नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
इतिहास

कुँवर परिवार

कुँवर वंश वा कुँवर काजी खलक ऐतिहासिक गोरखा राज्य तथा नेपाल अधिराज्यको एक भारदारी सम्भ्रान्त परिवार थियो । यस परिवारको एक शाखापछि राणा वंश हुन गयो । यस परिवारको दुई शाखा; रामकृष्ण परिवार (राणा वंश) र जयकृष्ण परिवार (कुँवर वंश) हुन गयो ।

अद्यावधिक: १९ सेप्टेम्बर २०२६ ५९५ शब्द · ३ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

कुँवर वंश वा कुँवर काजी खलक ऐतिहासिक गोरखा राज्य तथा नेपाल अधिराज्यको एक भारदारी सम्भ्रान्त परिवार थियो । यस परिवारको एक शाखापछि राणा वंश हुन गयो । यस परिवारको दुई शाखा; रामकृष्ण परिवार (राणा वंश) र जयकृष्ण परिवार (कुँवर वंश) हुन गयो ।

वंशावली तथा किम्बदन्ती

कुँवरहरूको वंशावली अनुसार चित्तौडगढमा राजा तत्ता राणा थिए । उनका भतिजा फखत सिंह राणाका छोरा रामसिंह राणा चित्तौडगढको पतनपछि नेपालको पश्चिमी पहाड पसेका थिए । रामसिंहलाई ती पहाडी राजाले बिनातीका बगाले क्षेत्री राजाकी छोरी बिहे गरिदिए । रामसिंहको बगाले राजकुमारीबाट छ जना छोरा भए । रामसिंहका एक छोराले कुँवर खड्काको उपाधि पाएका थिए । रामसिंहका छोरा राउत कुँवरलाई कास्कीका राजाले सरदार बनाए । राउतका छोरा अहिराम कुँवरले कास्कीका राजाको दमन सहन नसकेपछि पराजुली थापाहरूको सहयोगमा झडप गरी गोरखा गए ।

कुँवर वंशावलीमा भनिएको मूलपुरुष रामसिंहले बगाले क्षेत्रीकी छोरी बिहे गर्नुको अर्थ भीमसेन थापाको बगाले थापा कुलसंग कुँवरहरूको घनिष्ठता भएको जोन वेल्पटन तर्क गर्छन् ।

ऐतिहासिक पृष्ठभूमि

चितौरगढका राजा टाटा राय थिए। राजा टाटा रायका भतिजा फगतसिंह थिए। चितौरगढमा मुसलमानको विजयपछि फगतसिंहले आफ्नो छोरा रामसिंह र चारजना अनुयायीका साथ नेपालको पहाड जुम्लाको राजाको सेवामा प्रवेश गरेका थिए । जुम्ली राजाले रामसिंहको बसोबासको लागि आफ्नो दरबार नजिकै घर बनाईदिए । राजाले रामसिंहलाई सधैंको लागि जुम्लामा राख्ने मनसायले वाग्ले क्षेत्री राजाकी कन्यासंग विवाह गरिदिए । यी राजकन्याबाट ६ जना छोराको जन्म भयो । रामसिंहका ६ छोराहरु मध्ये एक छोराले धेरै बहादुरीका साथ युद्ध गरेका हुनाले राजाले उनलाई कुँवर खड्‌काको उपाधिबाट सम्मानित गरे । अध्यापि रामसिंहका सन्तति यहि कुँवरको नामले प्रसिद्ध भई नेपालमा बसिरहेका छन् । रामसिंहका छोरा रतनजितसिंह कुँवरलाई जुम्लाको राजाले सरदारको पदवीबाट समेत विभूषित गरे । रतनजितसिंह कुँवरले पनि आजीवन जुम्लामा रहेर राजाको सेवा गरे । रतनसिंह कुँवरका एक छोरा अहिराम कुँवरलाई कास्कीका राजा सिद्धिनारायण शाहले ससम्मान डाकी आफ्नो सेनामा नियुक्ति गरी भारदारको पद्वीबाट समेत विभूषित गरे ।

अहिराम कुँवरको छोरा रामकृष्ण कुँवरको जन्म कास्कीको ढुङ्गेसाँघुमा ( जसलाई खडगकोट अथवा खड्‌का गाउँ) रहन गयो मा भएको थियो । हाल उक्त ठाउँको नामाकरण कास्कीकोट रहन गएको छ । कास्कीका राजाबाट अहिराम कुँवरसंग नराम्रो व्यवहार गरेको कारणबाट गोरखा आई गोरखाका राजा नरभूपाल शाहले आफ्नो सेनामा नियुक्ति गरी एउटा खोला नै विर्ता गरिदिए । उक्त खोलालाई कुँवरखोला भन्ने चलन छ ।

रामकृष्ण कुँवरलाई वि.सं. १८२९ मा श्री ५ पृथ्वीनारायण शाह नेपालको विस्तारमा विशेष योगदानको कदर गरी स्वयम्भू वरिपरि र धुलिखेलको जमीन विर्ता दिएको हुनाले बालनसिंह कुँवरको जन्म स्वयम्भूस्थित रणजित कुँवरको घरमा वि.सं. १८४० मा बालनसिंह कुँवरको जन्म भयो । बालनसिंह कुँवरले काजी नयनसिंह थापाकी जेठी छोरी गणेश कुमारीसंग विवाह गरेपछि थापाथलीको घर र जमीन दाइजोको रुपमा पाएका थिए । त्यही थापाथलीमा कुँवरहरुको देवाली गर्ने प्रचलन चल्यो ।

सरदार रामकृष्ण कुँवर,
सरदार रामकृष्ण कुँवर,

अहिराम (असिराम) कुँवर कास्कीका सम्भ्रान्त व्यक्ति थिए । उनी गोरखा राज्यको सेनामा भर्ना भए । अहिरामका तीन छोरा थिए ; रामकृष्ण कुँवर, जयकृष्ण कुँवर र अमरसिंह कुँवर । रामकृष्ण पृथ्वीनारायण शाहका प्रमुख सेनापति थिए ।

रामकृष्ण परिवार (राणा वंश)

काजी बालनरसिंह कुँवर, रामकृष्ण परिवारका प्रमुख उत्तराधिकारी
काजी बालनरसिंह कुँवर, रामकृष्ण परिवारका प्रमुख उत्तराधिकारी

रामकृष्णका एक छोरा थिए; रणजीत कुँवर । रणजीत कुँवर जुम्ला क्षेत्रका सुब्बा (क्षेत्राधिकारी) थिए । रणजीतका तीन छोरा: बालनरसिंह कुँवर, बलराम कुँवर र रेवन्त कुँवर थिए । बालनरसिंह कुँवरले राजा रणबहादुर शाहका हत्यारा शेरबहादुर शाहलाई दरबारमा काटेका थिए । उनी मुख्तियार भीमसेन थापाका नजिकका भारदार थिए । भीमसेनका भाइ काजी नैनसिंह थापाको ज्वाइँ भएका कारणले बालनरसिंहको भारदारी पदमा बढुवा भयो । बालनरसिंहका माहिंला छोरा जङ्गबहादुर कुँवर थिए जसले राणा वंशको उदय गराए ।

जयकृष्ण परिवार

कप्तान बलभद्र कुँवर, नालापानीको युद्धका युद्धनायक
कप्तान बलभद्र कुँवर, नालापानीको युद्धका युद्धनायक

जयकृष्ण कुँवरका चन्द्रवीर कुँवर नामक एक छोरा थिए । सरदार चन्द्रवीर गढवाल क्षेत्रको एक-तिहाइ भूभागका सुब्बा (बडाहाकिम) थिए । उनी काभ्रे भँवरकोटका बासिन्दा थिए । चन्द्रवीरका छोराहरू: वीरभद्र र बलभद्र कुँवर थिए । कप्तान बलभद्र कुँवर नेपालको राष्ट्रिय विभूति (नायक) मानिन्छन् ।

यो पनि हेर्नुहोस्

सामाग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q58008263
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८६/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “कुँवर परिवार”। नेपाली विश्वकोश, १९ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/कुँवर_परिवार (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/कुँवर_परिवार · अद्यावधिक १९ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी