प्रताप सिंह शाह पृथ्वी नारायण शाहका जेठा छोरा थिए। २७ वर्षको उमेरमा राजा भएका यिनी पनि पिता झैं चरम महत्त्वाकांक्षी र तेजस्वी थिए। अत्यन्तै छोटो शासनकालमा प्रतापसिंह शाहले केही महत्त्वका काम गरेका हुनाले उनको इतिहासमा राम्रै स्थान मिलेको छ। उनले तिब्बत र भारत संगको व्यापार स्थिर गराइदिए। अङ्ग्रेजहरु मैसूर दमन गर्नमा लागेका मौकामा चितवनलाई आफ्नो अधिकारमा लिए। राज्यको उन्नतिमा योगदान दिने हस्तिहरूलाई पुरस्कृत गरी उनीहरूको हौसला बढाए। तर नेपाल दरबारका पाइनदार पुराना प्रशिक्षित भारदारलाई दुर्बल बनाउनमा उनी अगाडि देखिए।
प्रारम्भिक जीवन
युवराज प्रतापसिंह शाहलाई शिक्षादिक्षा दिन भनी श्री ५ पृथ्वीनारायण शाहले पं. वज्रनाथ पौडेललाई काममा खटाएका थिए। पं वज्रनाथ पौडेल एक आज्ञाकारी विद्धान हुनाले युवराज प्रतापसिंहको शाहको रुचि जता लाग्यो उतै ध्यान दिनु राजकाजका गुरुजीका कर्तव्य सम्झन्थे।
राज्यकाल
यिनको समयमा भुवनेश्वर, कविलासी, विजयपुर, तनहुँ , सुमेस्वर जस्ता ठाउँहरू नेपाल राष्ट्रमा गाभिएका थिए । वि.सं. १८३२ मा नेपाल-तिब्बत व्यापारमा वृद्धि गरे । २ वर्ष १० महिना करिब ३ वर्षको छोटो शासन अवधि बित्न नपाउँदै यिनको देहान्त भयो । यिनले सोच-विचार नै नगरी गद्दी ताक्ने आरोपमा भाइ बहादुर शाह र काका दलमर्दन शाहलाई नजरबन्द राखे । बहादुर शाहलाई विश्वास गर्न नसक्नु यिनको ठूलो भूल थियो । पृथ्वी नारायण शाहको देहान्तपछि नेपालका राजा भएका थिए तर दुई वर्ष तीन महिनामा नै यिनको देहान्त भएपछि यिनका छोरा रण बहादुर शाहलाई राजा बनाई रानी राजेन्द्र लक्ष्मी र राजकुमार बहादुर शाहले नायब भई राज्य सञ्चालन गरेका थिए।
मृत्यु
उनको रक्तस्रावले गर्दा १८३४ मङ्सिर महिनामा मृत्यु भयो। उनको लास सँगै आठओटी केटीहरू सती गए। प्रतापसिंह शाहको क्रियाकाज दलजित शाहले गरे, गर्नुपर्ने बहादुर शाहले थियो, तर पाएनन् ।
सन्तानहरू
| नाम | जन्म | विवाह | मृत्यु | बच्चाहरु |
|---|---|---|---|---|
| युवराजाधिराज रणबहादुर | १३ जेठ १८३२ | राज राजेश्वरी सुवर्णप्रभा देवी कान्तिमतिका देवी ललित त्रिपुरा सुन्दरी (अरु थप पनि छन्) |
१४ बैशाख १८६३ | युवराजाधिराज गीर्वाणयुद्ध
(अरु थप पनि छन्) |
| अधिराजकुमार विदुरबहादुर | १४ वैशाख १८६३ | |||
| अधिराजकुमार शेरबहादुर | १४ वैशाख १८६३ | |||
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q2482931
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८७/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “प्रतापसिंह शाह”। नेपाली विश्वकोश, १९ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/प्रतापसिंह_शाह (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, September 19). प्रतापसिंह शाह. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/प्रतापसिंह_शाह
“प्रतापसिंह शाह.” Nepali Encyclopedia, 19 September 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/प्रतापसिंह_शाह. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “प्रतापसिंह शाह.” Nepali Encyclopedia. Last modified September 19, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/प्रतापसिंह_शाह.
@misc{nepaliencyclopedia_631,
author = {{Nepali Encyclopedia Editors}},
title = {प्रतापसिंह शाह},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BE%E0%A4%AA%E0%A4%B8%E0%A4%BF%E0%A4%82%E0%A4%B9_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - प्रतापसिंह शाह T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/09/19 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BE%E0%A4%AA%E0%A4%B8%E0%A4%BF%E0%A4%82%E0%A4%B9_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9 Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/प्रतापसिंह_शाह · अद्यावधिक १९ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी