नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

हरिप्रसाद रिमाल

सङ्गीतनाट्य शिरोभूषण हरिप्रसाद रिमाल (वि.सं. १९८२ साल असोज ५ गते - वि.सं. २०७५ साल भाद्र १५ गते) एक नेपाली अभिनेता, गायक र चलचित्र निर्देशक थिए । रेडियो नेपालको पहिलो गायकका रूपमा चिनिने रिमालले नेपालको पहिलो चलचित्र आमाबाट अभिनय सुरु गरेका थिए ।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ २०८ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

सङ्गीतनाट्य शिरोभूषण हरिप्रसाद रिमाल (वि.सं. १९८२ साल असोज ५ गते - वि.सं. २०७५ साल भाद्र १५ गते) एक नेपाली अभिनेता, गायक र चलचित्र निर्देशक थिए । रेडियो नेपालको पहिलो गायकका रूपमा चिनिने रिमालले नेपालको पहिलो चलचित्र आमाबाट अभिनय सुरु गरेका थिए ।

वि.सं. २००७ साल चैत २० गते सालमा "मेरो दिल टुक्रा बनेर एक दिन, आँखाको बाटो भएर बहनेछ" बोलको शङ्कर लामिछानेका शब्दमा हरिप्रसाद रिमालकै स्वर र सङ्गीतमा रिमालले हार्मोनियम बजाएर गीत गएका हुनाले उनलाई रेडियो नेपालको प्रथम गायकका रूपमा दर्ता गरिएको छ । आमा चलचित्रबाट अभिनय सुरु गरेका रिमालले मनको बाँध, परिवर्तन, के घर के डेरा, सन्तान लगायतका चलचित्रमा अभिनय गरेका थिए ।

व्यक्तिगत जीवन

रिमालको जन्म वि.सं. १९८२ साल असोज ५ गते घनश्याम रिमाल र मोहन कुमारी रिमालको तेस्रो सन्तानको रूपमा ललितपुरको लगनटोलमा भएको थियो । उनका पिता गायनका लागि परिचित थिए भने उनका दाइहरू कवि थिए । श्वासनलीको सङ्क्रमणले ग्रस्त रिमालको वि.सं. २०७५ साल भाद्र १५ गते ९२ वर्षको उमेरमा बानेश्वर, काठमाडौँमा मृत्यु भयो ।

अभिनय

वर्ष शीर्षक टिप्पणी
वि.सं. २०२१ आमा प्रथम नेपाली चलचित्र र रिमालको प्रथम चरित्र अभिनय
वि.सं. २०२८ परिवर्तन
वि.सं. २०३७ सिन्दूर
वि.सं. २०४२ के घर के डेरा
वि.सं. २०४४ सन्तान
वि.सं. २०४७ पिरती
वि.सं. २०५० चोखो माया
वि.सं. २०५१ ज्वाला
वि.सं. २०५५ मनको बाँध

सम्मान

  • भक्त राज आचार्य सङ्गीत प्रतिष्ठान

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q19715184
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६२/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “हरिप्रसाद रिमाल।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B9%E0%A4%B0%E0%A4%BF%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B8%E0%A4%BE%E0%A4%A6_%E0%A4%B0%E0%A4%BF%E0%A4%AE%E0%A4%BE%E0%A4%B2। हेरिएको: १२ नोभेम्बर २०२६।