नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
अर्थतन्त्र र उद्योग

नेपाल आयल निगम लिमिटेड

नेपाल आयल निगम लिमिटेड देशमा पेट्रोलियम पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्ने कार्य गर्ने नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपालको सरकारी संस्थान हो। नेपालमा नेपाल आयल निगम बाहेक अन्य कुनै निजी वा कम्पनीहरूलाई पेट्रोल र डिजेल आयात गर्न अनुमति छैन। नेपाल आयल निगमको स्थापना बि.सं २०२७ मा कम्पनी ऐन २०२१ बमोजिम भएको थियो। सरकारसंग यसको ९९.४६% हिस्सा स्वामित्व छ भएन बाँकी हिस्सा राष्ट्रिय बीमा संस्थान, नेसनल ट्रेडिङ लिमिटेड नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकसंग छ । नेपाल आयल निगमको केन्द्रीय कार्यालय काठमाण्डौकाे बबरमहलमा रहेको छ भने क्षेत्रीय तथा शाखा कार्यालयहरु पाँचै विकास क

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ २०२ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

नेपाल आयल निगम लिमिटेड देशमा पेट्रोलियम पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्ने कार्य गर्ने नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपालको सरकारी संस्थान हो। नेपालमा नेपाल आयल निगम बाहेक अन्य कुनै निजी वा कम्पनीहरूलाई पेट्रोल र डिजेल आयात गर्न अनुमति छैन। नेपाल आयल निगमको स्थापना बि.सं २०२७ मा कम्पनी ऐन २०२१ बमोजिम भएको थियो। सरकारसंग यसको ९९.४६% हिस्सा स्वामित्व छ भएन बाँकी हिस्सा राष्ट्रिय बीमा संस्थान, नेसनल ट्रेडिङ लिमिटेड नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकसंग छ । नेपाल आयल निगमको केन्द्रीय कार्यालय काठमाण्डौकाे बबरमहलमा रहेको छ भने क्षेत्रीय तथा शाखा कार्यालयहरु पाँचै विकास क्षेत्रमा रहेका छन् । ६८,३८४ किलो लिटर कार्यगत भण्डारण क्षमताका प्राधिकरण उर्जा डिपो रहेको निगममा हाल लगभग ६०० कर्मचारीहरु कार्यरत छन् ।

मोतिहारी-अमलेखगञ्ज पाइपलाइन

धर्मेन्द्र प्रधान र नेपालका आपूर्ति मन्त्री श्री दीपक बोहराको उपस्थितिमा नयाँ दिल्लीमा इन्डियन आयल कर्पोरेशन र नेपाल आयल कर्पोरेशन  बीच पेट्रोलियम पदार्थ आपूर्तिको लागि सम्झौता पत्रमा हस्ताक्षर गर्दै ।
धर्मेन्द्र प्रधान र नेपालका आपूर्ति मन्त्री श्री दीपक बोहराको उपस्थितिमा नयाँ दिल्लीमा इन्डियन आयल कर्पोरेशन र नेपाल आयल कर्पोरेशन बीच पेट्रोलियम पदार्थ आपूर्तिको लागि सम्झौता पत्रमा हस्ताक्षर गर्दै ।

मोतिहारी-अमलेखगञ्ज पाइपलाइन नेपालको अमलेखगञ्ज तेल डिपो र भारतको मोतिहारी बिचको ६९ किलोमिटर लामो सीमापार (ट्रान्स बोर्डर) पेट्रोलियम पाइपलाइन हो । यो पाइपलाइनले इण्डियन आयल कर्पोरेशन लिमिटेड (IOC) आयल निगम (NOC) मा पेट्रोलियम ढुवानी गर्दछ। यो भारतीय उपमहाद्वीपमा बनेको पहिलोपटक अन्तर देशीय (ट्रान्स-नेशनल) पाइपलाइन पनि हो। यसको वार्षिक क्षमता २० लाख मेट्रिक टन छ।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q6994376
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ९६/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “नेपाल आयल निगम लिमिटेड”। नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/नेपाल_आयल_निगम_लिमिटेड (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/नेपाल_आयल_निगम_लिमिटेड · अद्यावधिक २६ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी