नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
अर्थतन्त्र र उद्योग

माथिल्लो मर्स्याङ्दी ए जलविद्युत केन्द्र

माथिल्लो मर्स्याङ्दी जलविद्युत केन्द्र पश्चिम नेपालको लमजुङ जिल्लाको भुलभुलेमा अवस्थित रहेको छ। मस्र्याङ्दी नदीको पानीबाट ५० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ १४५ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास


माथिल्लो मर्स्याङ्दी जलविद्युत केन्द्र पश्चिम नेपालको लमजुङ जिल्लाको भुलभुलेमा अवस्थित रहेको छ। मस्र्याङ्दी नदीको पानीबाट ५० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ।

आयोजनाको निर्माण सन् २०१२ अक्टोबरमा सुरु भई २०१५ डिसेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएको थियो तर भूकम्प र भारतीय नाकाबन्दीका कारण ढिला भएको थियो । पहिलो टर्बाइन २५ सेप्टेम्बर २०१६ मा स्थापित भएको थियो। दोस्रो टर्बाइन २३ डिसेम्बर २०१६ मा थपिएको थियो भोर्टेक्स प्रकारको सेटलिंग बेसिन प्रयोग गर्ने यो पहिलो परियोजना हो।

चीनको प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भएको यो नेपालको पहिलो आयोजना हो । पावर चाइना रिसोर्सेस लिमिटेड र सिनो–सगरमाथा पावर कम्पनी नेपालको संयुक्त लगानीमा आयोजना निर्माण भएको हो । सिनो–सगरमाथाको १० प्रतिशत सेयर छ । आयोजनामा ९० प्रतिशत शेयर रहेको पावर चाइना रिसोर्सेज लिमिटेडले ७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटी प्रयोग गरेको छ। परियोजनाको भुक्तानी अवधि १० वर्ष हो। नेपाल विद्युत प्राधिकरणले यस आयोजनाबाट प्रति युनिट ०.०५९ अमेरिकी डलरमा ऊर्जा खरिद गर्छ।

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q98078114
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “माथिल्लो मर्स्याङ्दी ए जलविद्युत केन्द्र”। नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/माथिल्लो_मर्स्याङ्दी_ए_जलविद्युत_केन्द्र (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/माथिल्लो_मर्स्याङ्दी_ए_जलविद्युत_केन्द्र · अद्यावधिक २६ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी