
हनुमान ढोका वा वसन्तपुर दरवार वसन्तपुर दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक दरबार हो। यो दरबार लगायत यस क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन तथा मन्दिरहरू राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। त्यस क्षेत्रमा अन्य महत्त्वपूर्ण स्मारकहरू हुन् तलेजु मन्दिर,जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डप।
हनुमानढोका क्षेत्रमा राजदरबार , मन्दिर, जलस्रोत, बगैंचा आदि पूर्ण वा खुला ठाउँले घेरिएको उत्कृष्ट आंगन भएका विविध स्मारकहरू छन्। क्षेत्रमा प्यागोडा, शिखर र डोम वास्तुकला शैलीका धेरै मन्दिरहरू छन् । यो दरबार मूर्त र अमूर्त सांस्कृतिक विविधतामा धनी छ र यसको उत्कृष्ट ऐतिहासिक, पुरातात्विक र धार्मिक मूल्य छ। तसर्थ, यो सन् १९७९ मा युनेस्को विश्व सांस्कृतिक सम्पदा स्थलको रूपमा सूचीकृत भएको थियो। अद्वितीय चाडपर्व, अनुष्ठान, मूर्तिकला, चोक, मन्दिर आदि देशको जीवित संस्कृति र राष्ट्रिय गौरवका पक्ष हुन्। सन् १६७२ मा गहिरो कलाप्रेमी प्रताप मल्लले मुख्य प्रवेशद्वार अगाडि हनुमानको प्रतिमा स्थापना गर्दा दरबारको नाम हनुमानढोका राखिएको थियो।
हनुमान ढोका दरवारमा भएका चोकहरु मोहन चोक, सुन्दर चोक(रानीका लागि), नासल चोक (सवभन्दा ठूलो), मूल चोक, त्रिशूल चोक, दशै चोक, लोह चोक, दाख चोक, मसान चोक, न्हुल्क्षे चोक र वायु चोक ।
मल्लराजाहरू आफूलाई रामचन्द्रका वंशज हौं भन्ने कुरामा गर्व गर्दथे । यस कारण तिनीहरू रामचन्द्रका परम अनुयायी हनुमान्का भक्त थिए । हनुमान्को सेवाले लडाईंमा विजय प्राप्त हुन्छ र आफ्नो वासस्थान सुरक्षित रहन्छ भन्ने कुरामा उनीहरूको विश्वास थियो । यसैले उपत्यकाका तीनै मल्लदरवारमा हनुमानका मूर्ति स्थापना गरिएका छन् । काठमाडौंको राजदरवारको प्राङ्गणमा रहेका दुइटा हनुमान्चाहि राजा प्रतापमल्लले वि. सं. १७२६ वैशाखमा स्थापना गरेका थिए । तिनमा पहिलो ठूलो घण्टाको अगाडि राखिएको छ; दोस्रो त्योभन्दा ठूलो दरवारको मूलढोकामा रहेको छ । यिनै हनुमान्को नाउँमा काठमाडौंको राजदरवार प्रसिद्ध छ । राजा प्रतापमल्लले हनूमान्को यो मूर्ति स्थापना गरेका थिए । ठूलो घण्टाको सामुन्ने योभन्दा सानो अर्को हनुमान्को मूर्ति छ । त्यो पनि राजा प्रतापमल्लकै कृति हो । यी दुइटै हनुमान्को पीठमा एउटै बेहोराको अभिलेख कुँदिएको छ। ती अभिलेख अनुसार वि. सं. १७२६ मा हनुमान्का ती दुइ मूर्ति स्थापना गरिएका थिए ।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q12947124
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८७/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “हनुमान ढोका।” नेपाली विश्वकोश, १० नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B9%E0%A4%A8%E0%A5%81%E0%A4%AE%E0%A4%BE%E0%A4%A8_%E0%A4%A2%E0%A5%8B%E0%A4%95%E0%A4%BE। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). हनुमान ढोका. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B9%E0%A4%A8%E0%A5%81%E0%A4%AE%E0%A4%BE%E0%A4%A8_%E0%A4%A2%E0%A5%8B%E0%A4%95%E0%A4%BE
@misc{ne_442,
title = {हनुमान ढोका},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B9%E0%A4%A8%E0%A5%81%E0%A4%AE%E0%A4%BE%E0%A4%A8_%E0%A4%A2%E0%A5%8B%E0%A4%95%E0%A4%BE}},
year = {2026},
note = {Accessed 2026-11-12}
}