नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
समाज र जीवनशैली

नेपाल स्काउट

नेपाल स्काउट नेपालको आधिकारीक स्काउटिंग र गाइडिंग संस्था हो। यसको स्थापना वि.सं. २००९ सालमा भएको हो ।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ ४११ शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

नेपाल स्काउट नेपालको आधिकारीक स्काउटिंग र गाइडिंग संस्था हो। यसको स्थापना वि.सं. २००९ सालमा भएको हो ।

नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको हो ।

ब्वाय् र गर्ल्स स्काउट नियम

  • स्काउट विश्वास योग्य हुन्छ ।
  • स्काउट भक्त हुन्छ ।
  • स्काउट उपयोगी र सहयोगी हुन्छ ।
  • स्काउट सबैको मित्र हुन्छ र परस्परमा भ्रातृत्व तथा भगिनित्व कायम राख्दछ ।
  • स्काउट विनम्र हुन्छ ।
  • स्काउट प्राणी प्रति दयालु हुन्छ ।
  • स्काउट अनुशासित र आज्ञाकारी हुन्छ ।
  • स्काउट बहादुर हुन्छ र सधैं प्रसन्न हुन्छ ।
  • स्काउट मितव्ययी हुन्छ ।
  • स्काउट मन, बचन र कर्ममा पवित्र हुन्छ ।

उमेरको आधारमा नेपाल स्काउटको वर्गीकरण यस प्रकार छ :-

  • कब\ब्राउनी (७ देखी १० वर्ष )
  • ब्वाय्\गर्ल (११ देखी १५ वर्ष)
  • रोवर\रेञ्जर (१६ देखी २५ वर्ष)

ज्याम्बोरी

नेपाल स्काउटले पहिलो राष्ट्रिय स्काउट ज्याम्बोरी वि.सं. २०४३मा कीर्तिपुरमा गरेको थियो ।

नेपाल स्काउटको दोश्रो ज्याम्बोरी वि.सं. २०६९ सालमा चितवनको टिकौलीमा आयोजना भएको थियो ।

नेपाल स्काउटको तेस्रो ज्याम्बोरी २०७५ सालमा ककनीमा आयोजना भएको थियो ।

रोभरमुट

नेपाल स्काउटको पहिलो रोभरमुट २०७८ सालमा पोखरामा आयोजना भएको थियो ।

सम्पर्क ठेगाना

नेपाल स्काउट
राष्ट्रिय प्रधान कार्यलय
लैनचौर, काठमाडौँ, नेपाल
पोष्ट बक्स न : १०३७
टेलीफोन: ४४१९००१, ४४२५७६२, ४४१३३६९
फ्याक्स: ९७७-१-४४१३३६९
ईमेल: info@nepalscouts.org

आधिकारीक वेबसाईट

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q2724367
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८७/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “नेपाल स्काउट”। नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/नेपाल_स्काउट (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/नेपाल_स्काउट · अद्यावधिक २६ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी