धुन्चे नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती प्रदेश, रसुवा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २७४४ रहेको थियो जसमध्ये १४७५ पुरुष र १२६९ महिला रहेका थिए भने यहाँ ७१४ घरधुरी रहेको थियो। यो हाल गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत पर्दछ।
यो गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर ६ हो।
धुञ्चे नामाकरण कसरी रह्यो ?
किंवदन्ती अनुसार, बारपाक (गोरखा) मा बौद्ध धर्मका शक्तिशाली तान्त्रिक एक घले राजा (ग्याल्बो) बस्थे। उनका धेरै छोराहरू थिए, र उनी चाहन्थे कि प्रत्येक छोराले आफ्नै राज्य स्थापना गरून्।
एक दिन उनले आफ्ना एक छोरालाई बोलाए र भने :“म मन्त्रको शक्तिले यो शंखलाई यहाँबाट आकाशमा उडाउँछु। तिमी त्यसको पछि–पछि हिँड, र जहाँ त्यो शंख खसेर ठडिन्छ, त्यही तिम्रो राज्य हुनेछ — जाऊ र त्यसै स्थानमा राजा भएर राज्य चलाऊ।”
त्यसपछि राजाले शंखमा मन्त्र गरे, र शंख आकाशतिर उड्यो। छोरा ठिसुम देप्के घले त्यसको पछि लागे — गोरखाको बारपाकबाट धादिङको तिप्लिङ हुँदै, नदी–खोला, डाँडा–पहाड पार गर्दै अन्ततः रसुवाको धुन्चे पछाडिको ब्राबल भन्ने ठाउँमा आइपुगे।
त्यहाँ एउटा अग्लो ढुङ्गे भीरको टुप्पोमा शंख आकाशतिर ठडिएको अवस्थामा फेला पर्यो। भीरको टुप्पोमा शंख ठडिएको देखेपछि त्यस भीरको नाम "दुङ्ल्हामो" रह्यो, र पछि "दुङ्ल्हामो" बाट "दुङ्लाङ" , अनि अपभ्रंश हुँदै "दुङ्जे" वा "धुन्चे" नामकरण भयो। शंखले यस स्थानको नाम नै बदलिदियो ! यस सम्बन्धि पूर्ण विवरण यहाँ हेर्न सक्नुहुनेछ ।
त्यसपछि ठिसुम देप्के घले ले गोङ्गाङ नामक ठाउँमा आफूलाई राजा घोषित गरे, र थोक्रा वंशका तामाङलाई काजी पद प्रदान गरी शासन सुरु गरे। यसरी, एउटा शंखको आकाशयात्रा ले एउटा नयाँ राज्यको स्थापना मात्र गरेन, बरु सम्पूर्ण नगरको पहिचान नै परिभाषित गरिदियो।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q2044414
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७८/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “धुन्चे।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A7%E0%A5%81%E0%A4%A8%E0%A5%8D%E0%A4%9A%E0%A5%87। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). धुन्चे. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A7%E0%A5%81%E0%A4%A8%E0%A5%8D%E0%A4%9A%E0%A5%87
@misc{ne_693,
title = {धुन्चे},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A7%E0%A5%81%E0%A4%A8%E0%A5%8D%E0%A4%9A%E0%A5%87}},
year = {2026},
note = {Accessed 2026-11-12}
}