मनोज गजुरेल नेपाली हास्यव्यङ्ग्य कलाकार, अभिनेता, मोडल, गायक तथा हास्यव्यङ्ग्य कार्यक्रमका निर्णायक हुन्। उनले आफ्नो प्रस्तुतिमा पात्रको स्वर मात्र नक्कल नगरी पात्रको लगाइ, हिँडाइ, बोलाइ हाउभाउका साथै शारीरिक वनावटको समेत नक्कल गर्छन्। पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विश्व स्वास्थ्य सङ्गठनको महा-निर्देशक टेड्रोस एड्हानोम गेहब्रेयसस, देखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मको नक्कल गर्दै उनले नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय जगतमा समेत वाहावाही पाएका छन्। अमेरिकी अनलाइन सिबिएस न्युजले उनलाई विश्वका १८ ट्रम्प प्रतिरूपणकर्ता हास्य कलाकारको सूचीमा राखेको छ। यसै कारण उनलाई समग्रमा बौद्धिक हास्यकलाकारको रूपमा चिनिन्छ। उनको व्यङ्ग्यको तारो मुख्यतः सामाजिक तथा राजनैतिक बेथिति, कुरीति, कुसंस्कार, कुप्रथा आदि नै हुन्। उनी राजनीतिलाई विश्लेषणात्मक तरिकाले नकारात्मक पाटोलाई व्यङ्ग्य प्रहार गर्छन् भने सकारात्मक पाटोलाई उजागर गर्दै सही बाटोमा लाग्न उत्प्रेरित गर्छन्।
विद्यार्थी राजनीतिबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकामनोजले पत्रकारिता विषयमा स्नातक तह उत्तीर्ण गरेका छन्। उनी सिस्नुपानी नेपाल नामक संस्थाका उपाध्यक्ष, गजुरियल गार्डेन प्रा.लि. का अध्यक्ष, गजुरियल डटकमका सम्पादक तथा माइडियर इभेन्ट्स एन्ड क्रिएसनका निर्देशक हुन्। मूल्याङ्कन मासिकसँग आवद्ध पत्रकार गजुरेल वि.सं. २०५२ देखि इन्सेकसँग संबद्ध रहेर मानव अधिकारको क्षेत्रमा पनि संलग्न छन्। उनले नेपालमा पहिलोपटक भएको हास्य प्रतिभा कार्यक्रम कमेडी च्याम्पियनमा निर्णायकको भूमिका निर्वाह गरेका थिए।
चलचित्र यात्रा
प्रयत्क्ष हास्यव्यङ्ग्यमा रमाइरहेका मनोज गजुरेल 'सयकडा दश' चलचित्र मार्फत् नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेका थिए। भ्रष्ट्राचारले प्रेम परिवार र समाजमा पारेको प्रभावका बारेमा बनेको चलचित्र सयकडा दश चलचित्रको उनी प्रमुख पात्र मध्ये एक हुन्। यस्तै उनी मह सञ्चारद्वारा निर्मित चलचित्र दालभात तरकारीमा पनि अतिथि भूमिका निर्वाह गरेका थिए।
संलग्नता
- उपाध्यक्ष – सिस्नुपानी नेपाल
- सम्पादक – गजुरियल गार्डेन प्रा.लि.
- सम्पादक – गजुरियल डटकम
- इन्सेक
पुरस्कार तथा सम्मान
- भैरव अर्याल स्मृति पुरस्कार - २०७२
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q19682234
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ९५/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “मनोज गजुरेल।” नेपाली विश्वकोश, १४ अगस्ट २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AE%E0%A4%A8%E0%A5%8B%E0%A4%9C_%E0%A4%97%E0%A4%9C%E0%A5%81%E0%A4%B0%E0%A5%87%E0%A4%B2। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). मनोज गजुरेल. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AE%E0%A4%A8%E0%A5%8B%E0%A4%9C_%E0%A4%97%E0%A4%9C%E0%A5%81%E0%A4%B0%E0%A5%87%E0%A4%B2
@misc{ne_652,
title = {मनोज गजुरेल},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AE%E0%A4%A8%E0%A5%8B%E0%A4%9C_%E0%A4%97%E0%A4%9C%E0%A5%81%E0%A4%B0%E0%A5%87%E0%A4%B2}},
year = {2026},
note = {Accessed 2026-11-12}
}