नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
राजनीति र कानुन

जनता समाजवादी पार्टी

जनता समाजवादी पार्टी नेपालको छैटौँ ठूलो राजनीतिक दल हो। २०८१ वैशाख २३ गते, जनता समाजवादी पार्टी, नेपाल विभाजन भई यस पार्टीको गठन भएको थियो। पार्टीको गठन सङ्घीय परिषद्का अध्यक्ष अशोक राईको नेतृत्वमा जनता समाजवादी-नेपालका बहुमत सङ्घीय सांसदहरूको समर्थनमा भएको थियो।

अद्यावधिक: १२ नोभेम्बर २०२६ ३११ शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

जनता समाजवादी पार्टी नेपालको छैटौँ ठूलो राजनीतिक दल हो। २०८१ वैशाख २३ गते, जनता समाजवादी पार्टी, नेपाल विभाजन भई यस पार्टीको गठन भएको थियो। पार्टीको गठन सङ्घीय परिषद्का अध्यक्ष अशोक राईको नेतृत्वमा जनता समाजवादी-नेपालका बहुमत सङ्घीय सांसदहरूको समर्थनमा भएको थियो।

तल्लो सदन प्रतिनिधि सभामा २७५ मध्ये ७ सिट रहेको यो पार्टी नेपालको सङ्घीय संसदको छैटौँ ठूलो राजनीतिक दल हो।

गठन

सांसद, विधायक र केन्द्रीय नेताहरूको एक समूहले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई अधिनायकवादी र नेपालको सत्तारुढ सरकारको स्वार्थ विपरीत गएको आरोप लगाएपछि उपेन्द्र यादवको पार्टी, जनता समाजवादी पार्टी, नेपालमा विभाजन भएको थियो र यससँगै पार्टीको गठन भएको थियो।

सो समूहले २०८१ वैशाख २३ गते निर्वाचन आयोगमा दल विभाजनका लागि निवेदन दिएको थियो जसमा सांसद अशोक राई, नवलकिशोर साह सुडी, हसिना खान, रञ्जुकुमारी झा, प्रदीप यादव, वीरेन्द्रप्रसाद महतो र सुशीला श्रेष्ठ थिए। पार्टीले २०८१ वैशाख २४ मा निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको थियो।

मन्त्रिपरिषद्का मन्त्रीहरु

क्रम नाम तस्वीर कार्यकाल दिन मन्त्रालय
केन्द्रीय सरकार
१ नवलकिशोर साह सुडी २०८० फागुन २७ २०८१ असार २८ १२४ दिन वन तथा वातावरण मन्त्री
२०८१ असार ३१ बहालवाला २ वर्ष, १२० दिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
२ प्रदीप यादव २०८१ वैशाख ३१ २०८१ असार २८ ६० दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री
२०८१ असार ३१ बहालवाला २ वर्ष, १२० दिन खानेपानी मन्त्री
लुम्बिनी प्रदेश सरकार
१ भण्डारीलाल आहिर २०८० चैत २३ २०८१ असार २८ ९८ दिन कृषि तथा भूमि व्यवस्था मन्त्री

नेतृत्व

क्रम विधाग नाम
१ अध्यक्ष अशोक राई
२ अध्यक्ष

(सङ्घीय परिषद्)

राजेन्द्रप्रसाद श्रेष्ठ
३ उपाध्यक्ष रेणुकुमारी यादव
४ उपाध्यक्ष नवलकिशोर साह सुडी
रणध्वज लिम्बू
परशुराम बस्नेत
सुशीला श्रेष्ठ
५ महासचिव मोहम्मद इश्तियाक राई
६ उपमहासचिव प्रदीप यादव
७ सचिव रञ्जुकुममारी झा
८ कोषाध्यक्ष वीरेन्द्रप्रसाद महतो

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q126164106
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “जनता समाजवादी पार्टी।” नेपाली विश्वकोश, १२ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9C%E0%A4%A8%E0%A4%A4%E0%A4%BE_%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%9C%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A5%80_%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%9F%E0%A5%80। हेरिएको: १२ नोभेम्बर २०२६।