

तोला अर्थात् तमु ल्होसार तमु/गुरुङ्ग समुदायको महान चाड हो। यसलाई गुरुङ्ग समुदायको नयाँ वर्ष पनि भनिन्छ। यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूका गुरुङ्ग समुदायमा पनि मनाइन्छ। तमु ल्होसारमा 'तमु' भनेको गुरुङ्ग वा तमू हो भने 'ल्होसार' भनेको नयाँ वर्ष हो। यो पर्व बिकम सम्बत पात्रोको पुष महिनाको १५ गते मनाइन्छ। तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ साल सुरु भएको सङ्केत गर्दछ। प्राचीन तमु प्यो शास्त्र अनुसार तमु ल्होसारको दिनममा तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ।
पूजा विधि
ल्होसारको दिनभन्दा अघिल्लो साँझदेखि नै गुरुङ्ग समुदायमा यसलाई मनाउन सुरू गरिन्छ। साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरेर आधा रातमा 'नयाँ वर्ष आयो' भन्दै नयाँ वर्षको स्वागत गरिन्छ। ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर (स्योकै)भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ। ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै मौलिक भेषभुषामा सजिन्छन्। शिरवन्दी, पिरुमाला, मखमली चोली, घलेक, निलो पटुकी, कालो टिकिस, छिट्को गुन्यु र बुट्टेकर्मु (मजेत्रो) महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, आङमा भोटो, आस्कोट, भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पाखी, पटुकी बाँध्छन्। अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर गुरुङ समुदायमा प्रचलित मौलिक चुड्का नाच नाचेर आफ्ना परिवार, ङोलो ङोल्स्यो साथीभाइहरूसँग रमाइलो गर्छन्। गुरूङ जातिहरूको महान चाड भएकोले प्रधानमन्त्री र देशका अन्य ठुला व्यक्तित्वहरूद्वारा ल्होसारको शुभकामना आदन प्रदान पनि गर्ने गरिन्छ।
देश-विदेशमा तमु ल्होसार
गुरुङ्ग जाति देशको विभिन्न ठाउँमा छरिएर बसेका छन्। कास्की,स्याङ्जा गोरखा, लमजुङ, तनहुँ, चितवन, रुपन्देही दैलेख, बाँके, सुर्खेत, मनाङ, रुम्जाटार, खोटाङ काठमाडौँ जस्ता विभिन्न ठाउँमा छरिएर बसेका गुरुङ समुदाय मात्र नभई विश्वभर छरिएर रहेका गुरुङ जातिले यो पर्व धुमधामका साथ मनाउँछन्। बेलायत, अमेरिका अस्ट्रेलिया, हङकङ, बुर्नाई, जर्मनी, भारत लगायत अन्य देशहरूमा पनि गुरूङ्ग जातिको बसोवास रहेको छ।
तमु पात्रो
तमु पात्रोमा १२ वटा वर्ग हुन्छन्। वर्गहरूको नाम विभिन्न जनावरहरूको नामबाट नामाकरण गरिएको छ र यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेषता सबै लामा शास्त्र र पच्यु शस्त्र अनुसार थाह पाउन सकिन्छ। यी वर्ग हरेक बाह्र वर्षमा दोहोरिरन्छन्।
- च्यु-ल्हो
(मुसा बर्ग) - ल्वोँ-ल्हो
(गाई बर्ग) - तो-ल्हो
(बाघ बर्ग) - हि-ल्हो
(बिरालो बर्ग) - मुप्री-ल्हो
(गरुड वर्ग) - सप्री-ल्हो
(सर्प वर्ग) - त-ल्हो
(घोडा वर्ग) - ल्हु-ल्हो
(भेडा वर्ग) - प्र-ल्हो
(बाँदर वर्ग) - च्हया-ल्हो
(चरा वर्ग) - खि-ल्हो
(कुकुर वर्ग) - फो-ल्हो
(मृग वर्ग)
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q105742388
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८८/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “तमु ल्होसार”। नेपाली विश्वकोश, ४ नोभेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/तमु_ल्होसार (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, November 4). तमु ल्होसार. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/तमु_ल्होसार
“तमु ल्होसार.” Nepali Encyclopedia, 4 November 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/तमु_ल्होसार. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “तमु ल्होसार.” Nepali Encyclopedia. Last modified November 4, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/तमु_ल्होसार.
@misc{nepaliencyclopedia_695,
author = {{Nepali Encyclopedia Editors}},
title = {तमु ल्होसार},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A4%E0%A4%AE%E0%A5%81_%E0%A4%B2%E0%A5%8D%E0%A4%B9%E0%A5%8B%E0%A4%B8%E0%A4%BE%E0%A4%B0},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - तमु ल्होसार T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/11/04 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A4%E0%A4%AE%E0%A5%81_%E0%A4%B2%E0%A5%8D%E0%A4%B9%E0%A5%8B%E0%A4%B8%E0%A4%BE%E0%A4%B0 Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/तमु_ल्होसार · अद्यावधिक ४ नोभेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी