नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

हरिप्रसाद 'गोर्खा' राई

हरिप्रसाद 'गोर्खा' राई (सन् १९१४ - सन् २००५) भारतमा बसोबास भएका नेपाली भाषासेवी हुन्। उनी हरेक सन्दर्भमा नेपाल र नेपाली भाषाको कुरा उठाउँथे। ओखलढुंगाबाट बाजे पुस्तामा नागाल्यान्ड गएका हरिप्रसादले आफू गोर्खाली भएको चिनाउन 'गोर्खा'को जोडेका हुन्।

अद्यावधिक: २८ जुलाई २०२६ २१० शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

हरिप्रसाद 'गोर्खा' राई (सन् १९१४ - सन् २००५) भारतमा बसोबास भएका नेपाली भाषासेवी हुन्। उनी हरेक सन्दर्भमा नेपाल र नेपाली भाषाको कुरा उठाउँथे। ओखलढुंगाबाट बाजे पुस्तामा नागाल्यान्ड गएका हरिप्रसादले आफू गोर्खाली भएको चिनाउन 'गोर्खा'को जोडेका हुन्।

जीवनी

राईको जन्म बाबु धनराज राई र आमा यशोदा राईका सुपुत्रका रूपमा कोहिमा, नागाल्यान्ड, भारतमा सन् १९१४ जुलाई १५ तारिखका दिन भएको हो। उनको निधन ९२ वर्षको उमेरमा सन् २००५ नोभेम्बर १४मा भएको थियो। सन् १९५९ आकाशवाणी गुहाटीबाट नेपाली सेवा सुरु गर्ने श्रेय गोर्खा राईलाई जान्छ।

कृतिहरू

उनको पहिलो रचना सन् १९३३मा शारदामा प्रकाशित भएको थियो। उनका मौलिक कृतिहरूः

  • बाबरी (कवितासङ्ग्रह, वि.सं. २०३४)
  • यहाँ बदनाम हुन्छ (कथासङ्ग्रह, वि.सं. २०३१)
  • मनचरीको बोली (कवितासङ्ग्रह, वि.सं. २०३५)
  • हरिप्रसाद 'गोर्खा' राईका कथाहरू (कथासङ्ग्रह)

उनीद्वारा सम्पादित, अनूदित र फुटकर कृतिहरूः

  • कल्याणी (अर्द्ध वार्षिक)
  • इन्द्रेनी (वार्षिक हस्तलिखित)
  • मुखपत्र (डिमापुर साहित्य-सभा)
  • कोहिमा साहित्य सभाको मुखपत्र
  • पशुपति (हस्तलिखित)
  • कोपिला (हस्तलिखित)
  • सरस्वती (हस्तलिखित)
  • वाणी (हस्तलिखित, सम्पादन)
  • विभिन्न पत्रपत्रिकाहरूमा कथा, कविता, लेख, निबन्ध आदि

पुरस्कार

छ दशकभन्दा बढी समयदेखि अविच्छिन्न रूपले नेपाली भाषा र साहित्यको संवर्द्धनका निमित्त विभिन्न माध्यमबाट उल्लेखनीय सेवा प्रदान गरिरहेबापत उनलाई २०५२ सालको जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो। त्यसबाहेक उनले पदकप्रसाद ढुंगाना स्मृति पुरस्कार, सिक्किमबाट सन् १९९५मा भाषिक मान्यता पुरस्कार पाएका थिए।

बाहिरी लिङ्कहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q5657177
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७०/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “हरिप्रसाद 'गोर्खा' राई”। नेपाली विश्वकोश, २८ जुलाई २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/हरिप्रसाद_'गोर्खा'_राई (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/हरिप्रसाद_'गोर्खा'_राई · अद्यावधिक २८ जुलाई २०२६ · समीक्षा: समीक्षा बाँकी