण्डित राजेन्द्र लक्ष्मीलाई सति पठाएर आफू बालक राजाको नाममा शासन चलाउन चाहन्थे। राजेन्द्र लक्ष्मीले वज्रनाथ पण्डित लाई चारपाटा मुडेर चारभञ्ज्याङ कटाइदिइन्। भारदार परशुराम थापालाई नेलगल्फन्दी हालियो। मैजुकन्यालाई सती पठाइदिइन्। राजेन्द्र राज्य लक्ष्मीले सन् १७७७ मा राजमाताका रूपमा शासनभार सम्हालेकी थिईन् भने सन् १७७८ मा उनलाई बन्दी बनाईएको थियो। १७७९ मा उनलाई रिहा गरिएपछि उनी सन् १७८५ सम्म नेपालकी नायबी शासक रहेकी थिईन्। त्यस समयावधिमा राजेन्द्र राज्य लक्ष्मीको नेतृत्वमा सैनिक अभियान अन्तरगत कास्की, तनहुँ र लमजुङका राज्यहरू नेपाल राज्यमा मिलाईएका थिए।
व्यक्तित्व र मुल्यांकन
राजमाता राजेन्द्र राज्य लक्ष्मीले चौबीसे राज्यको संयुक्त आक्रमणलाई विफल तुल्याउँदै नेपालको सिमाना कालीगण्डकी सम्म पुर्याएकी थिईन्। उनीलाई पृथ्वी नारायण शाहको एकीकरण अभियान अघि बढाउने कुशल प्रशासकका रूपमा हेरिन्छ। उनी घोडा चढेर युद्धको मैदानमा पनि जाने गर्थिन। केही ईतिहासविदले सैनिक अभियानद्वारा विजय अभियान अघि बढाउनु नै उनको जीवनको उद्देश्य रहेको बताउँछन्। तथापी उनको कार्यकालमा समस्याहरू पनि थुप्रै थिए। देवर बहादुर शाहसंगको कलहका कारण उनको दरबार भारदारिया षडयन्त्र र हत्या हिंसाको स्थल पनि बन्न पुगेको थियो।
महारानी राजेन्द्रलक्ष्मी नेपालको इतिहासमा नै सम्भवतः सबैभन्दा शक्तिशाली नारी थिइन्। राजेन्द्रलक्ष्मीलाई नेपालकी प्रथम वीराङ्गना मानिन्छ। बहादुर शाहप्रति उनले गरेको व्यवहारलाई विर्सेर हेर्दा उनलाई दोष दिने ठाउँ देखिन्न। पृथ्वीनारायण शाहको एकीकरण अभियनलाई सफल पार्न उनको पनि अथक योगदान छ। यिनले चौबीसे राज्यहरूलाई गोरखाली शक्तिको पूरा परिचय दिएकी थिइन्। कास्की, लमजुङ र तनहुँ यिनकै पालामा नेपालमा गाभिएका थिए।
मृत्यु
सन् १७८५ (वि.सं. १८४३ श्रावण २) मा क्षयरोगबाट महारानी राजेन्द्र राज्य लक्ष्मीको काठमाडौँको हनुमानढोका दरबारमा मृत्यु भयो। उनको मृत्युपछि शासनको बागडोर दलमर्दन शाहले लिए। तर राजेन्द्रलक्ष्मीको काजकृया गर्नमा बहादुर शाहको मात्र अधिकार छ भनी गजराज मिश्रले आग्रह गर्दा दलमर्दन शाहले बहादुर शाहलाई बोलाए। १२ वर्षका रणबहादुर शाहले काकालाई देखेर छाँद हाल्दा दलमर्दन शाहले शासनको बागडोर उनका हातमा सौपिदिए
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q21069461
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८५/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “रानी राजेन्द्र लक्ष्मी”। नेपाली विश्वकोश, १९ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/रानी_राजेन्द्र_लक्ष्मी (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, September 19). रानी राजेन्द्र लक्ष्मी. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/रानी_राजेन्द्र_लक्ष्मी
“रानी राजेन्द्र लक्ष्मी.” Nepali Encyclopedia, 19 September 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/रानी_राजेन्द्र_लक्ष्मी. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “रानी राजेन्द्र लक्ष्मी.” Nepali Encyclopedia. Last modified September 19, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/रानी_राजेन्द्र_लक्ष्मी.
@misc{nepaliencyclopedia_649,
author = {{Nepali Encyclopedia Editors}},
title = {रानी राजेन्द्र लक्ष्मी},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B0%E0%A4%BE%E0%A4%A8%E0%A5%80_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0_%E0%A4%B2%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%8D%E0%A4%AE%E0%A5%80},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - रानी राजेन्द्र लक्ष्मी T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/09/19 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B0%E0%A4%BE%E0%A4%A8%E0%A5%80_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0_%E0%A4%B2%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%8D%E0%A4%AE%E0%A5%80 Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/रानी_राजेन्द्र_लक्ष्मी · अद्यावधिक १९ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी