नागरिक उन्मुक्ति पार्टी नेपालको एक राजनीतिक दल हो। यो दलको मुख्य प्रभाव कैलाली जिल्लाको थरुहट क्षेत्रमा रहेको छ। यस राजनीतिक दलको वर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठ हुन्।
स्थापना र दर्ता
प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीको संयोजकत्वमा यो पार्टी गठन भएको थियो। केही कानुनका कारण उनले पार्टीको अध्यक्षता गर्न सकेनन्, त्यसैले उनकी पत्नीलाई अध्यक्षको रूपमा चयन गरिएको थियो। नेताले भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने नागरिकले दिएको जनादेशलाई बिर्सेर सत्ताकेन्द्रित भएको दाबी गर्दै उनले आफ्नो पूर्वपार्टी जनता समाजवादी पार्टी, नेपाल परित्याग गरि नयाँ दलको स्थापना गरेका थिए।
दलको विस्तार र प्रथम निर्वाचन
थरुहट क्षेत्रमा केही महिनामै पार्टी तीव्र गतिमा विस्तार भएको थियो। स्थानीय तह निर्वाचन, २०७९मा दुई नगरपालिका र दुई गाउँपालिका गरी चार स्थानीय तहमा विजय हासिल गर्दै यो राजनीतिक दल कैलालीको सबैभन्दा ठूलो दल बनेको थियो। यस पार्टीले थरुहट क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टी, नेपाललाई आफ्नो परम्परागत मत अवरोध कायम राख्दै पराजित गरेको थियो।
सङ्घीय संसद
| संसद | संसदीय दलको नेता | स्थान | प्रतिनिधि सभा | राष्ट्रिय सभा |
|---|---|---|---|---|
| नेपालको पहिलो सङ्घीय संसद | रेशम चौधरी | नवौँ | ४ / २७५
|
० / ५९
|
प्रदेश सभा
| संसद | संसदीय दलको नेता | स्थान | सिट | वर्तमान |
|---|---|---|---|---|
| सुदूरपश्चिम प्रदेश सभा | कृष्ण चौधरी | पाँचौँ | २ / ५३
|
प्रतिपक्षमा |
दलबाट निर्वाचन सांसदहरू
| क्र.सं | नाम | निर्वाचन क्षेत्र | प्रदेश | बाट निर्वाचित |
|---|---|---|---|---|
| १. | अरुणकुमार चौधरी | कैलाली २ | सुदूरपश्चिम | २०७९ |
| २. | गङ्गाराम चौधरी | कैलाली ३ | सुदूरपश्चिम | |
| ३. | लालवीर चौधरी | बर्दिया २ | लुम्बिनी | |
| ४. | रञ्जिता श्रेष्ठ | कैलाली १ | सुदूरपश्चिम |
स्थानीय तह
| निर्वाचन | नेता(हरू) | सिट | विजयी स्थानीय तह | |
|---|---|---|---|---|
| नगरप्रमुख/अध्यक्ष | +/- | |||
| २०७९ | रञ्जिता श्रेष्ठ | ४ / ७५३
|
४ | |
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q111023640
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७३/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “नागरिक उन्मुक्ति पार्टी।” नेपाली विश्वकोश, १२ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A4%BE%E0%A4%97%E0%A4%B0%E0%A4%BF%E0%A4%95_%E0%A4%89%E0%A4%A8%E0%A5%8D%E0%A4%AE%E0%A5%81%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%BF_%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%9F%E0%A5%80। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). नागरिक उन्मुक्ति पार्टी. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A4%BE%E0%A4%97%E0%A4%B0%E0%A4%BF%E0%A4%95_%E0%A4%89%E0%A4%A8%E0%A5%8D%E0%A4%AE%E0%A5%81%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%BF_%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%9F%E0%A5%80
@misc{ne_647,
title = {नागरिक उन्मुक्ति पार्टी},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A4%BE%E0%A4%97%E0%A4%B0%E0%A4%BF%E0%A4%95_%E0%A4%89%E0%A4%A8%E0%A5%8D%E0%A4%AE%E0%A5%81%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%BF_%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%9F%E0%A5%80}},
year = {2026},
note = {Accessed 2026-11-12}
}