नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

बमबहादुर राणा

बम बहादुर राणा नेपालको प्रधानमन्त्री तथा प्रधान सेनापति थिए । यिनी जंगबहादुर बेलायत गएका बखत नेपालको कार्यकारी प्रधानमन्त्री भएका थिए। यिनी वि.सं. १९०६ देखि १९०७ सम्म करिव १ वर्षसम्म नेपालको कार्यकारी प्रधानमन्त्री रहे।

अद्यावधिक: २ सेप्टेम्बर २०२६ ३१९ शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

बम बहादुर राणा नेपालको प्रधानमन्त्री तथा प्रधान सेनापति थिए । यिनी जंगबहादुर बेलायत गएका बखत नेपालको कार्यकारी प्रधानमन्त्री भएका थिए। यिनी वि.सं. १९०६ देखि १९०७ सम्म करिव १ वर्षसम्म नेपालको कार्यकारी प्रधानमन्त्री रहे।

कुमारीचोक

जंगबहादुरले बमबहादुर कुँवरलाई कुमारी चोकको काजी बनाएका थिए।

कार्यवाहक प्रधानमन्त्री

जंगबहादुर बेलायत गएका बखत नेपालको कार्यकारी प्रधानमन्त्री भएका थिए।

जंगबहादुरको हत्या योजना

जंगबहादुर बेलायत गएका बखतमा फर्केपछी हत्या गर्ने बद्री नरसिंह राणा र जयबहादुर राणाको योजनाको पोल उनले खोलेका थिए । जंगबहादुरको हत्या गरी उप्रेन्द्र बिक्रम शाह श्री ५ बन्ने, बमबहादुर प्रधानमन्त्री बन्ने र बद्रीनरसिंह कमान्डर इनचिफ बन्ने षडयन्त्र बनेको थियो।

तेश्रो नेपाल तिब्बत युद्ध

मुख्य लेख: अन्तिम नेपाल तिब्बत युद्ध

तेश्रो नेपाल तिब्बत युद्धमा बम बहादुर कुवंरले केरूङ अभियानको नेतृत्व २५७२८ सेनाका साथ गरेका थिए । जनरल बमबहादुर र कर्णेल पृथ्वीध्वज को ३ पल्टन, १२ तोपले केरुङ कब्जा गरेको थियो।

उनले मृत्युरहित विजयको गौरव प्राप्त गरेका थिए । उनले तिब्बती आक्रमण अभियानको सफलतापूर्वक साङ्गोपाङ्गो लगाएका थिए ।

प्रधानमन्त्री

वि.सं. १९१३ साउन १७ गतेका दिन जङ्गबहादुरले अकस्मात् प्रधानमन्त्रीको पदबाट राजिनामा दिएर भाइ बमबहादुरलाई आफ्ना उत्तराधिकारी घोषणा गरे । जंगबहादुरले राजिनामा दिएर उनी प्रधानमन्त्री भएपनि मुलुकको अख्तियार, अधिकार र आदेश जंगबहादुरकै हातमा थियो ।

जनरल बमबहादुरलाई प्रधानमन्त्रीको कार्यभारको जिम्मेवारी दिइयो, जो उनले आफ्ना मृत्युपर्यन्त भोग गरे । हुन त बमबहादुरले यसअघि पनि विभिन्न समयमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्मालेका थिए, तर आफ्ना कुसल र सुयोग्य दाजुको सरसल्लाह बिना उनले झिँगो पनि मार्दैनथे र मार्न सक्तैनथे पनि ।

मृत्यु

वि.सं. १९१४ जेष्ठ ११ गते बमबहादुरको मृत्यु भयो। चित्तरञ्जन नेपालीले जंगबहादुरले आफ्ना भाइ बमबहादुरलाई षडयन्त्रले मार्न लगाएको कुरा लेखेका छन्। उनको मृत्यु धेरै कारणले गर्दा स्मरणीय छ । तीमध्ये केही  :—

  1. पहिलो, जङ्गबहादुरले गैरकानुनी घोषित गरेका हुँदा उनको मृत्युपश्चात् सती जाने कोही भएन ।
  2. दोस्रो, प्राकृतिक मृत्युवरण गर्नेमा उनी पहिलो प्रधानमन्त्री थिए । उनीभन्दा पहिलेका सबै सरकार प्रमुखको कुनै न कुनै दुघर्टना वा षडयन्त्रमा परेर मृत्यु भएको छ ।
  3. तेस्रो, बमबहादुरको अन्त्येष्टि क्रिया सकिएपछि जङ्गबहादुरले प्रधानमन्त्रीको कार्यभार ग्रहण गरे, जो उनले मृतक भाइलाई दिएका थिए ।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q1132107
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८८/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “बमबहादुर राणा”। नेपाली विश्वकोश, २ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/बमबहादुर_राणा (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/बमबहादुर_राणा · अद्यावधिक २ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी