नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
कला र संस्कृति

दीपावली

दिपावली भनेको बत्ति बालेर घर, पसल आदि सजाउने भन्ने बुझिन्छ । तिहारको बेलामा नेपाल, भारत तथा संसारभरीका हिन्दूहरूले दिपावली गर्ने गर्दछन् । दीवाली वा दीपावली अर्थात "रोशनीको पर्व" शरद ऋतु (उत्तरी गोलार्द्ध) मा हरेक वर्ष मनाइने एक प्राचीन हिन्दू पर्व हो । दीवाली भारतको सबै भन्दा ठूलो तथा प्रतिभाशाली पर्व मध्ये एक हो । यो पर्व आध्यात्मिक रूपले अन्धकारमा प्रकाशको विजयको दर्शाउँछ ।

अद्यावधिक: २० सेप्टेम्बर २०२६ २४७ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास
तिहारको बेलामा दिपावली गरिएको घर
तिहारको बेलामा दिपावली गरिएको घर

दिपावली भनेको बत्ति बालेर घर, पसल आदि सजाउने भन्ने बुझिन्छ । तिहारको बेलामा नेपाल, भारत तथा संसारभरीका हिन्दूहरूले दिपावली गर्ने गर्दछन् । दीवाली वा दीपावली अर्थात "रोशनीको पर्व" शरद ऋतु (उत्तरी गोलार्द्ध) मा हरेक वर्ष मनाइने एक प्राचीन हिन्दू पर्व हो । दीवाली भारतको सबै भन्दा ठूलो तथा प्रतिभाशाली पर्व मध्ये एक हो । यो पर्व आध्यात्मिक रूपले अन्धकारमा प्रकाशको विजयको दर्शाउँछ ।

नेपालमा दिपावली एवं भाइटीका

तिहारलाई नेपालमा दोस्रो ठूलो पर्वको रूपमा मनाइन्छ । पाँच दिन लामो यस पर्वलाई यम पञ्चक पनि भनिन्छ । यो पर्वमा मुख्य रूपमा काग, कुकुर, गाई, गोरु र लक्ष्मीको पूजा गरिन्छ । कागलाई सन्देशवाहक, कुकुरलाई सुरक्षा, गाईलाई समृद्धि, र लक्ष्मीलाई धन र ऐश्वर्यको प्रतीक मानेर पूजिन्छ । यसले मानव र प्रकृति बीचको आपसी सन्तुलन र सम्मानको सन्देश दिन्छ ।

तिहारको मूल मर्म दिपावली र प्रकाशको माध्यमबाट जीवनमा उज्यालो ल्याउनु हो । घरघरमा दियो बाली दिपावली मनाइन्छ । अज्ञानको अन्धकारलाई हटाएर ज्ञानको प्रकाश फैलाउने सन्देश तिहारबाट पाइन्छ । साथमा देउसी भैलो खेल्ने प्रचलन छ, जसले सामाजिक र सांस्कृतिक सम्बन्धलाई अझ नजिक बनाउँछ ।

पाँचौं दिन भाईटिका मनाइन्छ, जसमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई स्नेहपूर्वक सप्तरङ्गी टीका लगाई मखमली माला लगाइदिन्छन् । यस अवसरमा विशेष परिकार खुवाएर भाईबहिनीबीचको प्रेमको झल्को दिने गरिन्छ । भाईटिकाको पौराणिक कथा अनुसार, यमराजलाई आफ्नी बहिनी यमुनाले घरमा आमन्त्रण गरेकी थिइन् । बहिनीले टिका र माला लगाएर सत्कार गर्दा यमराजले प्रसन्न भई बहिनीको घरमा वर्षेनी आउने वचन दिए । यस परम्परा अनुसार, भाईटिकाले भाईबहिनीबीचको प्रेमलाई प्रगाढ बनाउन मद्दत पुर्‍याउँछ ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q10244
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७१/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “दीपावली।” नेपाली विश्वकोश, २० सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A6%E0%A5%80%E0%A4%AA%E0%A4%BE%E0%A4%B5%E0%A4%B2%E0%A5%80। हेरिएको: १२ नोभेम्बर २०२६।