नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
प्रकृति र वातावरण

हिमाली खैरो भालु

हिमाली खैरो भालु अथवा रातो भालु हिमाली क्षेत्रमा पाइने खैरो भालुको प्रजाति हो । गाेर्खाका स्थानियले यसलाई "टिङटिङ" र "डियामे" नामले चिन्छन् भने माथिल्लो मुस्ताङका स्थानियले रातो भालुलाई "मिठे" भन्छन्। नेपालमा पाइने तीन भालुका प्रजातिहरू (काठे भालु,कालो भालु र रातो भालु)मध्य यो प्रजाति सबैभन्दा दुर्लभ र लोपनमुख छ। खैरो भालु प्रजातिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घलद्वारा काम चासोमा वर्गीकृत गरिएपनि हिमाली खैरो भालु उपप्रजाति भने अत्यन्तै लोपन्मुख छ र यसको पनि जनसंख्या पनि घट्दै गएको छ। यस भालुलाई यतिको किम्बदन्तीको स्रोत मानिन्छ ।

अद्यावधिक: ८ सेप्टेम्बर २०२६ ३३८ शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

हिमाली खैरो भालु अथवा रातो भालु हिमाली क्षेत्रमा पाइने खैरो भालुको प्रजाति हो । गाेर्खाका स्थानियले यसलाई "टिङटिङ" र "डियामे" नामले चिन्छन् भने माथिल्लो मुस्ताङका स्थानियले रातो भालुलाई "मिठे" भन्छन्। नेपालमा पाइने तीन भालुका प्रजातिहरू (काठे भालु,कालो भालु र रातो भालु)मध्य यो प्रजाति सबैभन्दा दुर्लभ र लोपनमुख छ। खैरो भालु प्रजातिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घलद्वारा काम चासोमा वर्गीकृत गरिएपनि हिमाली खैरो भालु उपप्रजाति भने अत्यन्तै लोपन्मुख छ र यसको पनि जनसंख्या पनि घट्दै गएको छ। यस भालुलाई यतिको किम्बदन्तीको स्रोत मानिन्छ ।

विवरण

हिमाली खैरो भालुको भाले पोथीमा शारीरिक भिन्नता हुन्छ । यसको भालेको शरीर १.५ मिटर देखि २.२ मिटर (४ फिट ११ इन्च-७ फिट ३ इन्च) लामो हुन्छ भने पोथीको शरीर १.३७ मिटर देखि १.८३ मिटर (४.६ फिट-६ फिट) लामो हुन्छ । यो भालु हिमाली क्षेत्रमा पाइने जनावरहरू मध्ये सबैभन्दा ठुलो हुन्छ ।

वासस्थान

हिमाली खैरो भालु नेपाल, चीनको तिब्बत र दक्षिणी प्रान्तहरू, उत्तरी भारत र पाकिस्तान र मध्य एशियाका केही मुलुकहरूमा पाइन्छन । यसलाई भुटानबाट लोप भैसकेकाे मानिन्छ। नेपाल तथा तिब्बतमा पाइने रातो भालु र भारत तथा पाकिस्तानमा पाइने रातो भालुमा थाैरै भिन्नता देखिएको छ। यसको जनसंख्या १००० कम मानिएको छ र पाकिस्तानमा १५०-२०० भालुमात्र हुनसक्ने हनुमान छ । नेपाल र चीनमा यसको जनसंख्याको कुनै तथ्याङ्क छैन। अध्धयन अनुसार आज यो भालुको पुरानो वासस्थानको २% भागमा मात्र पाइन्छन्।

नेपालमा रातो भालुको वितरण

रातो भालु नेपालको हिमाली क्षेत्रका संरक्षण क्षेत्रहरूमा पाइन्छन्। ,मनास्लु संरक्षण क्षेत्रबाहिर अध्धयनको कमीका कारणले रातो भालु पाइन्छ कि पाइदैन भनेर ठ्याकै भन्न कठिन छ। रातो भालु मुख्यतया अन्नपुर्ण संरक्षण क्षेत्र,मनास्लु संरक्षण क्षेत्र र शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पाइन्छ। कालो भालु जस्तै यसको वासस्थान नेपालका पहाडी र हिमाली भेगमा व्यापक छैन। मनास्लु संरक्षण क्षेत्रमा कालो भालुको वासस्थान कुल क्षेत्रको १३.०३% तर खैरो भालुको वासस्थान कुल क्षेत्रको ५.३५% मात्र रहेको अध्धयनले देखाएको छ। गृष्मयाममा तिब्बतबाट खैरो भालुकाे जनसङ्ख्या मनास्लु संरक्षण क्षेत्रमा आउने गरेकाे कुरा पनि यसै अध्ययनले देखाएकाे छ।

आहारा

हिमाली खैरो भालुहरू सर्वाहारी खालका हुन्छन । यिनीहरूले भेडा र बाख्राजस्ता स्तनधारी जनावरका साथै घाँस, रुखका जरा तथा अन्य वनस्पति पनि खान्छन । वयस्क भालुले सुर्योदय भन्दा अगाडि र दिन ढले पछि मात्र खान्छन ।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q944893
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८८/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “हिमाली खैरो भालु”। नेपाली विश्वकोश, ८ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/हिमाली_खैरो_भालु (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/हिमाली_खैरो_भालु · अद्यावधिक ८ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी