खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको सुदूरपश्चिम प्रदेशका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित छ। यसको क्षेत्रफल २२५ बर्ग कि.मी. छ। यो बि.स २०४२ मा स्थापना गरिएको हो। यो निकुञ्ज संसारकै राम्रो स्थानमा पर्दछ। समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ १२ हजार फिट अग्लो खप्तड लेक। खप्तडमा पनि लिइन्छ। यो ५० वर्ष पहिले खप्तडबाबाले तपस्या गरेको पवित्र ठाउँ हो | सुदूरपश्चिमको भूस्वर्ग भनिने खप्तड डोटी अछाम बझाङ र बाजुराको संगमस्थल हो। खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन्। खप्तड बाबाको कुटी त्रिवेणी नदी खापर दह शिव मन्दिर सहस्रिलंग गणेश मन्दिर नागढुंगा केदारढुंगाजस्ता धार्मिक स्थल निकै प्रख्यात छन्। सदियौँदेखि खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलामध्ये गंगा दसहरामा हजारौँ तीर्थयात्री भेला हुन्छन्। त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्न स्थानीयवासी जम्मा हुने गर्छन्। सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ। यहाँ २५ मैदान मात्र छैनन्, वरिपरि ५३ वटा थुम्काहरू छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ।किम्वदन्ती अनुसार दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का बनेका हुन्।
यो पनि हेर्नुहोस्
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q2625399
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “खप्तड राष्ट्रिय निकुञ्ज”। नेपाली विश्वकोश, २० सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/खप्तड_राष्ट्रिय_निकुञ्ज (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, September 20). खप्तड राष्ट्रिय निकुञ्ज. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/खप्तड_राष्ट्रिय_निकुञ्ज
“खप्तड राष्ट्रिय निकुञ्ज.” Nepali Encyclopedia, 20 September 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/खप्तड_राष्ट्रिय_निकुञ्ज. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “खप्तड राष्ट्रिय निकुञ्ज.” Nepali Encyclopedia. Last modified September 20, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/खप्तड_राष्ट्रिय_निकुञ्ज.
@misc{nepaliencyclopedia_682,
author = {{Nepali Encyclopedia Editors}},
title = {खप्तड राष्ट्रिय निकुञ्ज},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%96%E0%A4%AA%E0%A5%8D%E0%A4%A4%E0%A4%A1_%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF_%E0%A4%A8%E0%A4%BF%E0%A4%95%E0%A5%81%E0%A4%9E%E0%A5%8D%E0%A4%9C},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - खप्तड राष्ट्रिय निकुञ्ज T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/09/20 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%96%E0%A4%AA%E0%A5%8D%E0%A4%A4%E0%A4%A1_%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF_%E0%A4%A8%E0%A4%BF%E0%A4%95%E0%A5%81%E0%A4%9E%E0%A5%8D%E0%A4%9C Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/खप्तड_राष्ट्रिय_निकुञ्ज · अद्यावधिक २० सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी