नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

धर्मराज थापा

धर्मराज थापा (वि.सं. १९८१ – २०७१) प्रसिद्ध लोकगायक, कवि तथा प्राज्ञ थिए । उनलाई 'जनकवि केशरी'का उपनामले चिनिन्छ । उनले वि.सं. २०१३ मा राजा महेन्द्रबाट 'जनकवि केशरी' उपाधि पाएका हुन् ।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ ३०४ शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

धर्मराज थापा (वि.सं. १९८१ – २०७१) प्रसिद्ध लोकगायक, कवि तथा प्राज्ञ थिए । उनलाई 'जनकवि केशरी'का उपनामले चिनिन्छ । उनले वि.सं. २०१३ मा राजा महेन्द्रबाट 'जनकवि केशरी' उपाधि पाएका हुन् ।

जीवनी

धर्मराजको जन्म वि.सं. १९८१ साउन १ गते कास्की जिल्लाको बाटुलेचौरमा भएको हो। उनका पिता हर्कबहादुर र माता मनमाया थापा हुन्। उनको बाल्यकालको जन्म भुवनबहादुर हो। मध्यम परीक्षामा प्रथम गरेका थापाले लोकसाहित्यमा जीवन बिताएका छन्। उनको मृत्यु वि.सं. २०७१ असोज २८ गते काठमाडौ स्वम्भुस्थित आफ्नै निवासमा भएको हो । उनको हरियो डाँडामाथि हलो जोत्ने साथी प्रख्यात छ। प्रख्यात गायिका ज्ञानु राणा उनकै छोरी हुन्।

कृतिहरू

उनको कृतिहरू लाई मौलिक, लेखन र गायन गरी तीन प्रकारमा वर्गीकरण गर्न सकिन्छ। मौलिक लेखनमा गीतकार र कविका रूपमा विशेष गरी चिनिन्छन् भने सङ्कलन र सम्पादनको क्षेत्रमा चाहिँ उनको क्षेत्रको लोकभाका, लोकध्वनि र लोकसाहित्य हो। प्रारम्भिक चरणदेखि हालसम्म उनका कृतिगत रचनाहरू:
१. रत्न जुनेली
२. बनचरो
३. पहाडी सङ्गीत
४. कालीको लहर
५. विलौना
६. कोसेली
७. तिलोत्तमाको भेल
८. बत्तीमुनी अँधेरो
९. रानी पोखरी
१०. पृथ्वीको दिव्य अर्ती
११. निर्वाचन लहर
१२. मेरो नेपाल भ्रमण
१३. श्री ५ महेन्द्रको सवाई
१४. भेटघाट (अभिनन्दनको सँगालो)
१५. गोल सिमल
१६. गण्डकीका सुसेली
१७. दिव्य चौतारी
१८. मङ्गली कुसुम
१९. हाम्रो लोकगीत
२०. नेपाली लोक साहित्यको विवेचना (सहलेखन)
२१. हिमालको आँसु (शोक काव्य)
२२. मिर्मिरेको रन्को
२३. सगरमाथाको सेरोफेरो
२४. लोक साहित्यको घेरामा लमजुङ
२५. मुक्तिनाथ दर्शन
२६. चितौन दर्पण
२७. तनहुँ फूलबारी
२८. नीलकण्ठयात्रा (गोसाइँकुण्ड)
२९. मेरो नेपाल भ्रमण

पुरस्कार

उनले मङ्गली कुसुम नामक ग्रन्थको लागि पद्य विधामा मदन पुरस्कार २०२५ प्राप्त गरेका हुन् भने श्रव्य-पाठ्य विभिन्न माध्यमबाट आधा शताब्दीभन्दा लामो अवधिसम्म नेपाली भाषाको सेवा गरी नेपाली वाङ्गमयको श्रीवृद्धिमा बहुमुखी विशिष्ट योगदान गरेवापत वि.सं. २०५७ सालमा जगदम्बाश्री पुरस्कार प्राप्त गरेका हुन्। त्यसबाहेक वि.सं. २०२५को इन्द्रराज्य लक्ष्मी पुरस्कार, वि.सं. २०१३ र वि.सं. २०३१मा शुभ राज्याभिषेक पदक, वि.सं. २०४१मा लोक साहित्य पुरस्कार, रत्नश्री स्वर्ण पदक आदि सम्मान पाएका छन्।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q15176479
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७७/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “धर्मराज थापा”। नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/धर्मराज_थापा (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/धर्मराज_थापा · अद्यावधिक २६ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी