नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
धर्म र दर्शन

मौलाकालिका मन्दिर

मौलाकालिका मन्दिर एक प्रसिद्ध माता कालिकाको हिन्दु मन्दिर हो जुन नेपालको नवलपरासी जिल्लाको गैंडाकोटमा अवस्थित छ। यो मन्दिर १ हजार ८ सय ८२ खुड्किला चढेर पुग्न सकिन्छ।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ ३९५ शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

मौलाकालिका मन्दिर एक प्रसिद्ध माता कालिकाको हिन्दु मन्दिर हो जुन नेपालको नवलपरासी जिल्लाको गैंडाकोटमा अवस्थित छ। यो मन्दिर १ हजार ८ सय ८२ खुड्किला चढेर पुग्न सकिन्छ।

अवस्थिति

यो मन्दिर नवलपरासी जिल्ला, गैंडाकोट नगरपालिका अन्तर्गत, पूर्व पश्चिम महेन्द्र राजमार्गको नारायणी–पुलबाट उत्तर तर्फ करिब ४ कि.मि. टाडा समुद्र सतह देखि ५६१ मिटर उचाई[स्रोत नखुलेको] पहाडी बनको धुरीमा मौलाकालिका भगवतीको मन्दिर अवस्थित रहेको छ ।

इतिहास

ऐतिहासिक रूपमा, यो भनिएको छ कि १६ औँ शताब्दीमा पाल्पा राजाले देवी कलिकाको नाममा "प्रतीक" को प्रतीकात्मक प्रस्तुति स्थल सिर्जना गरे पछि पर्वत (मौला पहाड) को नाम राखियको थियो । यो मानिन्छ, हिन्दू पौराणिक कथाअनुसार देवी काली वा कलिका माईलाई ऊर्जा, शक्ति र नयाँ शुरुवात को प्रतीक मानिन्छ । मन्दिरलाई स्थानीय स्थानबाट धेरै पटक पुनःस्थापित गरिएको छ । थप आगन्तुकहरू समायोजन गर्न आधार क्षेत्र विस्तार गरिएको छ । मन्दिर व्यवस्थापन समितिले हालै जनावरहरूको बलिदान रोक लगाएको छ ।

लोकप्रियता

मौलाकालिका मन्दिर लोकप्रिय हुनु भन्दा अगाडि गैंडाकोटका स्थानीय मानिसहरूले मौलाकालिका मन्दिरको धेरै दशक देखिनै पुजा गर्दै आएका थिए । हाल अवस्थित मन्दिर १९९० को दशकमा मात्र बनेको थियो ।[स्रोत नखुलेको]

मौलाकलिका मन्दिरमा हरेक वर्ष नेपाल र छिमेकी मुलुकबाट हजारौं धार्मिक आस्था राख्ने मानिसहरू पुजा गर्न आउने गरेका छन् ।

नेपालका पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व राजा / राजकुमार र नेपालका अर्थमन्त्री रामशरण महत सहित उच्च श्रेणीका सरकारी अधिकारीहरूले मन्दिर भ्रमण गरेका छन् ।[स्रोत नखुलेको] भारतका योगगुरु बाबा रामदेबले पनि मन्दिरको २०११ मा भ्रमण गरिसकेका छन्।[स्रोत नखुलेको] नेपालका पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी २० अप्रिल २०१६ मा मन्दिरको भ्रमण गर्नुभयो र मन्दिरहरूको आवासीय सुविधाको उद्घाटन गर्नु भएको थियो।[स्रोत नखुलेको]

पैदल यात्रा

गैंडाकोट, नारायणगढ, भरतपुर र चितवन नजिकैका नियमित पर्यटकहरु यस स्थानमा चिसो बतासको महसुस, जंगलको विस्तृत मनोरम दृश्यहरुको अवलोकन गर्न यहाँ आउने गर्दछन् । सहासिक र रोमाञ्चक यात्राको अनुभव गर्न धर्मावलम्बीहरु २००० मिटर लामो सिढि चढेर पर्यटकहरु मन्दिरमा पुगेर पुजा अर्चन गर्दछन् ।

टेलिफोन सुबिधा

नेपाल टेलिकमले मौलाकालिका मन्दिरमा ताररहित ट्रान्सीवर टावर स्थापना गरेको छ । यस क्षेत्रमा जीएसएम र ३ जी कनेक्टिविटीको उपलब्धता रहेको छ।

पानी र विद्युतको सुबिधा

एक स्वचालित हाइड्रोलिक दबाव लगातार मन्दिरसम्म पानी पम्प गर्दछ । उपकरण उत्तरी ढलानमा ५०० मीटर तल सुचारु गरिएको छ । पानी आपूर्ति निरन्तर रूपमा भैरहेको छ ।

यहाँ पोल आधारित विद्युतीय प्रणाली जडान गरिएको छ ।

यातायात

मौलाकालीका मन्दिरको उकालो मा भएको कारण मुख्य मन्दिरमा पुग्न कुनै पनि यातायातको सुबिधा छैन र मन्दिर पुग्न सबै धर्मावलम्बीहरूले पौदल यात्रा गर्नु पर्ने हुन्छ ।

चित्र दिर्धा

मौलाकालिका मन्दिर पदमार्गमा रहेका ढुङ्गामा कुदिएको कला

सन्दर्भ सामाग्री

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q6792424
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ९९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “मौलाकालिका मन्दिर”। नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/मौलाकालिका_मन्दिर (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/मौलाकालिका_मन्दिर · अद्यावधिक २६ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी