नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
कला र संस्कृति

कुकुर तिहार

कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीको दिन हो। यस दिन मृत्युका देवता यमराजलाई प्रसन्न पार्ने कुकुरको पूजा गर्ने गरिन्छ। कुकुरलाई यमराजको दूत मानिन्छ। कुकुर तिहारको दिन कुकुरलाई टीका तथा घाँटीमा फूलको माला लगाइन्छ। यस दिन कुकुरको सम्मान स्वरूप मासु, दूध, अण्डा र कुकुरको खाना लगायत विभिन्न खाद्य पदार्थहरू खान दिइन्छ। यस दिन कसैले कुकुरप्रति अनादरपूर्ण व्यवहार गरेमा त्यसलाई पाप मानिन्छ।

अद्यावधिक: २० सेप्टेम्बर २०२६ ३१६ शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीको दिन हो। यस दिन मृत्युका देवता यमराजलाई प्रसन्न पार्ने कुकुरको पूजा गर्ने गरिन्छ। कुकुरलाई यमराजको दूत मानिन्छ। कुकुर तिहारको दिन कुकुरलाई टीका तथा घाँटीमा फूलको माला लगाइन्छ। यस दिन कुकुरको सम्मान स्वरूप मासु, दूध, अण्डा र कुकुरको खाना लगायत विभिन्न खाद्य पदार्थहरू खान दिइन्छ। यस दिन कसैले कुकुरप्रति अनादरपूर्ण व्यवहार गरेमा त्यसलाई पाप मानिन्छ।

कुकुरलाई आज्ञापालक एवम् रक्षकको रूपमा लिइन्छ। विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्दछ। कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको पाइन्छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ। कुकुर तिहार विश्वव्यापी रूपमा गैर आवसीय नेपालीहरूले मनाउने गर्छन्।

पृष्ठभूमि

तिहार नेपालबाट सुरु भएको पाँच दिन लामो हिन्दू चाड हो। दसैँपछिको यो दोस्रो ठूलो चाड हो। कुकुर तिहार तिहारको दोस्रो दिन मनाइन्छ। तिहारपर्वको समयमा गाई, काग लगायत धेरै जनावरहरूको पनि पूजा गरिन्छ।

प्राचीन संस्कृत महाकाव्य महाभारतमा स्वर्ग जाने क्रममा पाँच पाण्डवलाई कुकुरको साथमा राखिएको छ। पाँच पाण्डवहरू आफ्नी पत्नी द्रौपदी र भाइहरूसँग हिमालय चढे। युधिष्ठिर र तिनको कुकुरबाहेक ती सबै बाटोमा लडेर मरे। त्यसपछि युधिष्ठिरले देवताहरूका राजा इन्द्रलाई भेटे, जसले उनलाई स्वर्गमा स्वागत गरेका थिए। स्वागत गर्ने क्रममा उनले आफ्नो कुकुरलाई पछाडि छोड्नु पर्ने शर्त अगाडि राखे। युधिष्ठिरले आफू कुकुर बिना स्वर्गमा प्रवेश गर्न अस्वीकार गरे र पृथ्वीमा फर्किने बताए। यमराज कुकुरको रुपमा आएका थिए र उनले आफ्नो रुप प्रस्तुत गरे। इन्द्र उनको कर्मबाट प्रभावित भए र युधिष्ठिरका लागि स्वर्गको ढोका खोलिदिए।

यमसँग श्यामा र शर्वरा नामका दुई कुकुर थिए जसले नरकको ढोकाको रक्षा गर्छन्। नेपाली हिन्दूहरू कुकुरको पूजा गर्नाले उनीहरूले मृत्युलाई सकारात्मक रूपमा हेर्ने विश्वास गर्छन् र कुकुरले उनीहरूको अन्तिम यात्रामा उनीहरूलाई पछ्याउँदछ। कुकुरहरूले तिनीहरूलाई नरकमा यातनाबाट जोगाउनेछन् आशा व्यक्त गर्छन्। कुकुरलाई यमको दूत मानिन्छ र उनलाई खुसी पार्नका लागि कुकुरको पूजा गरिन्छ।

एबिसी न्युजका अनुसार नेपाल र मङ्गोलियामा कुकुरलाई पहिलो पटक घरपालुवा बनाइएको हुन सक्ने उल्लेख गरेको थियो।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q13180109
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७४/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “कुकुर तिहार”। नेपाली विश्वकोश, २० सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/कुकुर_तिहार (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/कुकुर_तिहार · अद्यावधिक २० सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी