कृष्णहरि बराल नेपाली कवि, गीतकार एवम् साहित्यकार हुन्। उनको जन्म ४ जनवरी १९५४ मा सिन्धुली जिल्लाको हत्पतेमा भएको हो। उनको पहिलो नाम सुब्बासाप थियो। घरमा सबैले बराललाई सुब्बासाप भनेर बोलाउँथे। सन् १९७७ मा म भक्त हुँ यो देशको नामक कविताबाट चर्चा पाएका थिए।
बाल्यकालका सुब्बासापलाई जब उनका बाबु खडानन्द बरालले भेँडा हेर्न जान्छस् केटा हिँड् भन्दै घरबाट लिएर गए तर सुब्बासापका पिताले भेंडा हेर्न भनेर लिएर गएको ठाउँ त विद्यालय थियो। यो देखेर सुब्बासाप बाबुको ठट्यौली बुझ्न नसकेर जिल्लिए। भेँडा हेर्न भन्दै बाबुले विद्यालय भर्ना गरिदिएपछि विद्यालयका शिक्षकले सुब्बासापको नाम कृष्णहरि बराल राखिदिए र आज त्यही नाम नेपाली साहित्यिक जगतमा प्रसिद्ध छ। सिन्धुलीमा पनि काठमाडौँलाई नेपाल भनेर चिनिन्थ्यो। काठमाडौँ जाने–आउनेहरु नेपाल जाने, नेपाल गएर आएको भन्थे। गाउँमा कोही काठमाडौँबाट फर्कियो भने झण्डै ६ महिनासम्म त्यो घरमा नेपाल बारे सुन्न आउने मान्छेको भिड लाग्थ्यो। काठमाडौँ कस्तो रहेछ भनेर सोध्नेको भिडले नेपाल पुगेर फर्केकालाई भन्न भ्याइनभ्याइ हुन्थ्यो। सिन्धुलीबाट काठमाडौँ आइपुग्न ४ दिनको पैदल यात्रा गर्नु पर्थ्यो। बरालमा भने काठमाडौँको सपना थिएन। उनलाई काठमाडौँ आइपुगिएला भन्ने नै लागेको थिएन। बैङ्कको अफिसरका लागि जनकपुरमा उनले फारम भरेका थिए। तर, संयोगले त्यसको परीक्षा राजधानीमा हुने भएपछि पनि उनी काठमाडौँ हानिए। यसपछि सुरु भयो उनको काठमाडौँको बसाइ।
वि.सं. २०३३ सालमा बिए पास गरेर राजधानी छिरेका बराल राजधानी बसाईका सुरुवाती दिनमा एउटै यात्राको बाटोमा ३ पटकसम्म हराए। यात्राको बाटोमा जति नै पटक हराउँदै भेटिँदै गरे पनि उनको लेखनको बाटो राजधानी छिरेपछि भने झन मजबुत बन्दै गयो। यही वर्ष उनले रेडियो नेपालमा पत्र पठाउँदा वाचन गर्ने पाण्डव सुनुवारलाई भेट्न गए। सिन्धुलीको हत्तपतेमा जन्मिएका गीतकार तथा प्राध्यापक कृष्णहरि बरालको बाल्यकाल सुखदरूपमा त बित्यो नै। तर बरालले आफू ६ वर्षको हुँदा आफ्नी आमालाई गुमाए। उनका पिताले अर्की आमा विवाह गरे। त्यसैले पनि उनी आफ्ना पितासँग भन्दा धेरै हजुरबुवा हजुरआमासँग नजिकिए। उनी सानैबाट हजुरबुवासँग सुत्थे। बाल्यकालमा कमिला र मौरीसँग खेल्ने बरालको बानी गएन। त्यसैले अहिले पनि घरमा मौरी पालेका छन् र फुर्सदमा मौरीसँग खेल्ने गर्छन्। गीति एल्वम र चलचित्र गरी करिव ७ सय बढी गीत रेकर्ड गराइसकेका बरालले गजल सिद्धान्तमा विद्यावारिधि गरेका छन्। बराल गीतकार मात्र होइनन् विद्यालयदेखि त्रिभुवन विश्वविद्यालयका पाठ्यक्रमहरुका लेखक पनि हुन्। उनका साहित्यक र पाठ्यक्रमका सहित ५० वटा पुस्तक प्रकाशित छन्।
बाह्य कडींहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q6437524
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७१/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “कृष्णहरि बराल”। नेपाली विश्वकोश, २५ फेब्रुअरी २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/कृष्णहरि_बराल (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, February 25). कृष्णहरि बराल. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/कृष्णहरि_बराल
“कृष्णहरि बराल.” Nepali Encyclopedia, 25 February 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/कृष्णहरि_बराल. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “कृष्णहरि बराल.” Nepali Encyclopedia. Last modified February 25, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/कृष्णहरि_बराल.
@misc{nepaliencyclopedia_686,
author = {{Nepali Encyclopedia Editors}},
title = {कृष्णहरि बराल},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A3%E0%A4%B9%E0%A4%B0%E0%A4%BF_%E0%A4%AC%E0%A4%B0%E0%A4%BE%E0%A4%B2},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - कृष्णहरि बराल T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/02/25 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A3%E0%A4%B9%E0%A4%B0%E0%A4%BF_%E0%A4%AC%E0%A4%B0%E0%A4%BE%E0%A4%B2 Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/कृष्णहरि_बराल · अद्यावधिक २५ फेब्रुअरी २०२६ · समीक्षा: समीक्षा बाँकी