नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
धर्म र दर्शन

तालबाराही मन्दिर

तालबाराही मन्दिर कास्की जिल्लाको पोखरा स्थित प्रसिद्ध मन्दिर हो । फेवातालको बिचमा रहेको यो मन्दिरमा हमेशा दर्शकको भीडभाड रहन्छ । हिन्दु धर्माबलम्बी को मन्दिर भएता पनि सबै धर्मका व्यक्तिहरु यहाँ प्रवेश पाउँदछन् ।

अद्यावधिक: ७ नोभेम्बर २०२६ २६६ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

तालबाराही मन्दिर कास्की जिल्लाको पोखरा स्थित प्रसिद्ध मन्दिर हो । फेवातालको बिचमा रहेको यो मन्दिरमा हमेशा दर्शकको भीडभाड रहन्छ । हिन्दु धर्माबलम्बी को मन्दिर भएता पनि सबै धर्मका व्यक्तिहरु यहाँ प्रवेश पाउँदछन् ।

तालबाराही मन्दिरको सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटनमा निकै टेवा पुर्‍याएको छ । पर्यटकीय सुन्दर नगरी पोखरामा स्थित यो मन्दिर कास्की का घुम्नै पर्ने ठाउँहरूको सूचीमा अग्र पंक्तिमा आउँछ जसका कारण मन्दिरमा पर्यटकहरूको घुइँचो लागिरहन्छ । माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा परेको दृश्य मन्दिरबाट मनोरम देखिन्छ । कोजाग्रत पूर्णिमा लगायत अन्य धार्मिक पर्वहरूमा यहाँ मेला लाग्दछ । पहिले पानि ले नढाकिएको अवस्थामा यो मन्दिर रहेको थियो ।

तालबाराही को कथा

फेवा तालको बिचमा तालबाराही मन्दिर
फेवा तालको बिचमा तालबाराही मन्दिर

कास्कीका राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाई मन्दिर स्थापना गरेका थिए । यस मन्दिरको अस्तित्व वि.सं. १६६९ देखि कायम रहिआएको छ । कतै कतै वि.सं. १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेख पनि पाइन्छ । प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो त्यहीं मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजिन थालिएको थियो ।

तालबाराही देवी सन्यासीको भेषमा रातको समय मन्दिर रहेको वरपरको गाउँ पुग्दा अरु कसैले बास दिएनछन् । एउटी बुढी महिलाले मात्रै उनलाई वास दिइछन् साथै रातमा आँफूसँग भएको रोटी खान दिइछन् ।

जब भोलिपल्ट देवी जान लाग्नुभयो तब देवीले बूढी आमालाई अब यहाँ जलमग्न हुन्छ अन्तै गएर बस्नु भन्नु भएछ र भोली पल्टै ठूलो बाढी आएर जलमग्न भइ बीच भागको ढिस्को मात्रै बचेछ । वि.सं. २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गरेका हुन् ।

मन्दिर पुग्ने बाटो

पोखराका विभिन्न ठाउँबाट लेकसाइड जाने गाडीहरु पाइन्छ । लेकसाइड को तालबाराही चोकबाट ५० मिटर भित्र गएपछि साना ठूला डुंगाहरु पाइन्छ र तिनै डुंगामा सयर गर्दै मन्दिर परिक्रमा गर्न ।

सन्दर्भ सामाग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q16172918
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७७/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “तालबाराही मन्दिर”। नेपाली विश्वकोश, ७ नोभेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/तालबाराही_मन्दिर (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/तालबाराही_मन्दिर · अद्यावधिक ७ नोभेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी