नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
इतिहास

तनहुँ राज्य

तनहुँ प्राचिन नेपालको गण्डकी प्रदेशमा पर्ने एक राज्य थियो । यो राज्य चौबीसी राज्य समूहमा पर्ने एक राज्य हो । हाल यस राज्यको केही भूभागलाई तनहुँ जिल्ला बनाइएको छ । तनहुँ जिल्ला गण्डकी अञ्चलमा पर्ने एउटा पहाडी जिल्ला हो । यो राज्य गोरखा राज्य लगायत अन्य चौबिसी राज्य भन्दा निकै शक्तिशाली राज्यको रुपमा चिनिन्थ्यो। तर पनि यहाँको अव्यवस्थित शासन प्रणालीले गर्दा तनहूँको स्वतन्त्र अस्तित्व लोप हुन पुगेको थियो। सन् १५७५ मा मुकुन्द सेनाको साहिंला छोरा भृङ्गी सेनद्वारा स्थापित तनहुँमा सेनावंशीय राजाहरूले सन् १६८३ सम्म लगभग २०७ बर्ष राज्य संचालन गरेका थिए।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ २,१७२ शब्द · १२ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

तनहुँ प्राचिन नेपालको गण्डकी प्रदेशमा पर्ने एक राज्य थियो । यो राज्य चौबीसी राज्य समूहमा पर्ने एक राज्य हो । हाल यस राज्यको केही भूभागलाई तनहुँ जिल्ला बनाइएको छ । तनहुँ जिल्ला गण्डकी अञ्चलमा पर्ने एउटा पहाडी जिल्ला हो । यो राज्य गोरखा राज्य लगायत अन्य चौबिसी राज्य भन्दा निकै शक्तिशाली राज्यको रुपमा चिनिन्थ्यो। तर पनि यहाँको अव्यवस्थित शासन प्रणालीले गर्दा तनहूँको स्वतन्त्र अस्तित्व लोप हुन पुगेको थियो। सन् १५७५ मा मुकुन्द सेनाको साहिंला छोरा भृङ्गी सेनद्वारा स्थापित तनहुँमा सेनावंशीय राजाहरूले सन् १६८३ सम्म लगभग २०७ बर्ष राज्य संचालन गरेका थिए।

स्थापना

पाल्पाली राजा मुकुन्द सेनको मृत्यु पछी उनले संगठित बनाएर राखेको पाल्पा राज्य टुक्रन गएको थियो। र तनहुँ भृङ्गी सेन नाम गरेका उनका छोराको भागमा परेको थियो। मुकुन्द सेन एक धार्मिक प्रवृतिका राजा थिए र यिनले आफ्नो अन्तिम समयमा राजनीतिबाट अलग भएर देवघाटमा धार्मिक जीवन बिताएका थिए. आफू द्वारा विजित पाल्पा राज्य अन्तर्गतका क्षेत्रहरूमा उनले आफ्ना छोराहरूलाई प्रशासक बनाएर पठाएका थिए र उनको मृत्यु भएपछि उनका छोराहरूले नै आफू प्रशासक भएको क्षेत्रलाई छुट्टै राज्यको रुपमा स्थापना गरी आफूलाई राजा बनाए र विशाल पाल्पा राज्य टुक्रिन पुगेको थियो। यसरी पाल्पा राज्य टुक्रेर निर्माण भएको एक राज्य तनहुँ राज्य थियो र ई.सं १५७५ देखि भ्रिंगी सेनले शासन चलाउन सुरु गरे। यसरी बनेको तनहूँ राज्यको क्षेत्र बर्तमान तनहूँ, कास्की, स्याङ्जा र चितवन जिल्लाका केही भागसम्म फैलिएको थियो. यसबाहेक भारतको विहार स्थित राम नगर राज्य पनि तनहूँ कै अधिनामा रहेको थियो।

तनहँ राज्यको इतिहास हेर्दा यो राज्य केवल एउटा राज्यको नाम मात्र रहको पाइदैन। नेपाल एकीकरण हुनु पुर्व चौविसे राज्यहरु मध्ये जमिन, धन र जनशक्तिमा सम्पन्न तनहुँ राज्य वर्तमान तनहुँ र चितवन जिल्लाका अतिरिक्त भारतको विहार राज्यको पश्चिमी चम्पारन जिल्ला अन्तर्गत रामनगर तथा वेतियाको भू-भागसम्म फैलिएको थियो।

बिलय

वि.स १६१० देखि १८३९ सम्मको २३० वर्षे अवधिसम्म पृथक अस्तित्वमा रही पाल्पाली राजा मणिमुकुन्दसेनका वंशज ९ जना सेनवंशी राजाहरु द्वारा शासित तनहुँ श्री ५ रणबहादुर शाह र राजमाता राजेन्द्रलक्ष्मीको शासनकालको एकीकरण अभियानमा नेपाल अधिराज्यमा गाभिन गयो।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q65396248
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६८/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “तनहुँ राज्य।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A4%E0%A4%A8%E0%A4%B9%E0%A5%81%E0%A4%81_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF। हेरिएको: १२ नोभेम्बर २०२६।