पञ्चायती व्यवस्था (पुष १२,२०१७-चैत्र २०४६) नेपालमा ३० वर्ष सम्म कायम भएको एउटा माैलिक राजनीतिक व्यवस्था थियो। बहुदलीय संसदीय व्यवस्था नेपालमा अफाप सिद्ध भएको भन्दै एक घोषणा मार्फत निर्वाचित संसद र विश्वेश्वर प्रसाद कोइरालाको मन्त्रीमण्डल बिघटन गरेपछि २०१७ सालमा पञ्चायती व्यवस्था सुरू गरिएको थियो। यो एकदलीय व्यवस्था थियो।
१९५९मा राजा महेन्द्रले लोकतान्त्रिक अभ्यास अन्त्य गरी "निर्दलिय" पञ्चायत व्यवस्था लागु गरी राज्य गरे। नेपालको संविधान २०१९ जारी गरियो जसले निर्दलीय पञ्चायती व्यवस्थाको जग झन् मजबुत तुल्यायो। २०४६ को "जनआन्दोलन"ले राजतन्त्रलाई संबैधानिक सुधार गर्न र बहुदलिय संसद बनाउन बाध्य तुल्यायो फलत नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य भै बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भयो।
पञ्चायती व्यवस्थाका मुख्य घटनाहरू
पञ्चायती व्यवस्था लागू भैसकेपछि त्यसको जग मजबुत बनाउनका लागि राज्यका तर्फबाट विभिन्न कार्यक्रमहरू ल्याइएको थियो। त्यसैगरी पञ्चायती व्यवस्था हटाउनका लागि विभिन्न राजनीतिक पार्टीहरूबाट शसस्त्र तथा शान्तिपूर्ण आन्दोलनहरू पनि भैरहे।
- शाही घोषणाबाट निर्वाचित सरकार तथा संसद विघटन गरी निर्दलीय पञ्चायती व्यवस्थाको घोषणा। दलमाथि प्रतिबन्ध, मुख्य राजनीतिक दलका प्रमुख नेताहरूलाई जेल हालियो - २०१७ पुष १
- राजा महेन्द्रको अध्यक्षतामा मन्त्रीमण्डल गठन २०१७ पुष १२
- नेपाली कांग्रेसको शसस्त्र विद्रोह २०१८
- महेन्द्र राजमार्ग निर्माण (सुरू २०१८ माघ उद्घाटन २०२२)
- नेपाल अधिराज्यको संविधान २०१९ लागू - २०१९ पुष १
- भूमिसुधार व्यवस्था लागू - २०२१
- नयाँ मुलुकी ऐन लागू -२०२० भाद्र ९
- गाउँ फर्क राष्ट्रिय अभियान - २०२४ पुष १
- बीपी लगायत केही राजनीतिक बन्दीहरू रिहा - २०२४
- जनकपुर बम काण्ड - २०१८ माघ ९
- राजा महेन्द्रको निधन र बीरेन्द्रको राज्यारोहण - २०२८ माघ १७
- झापामा कम्युनिष्ट सशस्त्र बिद्रोह - २०२८/२९
- नेपाल शान्तिक्षेत्रको प्रस्ताव - २०३१ फाल्गुन १३
- निर्वासित प्रधानमन्त्री बीपी कोइराला मेलमिलापको नीति लिएर नेपाल फर्के - २०३३
- जनमत सङ्ग्रह - २०३७ जेठ १०
- कांग्रेस द्वारा सत्याग्रह - २०४२
- सिंहदरवार बम काण्ड - २०४२
- भारत द्वारा नाकाबन्दी - २०४५/४६
- संयुक्त जनआन्दोलन - २०४६
- बहुदलीय व्यवस्थाको घोषणा - २०४६ चैत्र २६
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q7130299
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६३/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “पञ्चायती व्यवस्था”। नेपाली विश्वकोश, १७ अगस्ट २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/पञ्चायती_व्यवस्था (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, August 17). पञ्चायती व्यवस्था. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/पञ्चायती_व्यवस्था
“पञ्चायती व्यवस्था.” Nepali Encyclopedia, 17 August 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/पञ्चायती_व्यवस्था. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “पञ्चायती व्यवस्था.” Nepali Encyclopedia. Last modified August 17, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/पञ्चायती_व्यवस्था.
@misc{nepaliencyclopedia_789,
author = {{Nepali Encyclopedia Editors}},
title = {पञ्चायती व्यवस्था},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A4%9E%E0%A5%8D%E0%A4%9A%E0%A4%BE%E0%A4%AF%E0%A4%A4%E0%A5%80_%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%B5%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - पञ्चायती व्यवस्था T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/08/17 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A4%9E%E0%A5%8D%E0%A4%9A%E0%A4%BE%E0%A4%AF%E0%A4%A4%E0%A5%80_%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%B5%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/पञ्चायती_व्यवस्था · अद्यावधिक १७ अगस्ट २०२६ · समीक्षा: समीक्षा बाँकी