टुकुचा खोला बागमतीको सहायक नदी हो । काठमाडौँका रुद्रमती र विष्णुमतीका बीच भागमा घना बस्तीका बीच भएर बग्ने यस खोलाको पुरानो सांस्कृतिक नाम इक्षुमती हो र नेवारीमा ‘तुखुचा’ (उखु खोला) भनिने गरिन्छ। तुखुचा अपभ्रंश भएर टुकुचा भएको इतिहासविद् दिनेशराज पन्त बताउँछन्। काठमाडौँ उपत्यकाका अन्य नदीनालाको जस्तै यस खोलाको पनि उद्गमस्थल शिवपुरी जलाधार क्षेत्र मानिएको छ । त्रिपुरेश्वरको कालमोचन महादेव मन्दिरमा पुगेपछि यो खोला बागमतीमा मिसिन्छ । मुख्य सहरभित्र यसको लम्बाइ करिब ५ किलोमिटर अनुमान गरिएको छ।
अतिक्रमण
काठमाडौँ महानगरको मध्य भाग हुँदै बग्ने भए पनि यो खोला सहर पसेपछि कतै देखिन्छ भने कतै बिलाउँछ। ठाउँठाउँमा यस खोलालाई ढल छोपेजस्तै गरी त्यसमाथि संरचना बनाइएका छन्। महाराजगन्जदेखि कमलादीसम्म अधिकांश भागमा खोलामाथि सडक र संरचना बनेका छन्। काठमाडौँ महानगरपालिकाको तथ्यांकअनुसार टुकुचामाथि मात्रै करिब ८५ वटा घर तथा भवन ठड्याइएका छन्। टुकुचामा अतिक्रमण हुन थालेको राणाकालदेखि नै हो। नारायणहिटीको पर्खालभित्रबाट भूमिगत बनाएर ढलकै रूपमा निकालिएको छ ।
विवाद
काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले खोला अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियान सुरु गरेपछि पक्ष र विपक्षमा जनमत विभाजित भएको छ।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q114095987
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७५/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “टुकुचा खोला।” नेपाली विश्वकोश, १२ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9F%E0%A5%81%E0%A4%95%E0%A5%81%E0%A4%9A%E0%A4%BE_%E0%A4%96%E0%A5%8B%E0%A4%B2%E0%A4%BE। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). टुकुचा खोला. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9F%E0%A5%81%E0%A4%95%E0%A5%81%E0%A4%9A%E0%A4%BE_%E0%A4%96%E0%A5%8B%E0%A4%B2%E0%A4%BE
@misc{ne_740,
title = {टुकुचा खोला},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9F%E0%A5%81%E0%A4%95%E0%A5%81%E0%A4%9A%E0%A4%BE_%E0%A4%96%E0%A5%8B%E0%A4%B2%E0%A4%BE}},
year = {2026},
note = {Accessed 2026-11-12}
}
