नेपाल एकिकरण हुनुपुर्ब अर्घाराज्य चौबिसे राज्य मध्ये महत्वपुर्ण राज्यको रुपमा रहेको थियो । यो राज्य वि सं १४९० (साके संवत् १३५५) मा स्थापना भएको हो । अर्घा राज्यको खांची भन्ने स्थान अर्घाको कर संकलन केन्द थियो र आर्थिक रुपले तत्कालिन अन्य चौविसी राज्यहरुमा अर्घा सम्मपन्न पनि थियो ।अर्घामा "खांची" भन्ने स्थान छ । सो स्थान कर संकलक वा हालको खजान्चीको दर्जाले चिनिने हिसाब किताब राख्ने मानिस बस्ने भएको हुनाले यो स्थानको नाम खांची रहन गएको भन्ने जनश्रुती छ । तत्कालिन राजा शिबराज शाहको मृत्यु पछि उनका छोरा मेघासी राज शाह अर्घाका राजा भए । राजा मेघासी राज शाहका ३ भाई छोराहरु भएकोले ती तिन भाई बिच अर्घाको भावि राजा को हुने भन्नेमा बिबाद भए पछि मेघासी राज शाहले आफ्ना जेठा छोरा जयन्तराजलाई अर्घाको राजा वनाए भने माइला छोरा बिरेन्द्र राज शाह र कान्छा छोरा खड्गराजलाई क्रमश खांची र धुर्कोटमा सा के १३५७, अथवा वि सं १४९२ मा छुट्टा छुटै राज्य स्थापना गरी त्यहांको राजा नियुक्त गरे । राजा मेघासी राज शाह धार्मिक मानिस समेत भएकोले आफु अर्घा कै चुत्र बेसिमा गई समाधिष्ट भए । यी तीन वटै राज्यहरु “मेघासी राज्य” को रुपमा नेपाल भर चिनिन्छ भने यी तीन राज्य अर्घा, खांची र धुर्कोटलाई अंग्रेजि विश्वकोष विकिपेडियामा “Three Meghasi Kingdom” भनेर लेखिएको कुरा अहिले पनि Google मा सुरक्षित छ ।
अर्घा राज्यको इतिहांस (Kingdom of Agha) र गडवाल संगको संबन्ध:
नेपाल एकिकरण एबं सुगौलि सन्धि अगाडीसम्म नेपाल-भारत ,भुटान बीचमा कुनै सीमा रेखा नभएको कुरा हामी सबैमा स्पष्ट हुनुपर्दछ । वास्तवमा बि सं १८२५ भन्दा पहिला "नेपाल" भनेर काठमाण्डौ उपत्यकालाई मात्र संबोधन गरिन्थ्यो । तेतिखेर बर्तमान नेपाल र भारतिय उपमहाद्विप भित्र थुप्रै साना साना स्वतन्त्र राज्यहरु थिए । गोर्खा, अर्घा , खांची पाल्पा , तनहुं , रुकुम , अछाम, जाजरकोट बझांग,गडवाल,सिकिम,महाराष्ट्र,राजस्थान, बाराणासी, जुम्ला, आसाम, पन्जाब, दिल्लि, मकवानपुर , बिजयपुर अरु राज्य सरह स्वतन्त्र थियो । हिमालय पर्बत देखि दक्षिण हिन्द महासागरसम्मको भुभागलाई भारतिय उपमहादिप (Indian Sub-continent) भनि बिश्वसमुदायमा परिचित थियो र हाल पनि यस क्षेत्र लाई अन्तरराष्ट्रियस्तरमा Indian Sub-Continent को रुपमा लिइन्छ । तत्कालिन समयमा यातायात एबं सन्चार सम्पर्क समेत नभएको र कुनै दस्तावेजहरु समेत नभएको कारण कुन भु-भाग कस्को भन्ने कुरा समेत अनिस्चित थियो। तत्कालिन अबस्थाका मानिसहरुमा शिक्षाको अभावले हालको जस्तो चेतना र बिबेकको समेत कमि हुन्थ्यो भनेर भन्न सकिन्छ । कहां, के र कस्तो भुभाग थियो भन्ने कुरा पनि अनुमान गर्न कठिन थियो । प्राचिन कालमा नेपाल कति ज्यादै बिशाल थियो भन्ने आदि इत्यादि कुराहरु जुन सतहमा आएका छन्, ति सबै काल्पनिक, मनगणन्ते र भ्रमहरु हुन् । किनकि बिसं १८२५ अगाडी कुनै नेपाल भन्ने देश नै थिएन र कतै कुनै तेस्ता दस्ताबेजहरु कसैले भेटेको छैन । आफु रहेको वरिपरिका भुभागहरु जस्ले सक्छ , उस्ले आफ्नो अधिनमा बनाउने बिस्वब्यापी प्रचलन थियो भन्ने कुरा हामिले भुल्न हुंदैन । दिल्लि, आसाम, कुमाऊं ,गरवाल, चितौर, काश्मिर, सिकिम, राजस्थान, पन्जाब सबै राज्यहरु एक अर्कामा स्वतन्त्र थिए । हालको नेपालको गोर्खा, तनहुं, बिजयपुर, किर्तिपुर, जाजरकोट, बझाङ्ग, बैतडि,रोल्पा, अर्घाखांची जस्ता राज्यहरु पनि एक आपसमा स्वतन्त्र थिए । यस भारतिय उपमहाद्विप भित्र बिश्वका अन्य मुलुकहरुमा जस्तै ८ औ देखि १३ औ सताब्दीसम्म सबै राज्यहरुले आफ्नो सक्ति र क्षमता अनुसार नजिकका अरु राज्यलाई नियन्त्रणमा लिई राज्य गर्ने प्रचलन थियो । एक अर्का बिच आक्रमणहरु भैरहन्थे । पछि तत्कालिन गडवाल राज्यका शाह, ठाकुर राजाहरु पनि राज्य बिस्तारको क्रममा लुम्बिनि हुदै हालको नेपालको अर्घासम्म आएका हुन् भन्ने कुरा भारतिय इतिहांस र नेपालमा हालसम्म प्राप्त तथ्यहरुले समेत देखाएको छ । तत्कालिन अबस्थामा बुद्ध जन्मस्थल लुम्बिनि भारतिय उपमहाद्विपमा बढि प्रसिद्ध भएकोले बुद्ध दर्सन गर्न मानिसहरु आउने गर्थे । सोही समयमा लुम्बिनि आउंदा उनिहरुले अर्घा क्षेत्रको महत्व बुझेको हुन सक्छ । यसै सिलसिलामा पछि यस लुम्बिनि क्षेत्रको उर्बर भुमि , हिमाल नजिक, राम्रो हावापानि र बुद्ध जन्म भुमि भएकोले ऊनीहरुले यो अर्घा राज्य कब्जा गरेको अनुमान गर्न सकिन्छ । उनीहरुले तेति बेला गढवालका सबै किसिमका मानिस र तत्कालिन गढवाली राजाका भाईभारदारहरु समेत हातहतियार, सेना, देबि देबता सहितको फौज आएका हुनाले यहि कुरालाई पुष्टी गर्दछ । ।[१] ।
बाह्य कडीहरू
1. ↑ Shields, Gemma E.; Buck, Deborah; Varese, Filippo; Yung, Alison R.; Thompson, Andrew; Husain, Nusrat; Broome, Matthew R.; Upthegrove, Rachel; Byrne, Rory; Davies, Linda M. (२०२२-०२-१७), "A review of economic evaluations of health care for people at risk of psychosis and for first-episode psychosis", BMC Psychiatry 22 (1), आइएसएसएन 1471-244X, डिओआई:10.1186/s12888-022-03769-7।
2. ↑ "अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना", लुम्बिनी सञ्चार (अङ्ग्रेजीमा), २०२१-०६-२०, अन्तिम पहुँच २०२५-०३-३०।
3. ↑ "Manakamana Temple: A story of Reincarnation", www.nepaltraveller.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०३-२९।
4. "Garhwal Kingdom", Wikipedia (अंग्रेज़ी में), 2022-05-31, अभिगमन तिथि 2022-05-31
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q104881038
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ५१/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “अर्घा राज्य।” नेपाली विश्वकोश, १५ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%98%E0%A4%BE_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). अर्घा राज्य. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%98%E0%A4%BE_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF
@misc{ne_698,
title = {अर्घा राज्य},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%98%E0%A4%BE_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF}},
year = {2026},
note = {Accessed 2026-11-12}
}
