वंशराज पाँडे नेपाली सेनाका उच्च पदस्थ अधिकारी र प्रशासकीय अधिकारी (देवानकाजी) हुन् । काजी कालु पांडेका जेठा छोरा हुन्। उनलाई राजा प्रतापसिंह शाहले देवान काजीसाहेब को उपाधि दिएका थिए।
सैन्य अभियान
- मिर कासिम विरुद्धको लडाइँ
- सिन्धुलीको लडाइँ
- भक्तपुरको लडाईं
- चौबीसी राज्यको गठबन्धन विरुद्धको अभियान; यस अभियानको प्रारम्भमा सफलता हात पारे पनि पछी गोरखाली सेनाको हार भयो र पाण्डे युद्ध बन्दि भए
चौबिसे राज्यमाथि आक्रमण
उपत्यकाका तिनैवटा शहरमा अधिकार कायम भएपछि पृथ्वीनारायण शाहले पश्चिममा चौबिस राज्य विजय गर्न वि.स. १८२८ वैशाख २७मा वंशराज पाण्डे र केहरसिंह बस्न्यातको नेतृत्वमा पठाएको फौज र चौविस राज्यका संयुक्त फौजबीच वि.स. १८२८ मा युद्ध भएको थियो।
काजी वंशराज पाँडेको नेतृत्वको नेपाली सेनाले कास्की राज्यको कोत्रे र दुलेगौंडामा अधिकार गर्यो। कास्कीका राजा सिद्धिनारायण शाहको सेनाले भण्डारीढिकमा मोर्चा लिन लगाई पर्वतका राजासँग सहयोग माग्न मानिस दौडाए। तर उनलाई पर्वतबाट सहयोग नमिलेकाले एक्लै लड्नुपर्दा हार हुनगयो।
केहरसिंह बस्न्यात नेतृत्वको सेनालाई तनहुँका राजा हरकुमारदत्त सेनले सैन्य सहयोग पुर्याएका थिए। बि.सं १८२८ जेठमा रिसिङका राजाले नेपालको आश्रय स्वीकार गरी आश्रित सन्धि गरे। तर भीरकोटका राजाले नेपालसँग युद्ध गर्ने भएकाले नेपाली सेनाले किहुँब्कब्जा गरे।ब्गुहाकोटको युद्धमा नेपाली सेना र भीरकोटे सेनाको युद्ध भयो। सो युद्धमा भीरकोटको हार हुँदा त्यहाँका राजा भागी पर्वत राज्यमा शरण लिन गए। नेपाली सेनाको सामु गह्रौँ, सतहुँ, ढोर र पैयूँका राजा पनि टिक्न नसक्ता पर्वत तिरै लागे। गुहाकोटको युद्धमा तनहुँ राज्यका ८०-९० जना सेनाले शत्रुलाई सहयोग गरेको आरोपमा केहरसिंह बस्न्यातले युद्धस्थलमै काट्दा तनहुँका राजा भित्र भित्र नेपालसँग रिसाएका थिए।
वर्षा पूरा हुँदानहुँदै पर्वतका राजा कीर्तिवम मल्लले नेपालका विरुद्ध सैन्यसङ्गठन गरिसकेका थिए। पुगनपुग २००० सिपाही लिएर पर्वतका राजाले नेपाली सेनाउपर बि.सं. १८२८ पौष ५ मा आक्रमण गरे। पर्वत पक्षले ५०० नेपाली सेना सहित काजी केहरसिंह बस्न्यातलाई कटे भने काजी वंशराज पाँडेलाई कैद गरे। १६ घण्टाको अविरल युद्ध हुँदा केहरसिंह बस्न्यातसहित ५०० भन्दा बढी गोर्खालीले वीरगत प्राप्त गर्नुका साथै वंशराज पाण्डे, प्रभु मल्ल जस्ता सेनापतिहरू पनि शत्रुको कब्जामा पर्न गएकाले रणवीर पाँडे र प्रभु मल्लले आफ्ना हातहतियार शत्रुलाई बुझाई बाँकी सैनिक लिई निराश भई पराजित अवस्थामा काठमाडौँ पुगेका थिए। पृथ्वीनारायण शाहले आफ्ना हातहतियार शत्रुपक्षलाई सम्पर्ण गर्नेहरूको जागिर समाप्ति गरी बन्दुक मोल बापत ६० रुपैयाँ लिएका थिए।
प्रसिद्धि
संस्कृत श्लोक:
सुक्षत्रि पाण्डवर वंशोराजोमन्त्रि महीन्द्रस्य च वंशराज । बस्न्यायिता नाहरकेहराद्याः सामाजिकाः क्षेगदितशत्रुमाद्याः।।
पाँडे वंशका उत्तम क्षत्रि[य] महिन्द्र (महान इन्द्र) समान वंशराज [पाँडे] मन्त्री (देवानकाजी/प्रधानमन्त्री) छन् र शत्रुको घमण्ड नाश गर्ने बस्न्यात वंशका (बस्न्यायिता) नाहर [सिंह] र केहर [सिंह], आदि त्यहाँका अग्रजहरू हुन् ।
हत्या
राजेन्द्रलक्ष्मीलाई कास्कीमा अधिकार गर्न हतार लागेका हुनाले त्यहाँ आक्रमण गर्नलाई मुख्य सेनापति बनाउन स्वरुपसिंह कार्कीलाई महोत्तरीबाट काठमाडौं बोलाइन्। केही दिनपछि वंशराज पाँडे पनि काठमाडौंमा आएर त्यस काममा मुख्य सेनापति हुने दावा गरे। यसरी दुई काजीमा हानथाप्पर्दा राजेन्द्र लक्ष्मीले वंशराज पाँडेलाई राजभदनमा नै कैद गरिन्। युद्धको समयमा राजधानीमा नै भारदारहरूका बीचमा कलह चलेका र त्यो कलह सम्हाल्न नसकेकी राजेन्द्रलक्ष्मीले १८४२ बैशाख १२ रातका बीचमा राजभवनकै बगैंचामा वंशराज पाँडेलाई काट्न लगाइन्। राजकुमार बहादुर शाहको समर्थक भएको आरोपमा वंशराज पाँडे काटिए। उनका भाइ दामोदर पाँडे पनि मतिहीन राजा रणबहादुर शाहबाट काटिए।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q27502509
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८५/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “वंशराज पाँडे”। नेपाली विश्वकोश, ३० सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/वंशराज_पाँडे (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, September 30). वंशराज पाँडे. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/वंशराज_पाँडे
“वंशराज पाँडे.” Nepali Encyclopedia, 30 September 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/वंशराज_पाँडे. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “वंशराज पाँडे.” Nepali Encyclopedia. Last modified September 30, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/वंशराज_पाँडे.
@misc{nepaliencyclopedia_586,
author = {{Nepali Encyclopedia Editors}},
title = {वंशराज पाँडे},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B5%E0%A4%82%E0%A4%B6%E0%A4%B0%E0%A4%BE%E0%A4%9C_%E0%A4%AA%E0%A4%BE%E0%A4%81%E0%A4%A1%E0%A5%87},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - वंशराज पाँडे T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/09/30 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B5%E0%A4%82%E0%A4%B6%E0%A4%B0%E0%A4%BE%E0%A4%9C_%E0%A4%AA%E0%A4%BE%E0%A4%81%E0%A4%A1%E0%A5%87 Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/वंशराज_पाँडे · अद्यावधिक ३० सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी
