नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
कला र संस्कृति

काष्ठमण्डप

काष्ठमण्डप (नेवारी: मरु सत; शाब्दिक अर्थ "काठले ढाकिएको आश्रय") एक तीन-तले सार्वजनिक आश्रय थियो जसमा वसन्तपुर दरबार क्षेत्र, नेपाल स्थित गोरक्षनाथको लागि पवित्र मन्दिर समावेश थियो। हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिरहरू राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। लक्ष्मीनरसिंह मल्लले काष्ठमण्डपको निर्माण गर्न लगाएका हुन भन्ने उल्लेख भएको पाइन्छ भने बिषेत नाम गरेका ब्याक्तिले निर्माण गरेको लेख भेटिन्छ। अस्तित्व रहेको स्पष्ट हुन्छ।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ १९८ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

काष्ठमण्डप (नेवारी: मरु सत; शाब्दिक अर्थ "काठले ढाकिएको आश्रय") एक तीन-तले सार्वजनिक आश्रय थियो जसमा वसन्तपुर दरबार क्षेत्र, नेपाल स्थित गोरक्षनाथको लागि पवित्र मन्दिर समावेश थियो। हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिरहरू राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। लक्ष्मीनरसिंह मल्लले काष्ठमण्डपको निर्माण गर्न लगाएका हुन भन्ने उल्लेख भएको पाइन्छ भने बिषेत नाम गरेका ब्याक्तिले निर्माण गरेको लेख भेटिन्छ। अस्तित्व रहेको स्पष्ट हुन्छ।

नामकरण

काष्ठमण्डप शब्द संस्कृत भाषाबाट आएको हो जसको अर्थ काठको मण्डप हो। काष्ठमण्डप शब्दको सबैभन्दा पुरानो लिखित उल्लेख विक्रम संवत् १२ औं शताब्दीमा लिखित "नामसङ्गीति" ग्रन्थमा फेला पार्न सकिन्छ। काष्ठमण्डपको लागि नेवारी भाषाको शब्द "मरु सत" हो जसको अर्थ काठले ढाकिएको आश्रय हो। २०औँ शताब्दीको अन्तमा लेखिएका पुरानो पाण्डुलिपिहरूको पुष्पिका नेपाल मण्डलमा काठमाडौँलाई काष्ठमण्डप महानगर भनेर सम्बोधन गरिएको छ।

महानगरको अर्थ 'महान सहर' हुने गर्छ। यो सहरलाई हालसम्म पनि बौद्ध भिक्षु तथा पुजारीहरूले काष्ठमण्डप नै भन्ने गरेका छन्। यसैकारण काठमाडौँलाई काष्ठमण्डप पनि भन्ने गरिन्छ। मध्ययुगमा यो सहरलाई 'कान्तिपुर' पनि भनिन्थ्यो। यो नाम दुई संस्कृत शब्द 'कान्ति' र 'पुर' बाट आएको हो। कान्ति शब्दको अर्थ 'सौन्दर्य' हुन्छ र प्रायः प्रकाशसँग सम्बन्धित छ तथा पुरको अर्थ 'ठाउँ' हुन्छ यसैले यो सहरले 'प्रकाशको सहर' भन्ने अर्थ दिन्छ।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q6374805
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८२/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “काष्ठमण्डप”। नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/काष्ठमण्डप (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/काष्ठमण्डप · अद्यावधिक २६ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी