नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
समाज र जीवनशैली

नेपालमा वेश्यावृत्ति

नेपालमा वेश्यावृत्ति गैरकानूनी छ। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले वेश्यावृत्ति र वेश्यावृत्तिबाट हुने कमाईलाई मानव बेचबिखनको परिभाषामा समावेश गरेर अपराधीकरण गर्दछ। एचआइभी/एड्स सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यक्रमको अनुमान अनुसार देशमा ६७,३०० वेश्याहरू छन्।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ ३६९ शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

नेपालमा वेश्यावृत्ति गैरकानूनी छ। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले वेश्यावृत्ति र वेश्यावृत्तिबाट हुने कमाईलाई मानव बेचबिखनको परिभाषामा समावेश गरेर अपराधीकरण गर्दछ। एचआइभी/एड्स सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यक्रमको अनुमान अनुसार देशमा ६७,३०० वेश्याहरू छन्।

सरकारी नीति

नेपालमा यौन कार्यलाई विशेष रूपमा अपराधीकरण गर्ने कुनै कानून नभए पनि, सन् १९८० को दशकभरि लागू गरिएका केही कानूनहरू छन् जसले नेपाल भित्र र बाहिर बेचबिखनलाई अपराध मान्दछ। यीमध्ये धेरै कानूनहरू कहिलेकाहीँ वेश्यावृत्तिमा संलग्न यौनकर्मीहरूलाई आरोप लगाउनको लागि पनि व्याख्या गरिन्छ, जुन यौनजन्य तस्करी र कामको बीचको भिन्नताको बुझाईबाट आउँछ। यौन कार्य भन्नाले संसारभरिका वैध र अवैध यौन उद्योगका सबै पक्षहरूलाई जनाउन प्रयोग हुने शब्द हो। शारीरिक र मौखिक रूपहरू सहित यौन कार्यका विभिन्न रूपहरू छन्। यो भिन्नताहरू वास्तविक रूपमा अस्पष्ट छ। यसरी, बेचबिखन विरुद्ध नेपाल भित्र बनाइएका धेरै नीति र कानुनहरू यौन कार्यमा लागू गर्न नहुने तर्क गर्दछन्। वास्तवमा दासत्व रोक्नको लागि प्रयास गरिरहेका अधिकारिक निकाय र कानुनहरू यौन कार्य गर्नेहरू, ग्राहकहरू र यौन उद्योगमा संलग्न अन्यलाई गलत रूपमा लागू गरिन्छ।

वि.सं २०४२ मा, नेपालमा मानव बेचबिखन ऐन पारित भएको थियो र यसको उद्देश्य वेश्यावृत्तिको रूपमा हुने बेचबिखन रोक्नु थियो। यद्यपि, यो ऐन, धेरै अन्य ऐनहरू जस्तै, अप्रभावी सावित हुन पुगेको छ। मुख्यतया यो ऐनको उद्देश्य "मानव बेचबिखन गतिविधिहरूलाई रोक्नुको सट्टा वेश्यावृत्तिलाई अपराधीकरण गर्नु हो।

वि.सं २०६४ मा, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनले वेश्यावृत्ति र वेश्यावृत्तिबाट हुने कमाईलाई मानव बेचबिखनको परिभाषामा समावेश गरेर अपराधीकरण गरेको थियो।

यौन तस्करी

नेपाल यौन बेचबिखनको शिकार हुने महिला र बालबालिकाको स्रोत, ओसारपसार तथा गन्तव्य देश हो। नेपाली महिला र बालिकाहरू नेपाल, भारत, मध्य पूर्व, एसिया र उप-सहारा अफ्रिकामा यौन बेचबिखनको शिकार हुन्छन्। दर्ता नभएका आप्रवासीहरू, जसमा भारत हुँदै यात्रा गर्ने वा दलालहरूमा भर पर्ने ठूलो सङ्ख्यामा नेपालीहरू पनि छन् जो यौन बेचबिखनको जोखिममा छन्। बङ्गलादेश, श्रीलङ्का र सम्भवतः अन्य देशका केही आप्रवासीहरू सम्भावित रूपमा नक्कली नेपाली यात्रा कागजातहरू प्रयोग गरेर मध्य पूर्वमा रोजगारीको लागि जानका लागि नेपाल आउँछन् र तिनीहरू मानव बेचबिखनको शिकार हुन सक्छन्। केही सरकारी अधिकारीहरूले नेपाली पहिचान कागजातहरूमा गलत जानकारी समावेश गर्न वा सम्भावित श्रम आप्रवासीहरूलाई नक्कली कागजातहरू प्रदान गर्न घुस लिने गरेको विभिन्न प्रतिवेखनहरूमा उल्लेख गरिएको छ। तस्करहरूले पीडितहरूलाई प्रलोभन दिनका लागि सामाजिक सञ्जाल र मोबाइल प्रविधिहरूको बढ्दो प्रयोग गर्दछन्।

संयुक्त राज्य अमेरिकाको विदेश विभागको मानव बेचबिखन निगरानी र नियन्त्रण कार्यालयले नेपाललाई 'स्तरीय २' देशको रूपमा राखेको छ।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q3407848
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८३/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “नेपालमा वेश्यावृत्ति”। नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/नेपालमा_वेश्यावृत्ति (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/नेपालमा_वेश्यावृत्ति · अद्यावधिक २६ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी