नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

जगतसुन्दर मल्ल

जगत सुन्दर मल्ल (सन् १८८२ - सन् १९५२) एक नेपाली शिक्षाविद र लेखक थिए जसले साधारण जनतालाई शिक्षा दिनमा आफ्नो जीवन समर्पित गरे ।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ ३३१ शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास
जगत सुन्दर मल्ल
जगत सुन्दर मल्ल
सन् १९१५ मा प्रकाशित जगत सुन्दर मल्लद्वारा इसपका दन्तकथाहरूको नेपाल भाषामा अनुवाद
सन् १९१५ मा प्रकाशित जगत सुन्दर मल्लद्वारा इसपका दन्तकथाहरूको नेपाल भाषामा अनुवाद

जगत सुन्दर मल्ल (सन् १८८२ - सन् १९५२) एक नेपाली शिक्षाविद र लेखक थिए जसले साधारण जनतालाई शिक्षा दिनमा आफ्नो जीवन समर्पित गरे ।

आधुनिक शिक्षाको विरोधी राणा शासनको बेला उनले सरकारको विरुद्ध गई आफ्नै घरमा पाठशालाको स्थापना गरेका थिए । उनले अङ्ग्रेजी सिक्नुको महत्त्वमा जोड दिन्थे र बालबालिकाले मातृभाषामा छिटो सिक्छन् भन्ने विश्वास राखी अङ्ग्रेजी पुस्तकहरूलाई नेपाली र नेपाल भाषामा अनुवाद गर्थे । उनलाई नेपाल भाषाका चार स्तम्भमध्ये एकको रूपमा सम्मान गरिएको छ ।

बाल्यकाल र व्यक्तिगत जीवन

मल्लको जन्म भक्तपुरको खौमामा पिता विष्णुधर र माता जगत लक्ष्मीको छोराको रूपमा भएको थियो । १० वर्षको उमेरमा दरबार हाई स्कुलमा भर्ना हुन उनी आफ्नो परिवारसित काठमाडौँको असनमा सरेका थिए । दरबार हाई स्कुलमा कक्षा १० पुरा गरेपछि उनी कोलकाताको स्कटिश चर्च स्कुलमा पढ्न गए । उनको विवाह जनक लक्ष्मी मल्लसँग भएको थियो ।

कार्य जीवन

मल्लले सन् १९१३ मा भक्तपुरको खौमामा पाठशालाको स्थापना गरे जहाँ उनी अङ्ग्रेजी र नेपाल भाषा सिकाउँथे । सन् १९१६ मा मल्ल र उनका भाइ, पद्म सुन्दर मल्ल नेपालमा अनुपलब्ध उच्च शिक्षा पाउन जापान गएका थिए । दुबै जनाको लागि पर्याप्त पैसा नभएकाले उनी भारत फर्के ।

पहिलो विश्वयुद्धको बिचमा भारत फर्केका मल्ललाई जासूसीको आरोपमा ब्रिटिश भारतीय सरकारले पक्राउ गरेको थियो । नेपाल सरकारले उनी नेपाली नागरिक भएको प्रमाण नदिनुसम्म उनलाई डेढ वर्षका लागि दरभंगामा कैद गरिएको थियो । सन् १९१७ मा नेपाल फर्केका मल्ललाई आधिकारिक अनुमतिबिना नेपाल छोडेको हुनाले सजाय दिएको थियो । मानसिक तनाव सहनुपरेपनि उनले पढाउने र किताब लेख्ने कामलाई निरन्तरता दिइराखे ।

कृति

  • अङ्ग्रेजी-नेपाल भाषा-अङ्ग्रेजी शब्दकोश
  • ईसोपं दएकातगु बाखं (सन् १९१५ मा प्रकाशित इसपका दन्तकथाहरूको नेपाल भाषामा अनुवाद)
  • पर्वतियामा अङ्ग्रेजी व्याकरण
  • गोर्खाली अङ्ग्रेजी प्रथम पुस्तक
  • नेपाली अङ्ग्रेजी प्रथम पुस्तक (नेपाल भाषा)

विरासत

अक्टोबर २५, १९९२ मा उनको सम्मानमा भक्तपुर नगरपालिकाद्वारा भक्तपुरमा एक शालिक खडा गरिएको थियो । सन् १९९१ मा काठमाडौँमा खुलेको नेपाल भाषा विद्यालयको नाम उनको सम्मानमा जगत सुन्दर व्यनकथि राखिएको छ । काठमाडौँ महानगरपालिकाले काठमाडौँको एक सडकको ऐतिहासिक खण्डलाई जगत सडक मार्ग नाम दिएको छ ।

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q6122224
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८४/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “जगतसुन्दर मल्ल”। नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/जगतसुन्दर_मल्ल (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/जगतसुन्दर_मल्ल · अद्यावधिक २६ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी