नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
समाज र जीवनशैली

बोटे जाति

बोटे जाति नेपालका भित्री मधेश क्षेत्रका आदिवासी समूह हुन्। उनीहरू बोटे भाषा बोल्छन्। बोटे मानिसहरू नदीहरूमा यात्रुहरूलाई डुङ्गाको प्रयोग गरि यातायात गराउनका लागि प्रसिद्ध छन्, जुन प्रायः रूखबाट तयार गर्ने गरिन्छ। उनीहरू नेपालका कालीगण्डकी, नारायणी र राप्ती नदीका किनारामा फैलिएका रहेका छन्। बोटे र मझी जातिहरूलाई 'पानीका राजा' भनेर चिनिन्छ। उनीहरूको पुर्ख्यौली पेशा माछा मार्ने, डुङ्गा चलाउने र नदीमा सुनको खोजी गर्ने हो। बोटेहरू बोलचल र संस्कृति धेरै हिसाबले दानुवर, दराई, थारु र मझीसँग मिल्दोजुल्दो रहेको पाइन्छ।

अद्यावधिक: ६ नोभेम्बर २०२६ ३३१ शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

बोटे जाति नेपालका भित्री मधेश क्षेत्रका आदिवासी समूह हुन्। उनीहरू बोटे भाषा बोल्छन्। बोटे मानिसहरू नदीहरूमा यात्रुहरूलाई डुङ्गाको प्रयोग गरि यातायात गराउनका लागि प्रसिद्ध छन्, जुन प्रायः रूखबाट तयार गर्ने गरिन्छ। उनीहरू नेपालका कालीगण्डकी, नारायणी र राप्ती नदीका किनारामा फैलिएका रहेका छन्। बोटे र मझी जातिहरूलाई 'पानीका राजा' भनेर चिनिन्छ। उनीहरूको पुर्ख्यौली पेशा माछा मार्ने, डुङ्गा चलाउने र नदीमा सुनको खोजी गर्ने हो। बोटेहरू बोलचल र संस्कृति धेरै हिसाबले दानुवर, दराई, थारु र मझीसँग मिल्दोजुल्दो रहेको पाइन्छ।

उत्पत्ति

बोटे मानिसहरूको उत्पत्ति बारे दुई सिद्धान्तहरू छन्। यो समुदायले मानिसहरूको यात्रा गर्नका लागि नदीमा बनाइएका अस्थायी पुलहरूका लागि रुखहरू वा डालीहरू राख्नेमा प्रसिद्ध थियो। 'बोट'को अर्थ रुख हो, र सम्भवत: नेपाली बोल्नेहरूले तिनलाई बोटे भनेर भन्न थालेका हुन्। अर्को सिद्धान्तले उनीहरूको जमीन वा घर थिएन, र तिनीहरूले पानीको किनारमा रुखहरूको छायामा बसेका थिए, यसैले तिनीहरू बोटे भनेर चिनिएको भनेर प्रस्ताव गर्दछ, किनभने तिनको अस्तित्व नदी वरिपरि घुमिरहेको थियो।

संस्कृति

बोटेहरू मुख्य रूपमा डुङ्गा चलाउने काममा संलग्न छन्। बोटे समुदाय कालीगण्डकी, राप्ती, नारायणी र सुनकोशी जस्ता नदीका कन्दरामा बसोबास गर्छन्। उनीहरू पाखा बोटे र पानी बोटे गरी दुई समूहमा विभाजित छन्। पाखा बोटे पहाड वा खेतीयोग्य जमिनमा बस्छन् र पानी बोटे नदीका किनारमा बस्दथे। उनीहरूको प्राथमिक आर्थिक आधार पर्यटन हो। नेपालका विभिन्न स्थानमा बसोबास गर्नेमै पनि बोटे वा माझी जनताको रीतिरिवाज र पेशामा समानता छ। उनीहरूको पोशाक मगर र गुरुङको पोशाकसँग समान हुन्छ तर उनीहरूको भाषाले भने अरूसँग भिन्नता बनाउँछ। नदीको किनारमा बस्नु, माछा मार्नु, डुङ्गा चलाउनु, सुनको खोजी गर्नु, खेती गर्नु र जनावर पाल्नु यिनीहरूको मुख्य पेशाहरू हुन्।

भाषा

बोटे जाति बोटे भाषा बोल्दछन् जुन दनुवार र थारू भाषासँग मिल्दोजुल्दो छ। यो गुल्मी, नवलपरासी, चितवन, र तनहुँ जिल्लाहरूमा बोलिन्छ। २०६८ को जनगणना अनुसार, बोटे लाई आफ्नो मातृभाषा मान्ने ७,६८७ जना थिए।

धर्म

धेरै बोटेले एक स्वदेशी अनुरूपको जीवात्मवादको अभ्यास गर्छन्, जहाँ धामीझाँक्री, पूर्वज पूजा, र शरीर खोप्ने कार्यहरू प्रमुख भूमिकामा हुन्छन् यद्यपि धेरैले हिन्दू भएको दाबी गर्छन्। बोटेहरूले चाँदी पूजा, कल्याण पूजा, बायू पूजा, संसारि माई पूजा, बाजे बजै पूजा, जल पूजा, डुङ्गा पूजा र न्हवगी खाने पूजा जस्ता चाडपर्वहरू मनाउँछन्।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q124245858
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८४/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “बोटे जाति।” नेपाली विश्वकोश, ६ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AC%E0%A5%8B%E0%A4%9F%E0%A5%87_%E0%A4%9C%E0%A4%BE%E0%A4%A4%E0%A4%BF। हेरिएको: १२ नोभेम्बर २०२६।