नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
राजनीति र कानुन

नेपालको प्रधान सेनापति

प्रधान सेनापति वा चिफ साब, नेपाली सेनाको प्रमुख कमान्डर हो।

अद्यावधिक: ६ नोभेम्बर २०२६ ५८४ शब्द · ३ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

प्रधान सेनापति वा चिफ साब, नेपाली सेनाको प्रमुख कमान्डर हो।

नेपाली सेना रक्षा मन्त्रालयको अधिनमा रहन्छ। प्रधान सेनापतिको नियुक्ति संवैधानिक रूपमा तीन वर्ष वा ६१ वर्ष उमेर जुन पहिले हुन्छ त्यो सम्मको लागि हुन्छ। प्रधान सेनापतिको पद काठमाडौँको भद्रकालीमा छ। हालका प्रधान सेनापति जनरल अशोकराज सिग्देल हुन् जो २४ भदौ २०८१ देखि पदमा छन्। प्रधान सेनापतिले भारतीय सेनाको मानार्थ महारथीको पद पनि धारण गर्दछन्।

इतिहास

गोरखा राज्य (पछि नेपाल अधिराज्य)का काजीहरूले सेना प्रमुखको कार्यभार सम्हाल्ने गर्दथे। १९औँ शताब्दीमा, मुख्तियार भीमसेन थापाले सेना प्रमुखको उपाधिको रूपमा कमान्डर-इन-चिफ प्रयोग गर्ने पहिलो व्यक्ति थिए। राणा वंशको समयमा, सेना प्रमुखको पद वंशानुगत थियो। वि.सं २०३२ मा, जनरल गुण शमशेर जबरालाई कमान्डर-इन-चिफको सट्टा प्रधान सेनापतिको उपाधिले बढुवा गरिएको थियो। त्यसबेलादेखि, प्रधान सेनापति नेपाली सेनाको सेना प्रमुखको उपाधि हो। वि.सं २००६ देखि, भारतका राष्ट्रपतिले नेपाली सेना प्रमुखलाई भारतीय सेनाको मानार्थ महारथीको पद प्रदान गर्ने परम्परा रहेको छ।

नियुक्ति

नेपालको सैनिक ऐन (२०६३) को धारा ८ अनुसार, नेपालको मन्त्रिपरिषद्को सिफारिसमा नेपालको राष्ट्रपतिले प्रधान सेनापतिको नियुक्ति गर्दछन्। त्यसको धारा १० अनुसार, नियुक्ति तीन वर्ष वा ६१ वर्षसम्म जुन पहिले हुन्छ, सोही अवधिको लागि हुने गर्दछ। नेपालको सैनिक ऐन (२०६३) को धारा ८(३) अनुसार, वर्तमान प्रधानसेनापतिले बिदा लिएको अवस्थामा, नेपालका राष्ट्रपतिले सबैभन्दा वरिष्ठ अधिकारीलाई कार्यवाहक सेना प्रमुखको रूपमा नियुक्त गर्न सक्दछन्। जनरल राजेन्द्र क्षेत्री २०७४ असार १६ मा १५ दिने भ्रमणको लागि संयुक्त राज्य अमेरिका प्रस्थान गर्दा, रथी बलदेवराज महतलाई धारा ८(३) अनुसार कार्यवाहक सेना प्रमुख नियुक्त गरिएको थियो। त्यसैगरी, तत्कालीन रथी पूर्णचन्द्र थापालाई २०७५ साउन २३ मा जनरल क्षेत्रीको परम्परागत अन्तिम महिनाको बिदामा कार्यवाहक सेना प्रमुखको रूपमा नियुक्त गरिएको थियो।

शक्ति, कर्तव्य र जिम्मेवारीहरू

नेपालको सैनिक ऐन (२०६३) को धारा ९(१) अनुसार, प्रधान सेनापतिले नेपाल सरकारको निर्देशन र प्रचलित कानुन र ऐन अनुसार सशस्त्र बलको व्यवस्थापन गर्दछन्। धारा ९(२) अनुसार, प्रधान सेनापतिले हिन्दु पात्रोको वैशाख महिनामा नेपाली सशस्त्र बलको व्यवस्थापन सम्बन्धी वार्षिक प्रतिवेदन नेपाल सरकारलाई पेश गर्दछन्।

हटाउने

सैनिक ऐनको धारा ११ (१ र २) अनुसार, प्रधानसेनापति सामान्यतया ३ वर्ष पूरा भएपछि वा व्यक्तिको ६१ वर्ष उमेर पूरा भएपछि, जुन पहिले हुन्छ, अवकाश लिन्छन्। यद्यपि, यसको धारा ११ (३) अनुसार, नेपाल सरकारले आवश्यक ठानेमा नेपालको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रधानसेनापतिलाई हटाउन सक्छन्।

प्रधान सेनापतिहरूको सूची

क्रम चित्र प्रधान सेनापति पदभार ग्रहण कार्यकाल समाप्त अवधि आयोगको एकाइ स्रोत
१
गुण, शमशेर जङ्गबहादुर राणाजर्नेल
गुण शमशेर जङ्गबहादुर राणा
२०३२ वैशाख २७२०३६ वैशाख २७४ वर्ष, ० दिन––
२
शाह, सिंह प्रतापजर्नेल
सिंहप्रताप शाह गोदबा, त्रिप
२०३६ जेठ १२०४० जेठ १४ वर्ष, ० दिन––
३
Rana, Arjun Narsinghजर्नेल
अर्जुन नरसिंह राणा गोदबा, त्रिप
२०४० जेठ १२०४४ जेठ १४ वर्ष, ० दिन––
४
Rana, Satchit Shamsher Jang Bahadurजर्नेल
सत्चित शमशेर जङ्गबहादुर राणा गोदबा, त्रिप
(१९९०–२०६३)
२०४४ जेठ १२०४८ जेठ १४ वर्ष, ० दिनश्रीनाथ गण–
५
Rana, Gadul Shamsher Jang Bahadurजर्नेल
गडुल शमशेर जङ्गबहादुर राणा गोदबा, त्रिप
(१९९२–२०७२)
२०४८ जेठ १२०५२ वैशाख २१३ वर्ष, ३५४ दिन–
६
Thapa, Dharmapal Barsinghजर्नेल
धर्मपालवरसिंह थापा गोदबा, त्रिप
(१९९२–२०८०)
२०५२ जेठ १२०५६ जेठ १४ वर्ष, ० दिन––
७
Rana, Prajwalla Shamsher Jang Bahadurजर्नेल
प्रज्वल शमशेर जङ्गबहादुर राणा गोदबा, त्रिप
२०५६ जेठ ५२०५९ भदौ २४३ वर्ष, ११३ दिन––
८
Thapa, Pyar Jungजर्नेल
प्यारजङ्ग थापा
२०५९ भदौ २५२०६३ भदौ २४३ वर्ष, ३६४ दिन––
९
Katawal, Rookmangudजर्नेल
रुक्माङ्गद कटवाल
(जन्म २००४)
२०६३ भदौ २४२०६६ भदौ २४३ वर्ष, ० दिनश्रीनाथ गण–
१०
Gurung, Chhatra Man Singhजर्नेल
छत्रमानसिंह गुरुङ
(जन्म २००८)
२०६६ भदौ २४२०६९ भदौ २०२ वर्ष, ३६२ दिनश्रीनाथ गण–
११
Rana, Gaurav Shumsher JBजर्नेल
गौरव शमशेर जङ्गबहादुर राणा
(जन्म २०११)
२०६९ भदौ २१२०७२ भदौ २४३ वर्ष, ४ दिनपुरानो गोरख गण
१२
Chhetri, Rajendraजर्नेल
राजेन्द्र क्षेत्री
(जन्म २०१६)
२०७२ भदौ २४२०७५ भदौ २२२ वर्ष, ३६३ दिनराजदल गण
१३
Thapa, Purna Chandraजर्नेल
पूर्णचन्द्र थापा
(जन्म २०१६)
२०७५ भदौ २४२०७८ भदौ २३२ वर्ष, ३६४ दिनगोरखबहादुर गण
१४
Sharma, Prabhuजर्नेल
प्रभुराम शर्मा
(जन्म २०२०)
२०७८ भदौ २४२०८१ भदौ २३२ वर्ष, ३६५ दिनपुरानो गोरख गण
१५
Sigdel, Ashok Rajजर्नेल
अशोकराज सिग्देल
(जन्म २०२३)
२०८१ भदौ २४बहालवाला२ वर्ष, ६४ दिनदेवीदत्त गण

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q57896676
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७२/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “नेपालको प्रधान सेनापति”। नेपाली विश्वकोश, ६ नोभेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/नेपालको_प्रधान_सेनापति (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/नेपालको_प्रधान_सेनापति · अद्यावधिक ६ नोभेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी