नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
प्रविधि

नेपाल इन्जिनियरिङ परिषद्

नेपाल इन्जिनियरिङ परिषद् बि सं २०५६ मा नेपाल इन्जिनियरिङ परिषद् ऐनअन्तर्गत गठन भएको एउटा स्वायत्त सरकारी निकाय हो। इन्जिनियरिङ पेशालाई प्रभावकारी बनाएर व्यवस्थित र वैज्ञानिक ढङ्गले परिचालन गर्नुका साथै अन्य विषयहरूसहित इन्जिनियरहरूको नाम उनीहरूको योग्यताअनुसार दर्ता गर्ने व्यवस्था गर्न परिषद्को स्थापना गरिएको थियो।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ २३५ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

नेपाल इन्जिनियरिङ परिषद् बि सं २०५६ मा नेपाल इन्जिनियरिङ परिषद् ऐनअन्तर्गत गठन भएको एउटा स्वायत्त सरकारी निकाय हो। इन्जिनियरिङ पेशालाई प्रभावकारी बनाएर व्यवस्थित र वैज्ञानिक ढङ्गले परिचालन गर्नुका साथै अन्य विषयहरूसहित इन्जिनियरहरूको नाम उनीहरूको योग्यताअनुसार दर्ता गर्ने व्यवस्था गर्न परिषद्को स्थापना गरिएको थियो।

परिषद्को गठनः

परिषद्मा देहाय बमोजिमका सदस्यहरु रहनछन्ः –

(क) इन्जिनियरिङ्ग विषयमा स्नातकोपाधि प्राप्त गरी कम्तीमा पन्ध्र वर्ष इन्जिनियरिङ्ग व्यवसायमा अनुभव प्राप्त इन्जिनियरहरु मध्येबाट नेपाल सरकारबाट मनोनीत इन्जिनियर ( अध्यक्ष

(ख) इन्जिनियरिङ्ग विषयमा स्नातकोपाधि प्राप्त गरी कम्तीमा दश वर्ष इन्जिनियरिङ्ग व्यवसायमा अनुभव प्राप्त इन्जिनियरहरु मध्येबाट नेपाल सरकारबाट मनोनीत इन्जिनियर ( उपाध्यक्ष ।

(ग) इन्जिनियरिङ्ग विषयमा स्नातकोपाधि प्राप्त गरी कम्तीमा सात वर्ष इन्जिनियरिङ्ग व्यवसायमा अनुभवप्राप्त इन्जिनियरहरू मध्येबाट प्रत्येक प्रदेशबाट प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तको आधारमा नेपाल सरकारबाट मनोनीत कम्तीमा तीनजना महिला सहित सातजना– सदस्य ।

(घ) अध्यक्ष, नेपाल इन्जिनियर्स एशोसिएसन ( सदस्य

(ङ) नेपाल इन्जियिर्स एशोसिएसनले निर्वाचन गरी पठाएका पाँचजना इन्जिनियरहरु ( सदस्य

(च) इन्जिनियरिङ्ग क्याम्पसका क्याम्पस प्रमुखहरु मध्ये नेपाल सरकारबाट मनोनीत क्याम्पस प्रमुख एकजना ( सदस्य

(छ) प्रतिनिधि, इन्जिनियरिङ्ग, अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय ( सदस्य

(छ१) इन्जिनियरिङ्ग विषय अध्ययन, अध्यापन गराउने विश्वविद्यालयहरू मध्येबाट नेपाल सरकारबाट मनोनीत एकजना – सदस्य

(ज) इन्जिनियरिङ्ग विषयमा स्नातकोपाधि प्राप्त गरी कम्तीमा सात वर्ष इन्जिनियरिङ्ग व्यवसायमा अनुभवप्राप्त इन्जिनियरहरू मध्येबाट परिषद्बाट मनोनीत कम्तीमा एकजना महिला सहित दुईजना – सदस्य

दर्ता श्रेणी

परिषद्ले तिनवटा श्रेणीहरूमा इन्जिनियरहरू दर्ता गर्ने प्रावधान गरेको छः

  1. सामान्य इन्जिनियर (श्रेणी-A)
  2. व्यावसायिक इन्जिनियर (श्रेणी-B)
  3. विदेशी इन्जिनियर (श्रेणी-C)

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q97176738
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ४९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “नेपाल इन्जिनियरिङ परिषद्”। नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/नेपाल_इन्जिनियरिङ_परिषद् (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/नेपाल_इन्जिनियरिङ_परिषद् · अद्यावधिक २६ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी